निर्णय नं. ७६८१ - हालैको बकसपत्र बदर हककायमत्र

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६८१ - हालैको बकसपत्र बदर हककायमत्र भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/१०/०३ ४१४९ निर्णय नं.७६८१ ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संम्वत २०५७ सालको दे.पु.नं......७२९२ फैसला मितिः २०६२।१०।३।२ मुद्दा : हालैको बकसपत्र बदर हककायम । पुनरावेदक वादीः गण्डकी अंचल कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. ४ बस्ने कृष्ण प्रसाद कोइरालाको संरक्षक राधादेवी कोइराला समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.स्याङजा जिल्ला गणेशपुर गा.वि.स.वडा नं. १ घर भै हाल कास्की जिल्ला पोखरा उपमहानगरपालिका वार्ड नं. ४ बस्ने भगवती गौतम समेत § कानूनले कुनैपनि सम्पत्तिको चरित्र निर्धारणका लागि स्वामित्वलाई आधार मानेको हुन्छ। अचल सम्पत्ति निर्जिव बस्तु भएकाले यसको आफ्ना स्थिर अन्तरनिहित गुणहरु हुनेमा वाहेक छुट्टै चलायमान चरित्र नहुने । § हरेक हस्तान्तरण पश्चात सम्पत्तिको स्वरुप वा चरित्र परिवर्तन हुने । § निजी स्वरुप ग्रहण गरिसकेको सम्पत्तिलाई वादीहरुले कानून बमोजिम बदर गराई पूर्ववर्ती अंशबाट प्राप्त सम्पत्तिको रुपमा कायम गराउन नसकेपछि त्यो सम्पत्ति पूनः कानूनबमोजिम हस्तान्तरण भएकोलाई चुनौती गर्ने हक नहुने । (प्रकरण न.११) § दावीको लिखतको विवादित सम्पत्ति प्रतिवादीहरुमा मात्र सिमित नरही तेस्रो व्यक्तिको हक स्वामित्वमा गैसकेको स्थितिमा प्रतिवादीहरु वीचको वैवाहिक सम्वन्धको कारणले मात्र तेस्रो व्यक्तीको हक जान नसक्ने । (प्रकरण नं.१३) पुनरावेदक वादी तर्फवाटः शारदाप्रसाद कोइराला प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहल र श्री विश्व प्रकाश सिग्देल अवलम्वित नजीरः फैसला न्या.पवनकुमार ओझाः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १,(क)(ख) अन्तर्गत प्रस्तुत मुद्दा दोहोर्‍याई पाऊ भनी वादीको तर्फबाट निवेदन परेकोमा उक्त ऐनको दफा १२(१)(क) बमोजिम मुद्दा दोहोराउने निस्सा भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्थ एवं ठहर यस प्रकार छ :- २. विपक्षी वहिनी भगवतीले अंश वापत प्राप्त गरेको शिशुवा गा.वि.स. वडा नं. ३ को कि.नं. २८१९ को क्षे.फ.४-०-०-० को जग्गा मध्ये कित्ता फोड भै कायमी कि.नं. २८६६ को क्षे.फ.२-०-०-० जग्गा विपक्षी मध्येका तिलकराम गौतमलाई २०५१।६।२४ मा हालको बकसपत्र पारित गरी लिनु दिनु गरेका हुंदा मुलुकी ऐन स्त्री अंश धनको महलको ७ नं. अनुसार दिए लिएको सदर नहुने हुंदा सोही ऐनको २ नं. को हदम्याद भित्र फिराद गर्न आएका छौ । अतः हामीहरुको आवश्यक साक्षी प्रमाण समेत वुझी विपक्षी भगवती गौतम दिने र विपक्षी तिलकराम गौतम लिने गरी शिशुवा गा.वि.स. वडा नं. ३ को कि.नं. २८१९ को क्षे.फ.४-०-०-० मध्ये कित्ता फोड भै कायमी कि.नं. २८६६ को क्षे.फ.२-०-०-० जग्गा को मिति २०५१।६।२४ को हालको बकसपत्र लिखत बदर गरी पाऊ भन्ने समेत व्यहोराको शारदाप्रसाद कोइराला समेत जना २ को फिराद पत्र । ३. विवादित जग्गा म भगवतीले मिलापत्रबाट पाएको निजी जग्गा हुंदा २०५०।९।१ मा नारायण प्रसाद अधिकारीलाई हालको बकसपत्र पारित गरी दिई पुनः २०५०।५।३१ मा नारायण प्रसादबाट म भगवतीले हा.व.पारित गरी लिएको भएपछि म भगवतिले दिंदा र लिंदा दुवै अवस्थामा सो जग्गा निजी हो भन्ने कुरा देखिएकै छ । यस्तो चरणवद्ध हक हस्तान्तरणको सम्पुर्ण प्रकृयालाई बदर गराउन नसक्ने विपक्षीको विवसताको वावजुद पनि म भगवतिले म तिलकरामलाई २०५१।