निर्णय नं. ७६८० - लिखत किर्ते जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६८० - लिखत किर्ते जालसाजी भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/०२/०४ ६६२४ निर्णय नं.७६८० ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संवत २०५७ सालको फौ.पु.नं. २६२१ फैसला मितिः २०६३।२।४।५ मुद्दाः– लिखत किर्ते जालसाजी । पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं. २२ वस्ने यज्ञप्रसाद पोखरेल विरुद्ध प्रत्यथी वादीः जिल्ला मोरंग बनिगामा गा.वि.स.वडा नं. १ वस्ने गोगरी थरुनी समेत § धनीले ऋणी उपर फिराद दायर गर्दा लिखतमा लेखाएको वतनमा नै गर्नपर्ने । § लिखत सद्दे ठहरिएपछि सो लिखतमा लेखाएको वादीको वतनलाई प्रतिवादीले किर्ते गरेको भनी भन्न नमिल्ने । § म्याद तामेल गर्ने गराउने कार्य कर्मचारीको भएको र यदि वादीहरुले भने जस्तै प्रतिवादीहरु समेतसंग मिलोमतो गरी म्याद तामेल भए गराएको भए सो सम्बन्धमा कर्मचारीहरुलाई समेत प्रतिवादी बनाउन पर्नेमा सो गरेको नदेखिएको अवस्थामा फिरादमा उल्लेखित वतनमा म्याद तामेल गर्ने गराउने कार्यलाई जालसाजीको संज्ञा दिई प्रतिवादीहरुलाई सजाय गर्न नमिल्ने । (प्रकरण नं.२४) § लिखत सद्दे ठहरी फैसला भएकोमा सो उपर पुनरावेदन परेको नदेखिएको र किर्ते भनिएको लिखत सद्दे भैसकेपछि उक्त लिखतमा उल्लेख भएको वतनमा म्याद तामेल गर्ने कार्य समेत जालसाजी पूर्वक भएको भन्न नमिल्ने हुँदा जालसाजी ठहराई सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिदा उल्टी हुने । (प्रकरण नं.२५) पुनरावेदक प्रतिवादी तर्फवाटिः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत विराटनगरको मिति २०५५।२।१९ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ वमोजिम प्रतिवादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– २. विपक्षी मध्येको यज्ञप्रसादले हाम्रा उपर मोरङ जिल्ला अदालतमा लेनदेन मुद्दाको फिराद दायर गरि कार्यवाही चलाई सावा व्याज समेतको जम्मा रु ५०,०००।– हामीवाट लिन पाउने गरी अदालतवाट फैसला गराएका रहेछन् । तिमीहरुले के कति रुपैया यज्ञप्रसाद वाट लिएको थियौ । तिमीहरुको घर वसोवास उठाउने भएछ भनि प्रमाण खण्डका मानिसहरुले हामीलाई भन्दा शंकालागि एकिन गर्न अदालतमा बुझ्दा प्र. यज्ञप्रसाद बादी भै हाम्रा उपर मिति ०४९।३।२६ गते फिराद दायर गरी ०४९।११।२१ मा फैसला समेत भएको पाई सोही दिन फैसला र तामेली म्यादको नक्कल २०५०।४।२८ गते सारी लिदा सोहि दिनमात्र हाम्रा नाउँको लिखत किर्ते गरी रु.२५,०००।– को सांवा व्याज मा दावीगरी हाम्रो नाउँको जारी भएको ३० दिने म्याद समेत जालसाज वाट तामेल गराई सो म्यादको आधारमा मिति ०४९।११।२१ म अदालतवाट फैसला हुँदा विपक्षी मध्येका यज्ञप्रसादले हामीवाट सांवा रु.५०,०००।– र कोर्टफी रु.१७६९।९७ भरि पाउने ठहरी एक तर्फी फैसला भएको थाहा जानकारी भयो । हामीले कुनै किसिमको लिखत पत्रगरि विपक्षी यज्ञप्रसादवाट लिदै नलिएको रु.२५,०००।– के कस्तो लिखत पेश गरि नालेश गरेछन्, सो वुझ्दा यज्ञप्रसाद धनि हामी ऋणी भएको आषाढ महिना गते बेगरको रोज १ को रु. २५०००।– को लिखत नक्कलफिराद साथ राखि १० वर्ष को म्याद कायम गरीफिराद पेश भएकोमा अदालतवाट कैफियत जनाउंदा लिखितम देखि बायां किनारामा र मिति पुछारमा समेत कारणीको रेखात्मक ल्याप्चे लागेको साक्षी महलमा जगुलाल माझी, देशीलाल माझीको रेखात्मक ल्याप्चेलागेको भिमप्रसाद कोइरालाको रेखा