निर्णय नं. ९००९ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९००९ - बन्दीप्रत्यक्षीकरण भाग: ५५ साल: २०७० महिना: भाद्र अंक: ५ फैसला मिति :२०६९/११/१५ ३३८८ ने.का.प. २०७०, अङ्क ५ निर्णय नं.९००९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की २०६९–WH–००५६ आदेश मितिः २०६९।११।१५।३ मुद्दा : बन्दीप्रत्यक्षीकरण । निवेदकः रामेछाप जिल्ला, बिजुलीकोट गा.वि.स., वडा न. ७ घर भई हाल जिल्ला कारागार कार्यालय, रामेछापमा थुनामा रहेका मिलन लामा विरुद्ध विपक्षीः जिल्ला कारागार कार्यालय, रामेछापसमेत § राज्यले कानूनबमोजिमबाहेक कसैलाई स्वतन्त्रता उपभोग गर्न नसक्ने गरी थुनामा राख्न हँ’दैन । व्यक्तिलाई थुनामा राख्नको लागि कुनै न कुनै फौजदारी कसूर प्रमाणित भई सजाय तोकिएकै हुनुपर्दछ वा कानूनले थुनामा राख्न सक्ने भन्ने स्पष्ट व्यवस्था गरेकै हुनुपर्छ । त्यसैले फौजदारी कसूर ठहर भई त्यसको सजाय स्वरूप थुनामा राख्नेबाहेकका अवस्थामा ब्यक्तिलाई सामान्यतया थुनामा राखिन नहुने । (प्रकरण नं.३) § अदालतमा उपस्थित भई कागज गर्दा आफू कर्तव्य ज्यान मुद्दाको अभियुक्त हो पछि अर्कै नामबाट नागरिकता लिएको हो भनी स्वीकार गरी सहिछाप गरेको देखिँदा त्यस्तो कागजलाई अन्यथा भन्न नसकिने । (प्रकरण नं.५) § कर्तव्य ज्यान मुद्दामा बयान गर्दा एउटा नाम उल्लेख गरेको र पछि नागरिकता प्रमाणपत्र लिँदा अर्को नाम राखी आफ्नो नाम फरक राखेको मात्र कारणले उसले आफ्नो फौजदारी कसूरको दायित्वबाट उम्कन नसक्ने । (प्रकरण नं.६) निवेदकतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान अधिवक्ता नरेन्द्रकुमार पाठक विपक्षीतर्फबाटः विद्वान उपन्यायाधिवक्ता उद्धव पुडासैनी अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र धारा १०७ (२) बमोजिम पर्न आएको प्रस्तुत बन्दीप्रत्यक्षीकरण रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश निम्नानुसार छ :– म निवेदक नेपाली सेनाको सिपाही पदमा कार्यरत् रहेकै बखत मिति २०६९।८।२२ शुक्रबारका दिन आफ्नो काम विशेषले काठमाडौँ पुरानो बसपार्कबाट चावहिल जाने बस चढ्न लागेको समयमा प्रहरीले पक्राउ गरी मिति २०६९।८।२४ देखि जिल्ला कारागार कार्यालय, रामेछापमा थुनामा राखिएको छ । मलाई किन पक्राउ गर्नु भएको भनी सोधनी गर्दा सर्वोच्च अदालतबाट मिति २०५९।२।२७ संवत् २०५३ सालको फौ.पु.नं. १५५९ को कर्तव्य ज्यान मुद्दामा भएको अन्तिम फैसलाबमोजिम भुक्तान गर्नुपर्ने जन्म कैदको सजायको सिलसिलामा सो फैसलाले जन्म कैदको सजाय गरिएका तिलकबहादुर लामा भन्ने व्यक्ति म नै हो भन्ने कुराको आधारमा मलाई पक्राउ गरी थुनामा राखिएको कुरा थाहा जानकारी हुन आयो । सर्वोच्च अदालतबाट जन्म कैदको सजाय ठेकिई अन्तिम भएको कर्तब्य ज्यान मुद्दाको प्रतिवादी म निवेदक नभएर तिलकबहादुर नाम भएका व्यक्ति हुन् भन्ने कुरा सर्वोच्च अदालतको फैसला र त्यसपूर्व पुनरावेदन अदालत, जनकपुर तथा रामेछाप जिल्ला अदालतबाट भएको फैसलाहरूबाट समेत प्रमाणित छ । सो फैसलाले कैद ठेकिएको तिलकबहादुर लामा भन्ने व्यक्ति २०५०।५।१६ को वारदातमा संलग्न भएको भन्ने आधारमा उक्त फैसला भएको देखिएको छ । उक्त वारदातमा संलग्न भएको भनिएको तिलकबहादुर तामाङ भन्ने व्यक्तिको त्यस बखत उमेर १९ वर्षको देखिएको छ । जवकि त्यस बखतको मेरो उमेर ८ वर्षको मात्र देखिएको छ । त्यसैले सो फैसलाले कैदको सजाय ठेकिएको व्यक्ति म नभई अर्कै व्यक्ति हो । फैसलाले कैद ठेकिएको व्यक्तिको र मेरो बाबुको न