निर्णय नं. ७६८२ - जवर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६८२ - जवर्जस्ती करणी भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/०२/२८ ५४०३ निर्णय नं.७६८२ ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०६२ सालको फौ.पु.न. ––३७६० फैसला मितिः २०६३।२।२८।१ मुद्दा :— जवरजस्ती करणी । पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही गा.वि.स. मुर्तिया वा .नं. २ घर भई हाल जिल्ला पर्सा कारागार शाखा वीरगंज कारागारमा रहेका भीमबहादुर पोखरेल बिरुद्ध विपक्षीरवादी जिल्ला सर्लाही ग.वि.स. मुर्तिया वा.नं. ३ बस्ने लेखबहादुर थापाको जोहरीले श्री ५ को सरकार § मुलुकी ऐन जर्वजस्ती करणीको १ नं. अनुसार जर्वजस्ती करणीको वारदात कायम हुनका लागि योनिभित्र लिङ्ग पूर्ण प्रबेश गरेको हुनुपर्ने वा योनिभित्रै बिर्य स्खलन भएको हुनुपर्ने वा पीडितको योनीको कन्याजाली च्यातिएको हुनुपर्ने भन्ने कुरा उल्लेख नभएको अवस्थामा लिङ्ग र योनी वीच सामान्य घस्रण पर्याप्त देखिने । (प्रकरण नं.३४) § स्वास्थ्य केन्द्र वरहथवा सर्लाहीले बच्चाको योनिद्धार (Vaginal nifice) एकदमै साँगुरो हुने र बयस्क पुरुषको लिङ्गको मोटाई बढी हुने भएको र करणी गर्ने प्रयासमा योनी भित्र लिङ्ग छिराउने प्रयास गर्दा लिङ्ग नछिरेको तर योनीको बाहिरी भाग र मुत्रनलीको बाहिरी भागमा घर्षण गर्दा निलडामहरु देखिएको भन्ने व्यहोरा उल्लेख भएको अवस्थामा पीडितको योनीको कन्याजाली नच्यातिनु स्वभिाविक हुन आउने । § घटनासंग संवद्ध अन्य तथ्यहरुवाट जवरजस्ती करणीको अपराधिक कार्य गरेको कुरा पुष्टि हुन आएको अवस्थामा योनि भित्र लिङ्गको पूर्ण प्रवेश नभएको कन्याजाली नच्यातिएको, विर्य स्खलित नभएको भन्ने आधारमा अभियुक्तलाई आरोपित कसूरवाट मुक्त गर्न नमिल्ने । (प्रकरण नं.३६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्धान बैतनिक अधिवक्ता श्री परसुराम भटृराई विपक्षी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. स.वा.नं. ३ स्थित पुर्वमा शिव प्रसाद घिमिरेको पक्की घर पश्चिममा सार्वजनिक बाटो दक्षिणमा इन्दु शंकर चिनी मिलको काटा उत्तरमा रामचन्द्र महतोको काठको घर यति चार किल्ला भित्रमा रहेको लेखबहादुर थापाको फुसको छाना भएको गाई गोठ सो भित्र उखुको सुकेको पात ओछटाइएको माटोले तिन तिरबाट घेरा हालिएको उखुको पातहरु यत्रतत्र छरिएको पातहरुमा मसिनो रगत लागेको घटनास्थल मुचुल्का । ३. म जाहेरवाला आफ्नो घरायसी कामले बाहिर गएको अवस्था मिति २०५९।१०।२५ गते दिउंसोको १४.०० बजेको समयमा प्रातिवादी कहांबाट एक्कासी मेरो आगनमा पसी खेली रहेको छोरी वर्ष ६ की पार्वती भन्ने सीता कुमारी थापालाई बोकी मुखमा हात राखी रुन कराउन नदिई बाख्रा गोठमा लगि जवरजस्ती करणी गरि छोरीलाई बेहोस अवस्थामा छाडी भागेको भन्ने व्यहोराको लेखबहादुर थापाको जाहेरी दरखास्त । ४. मिति २०५९।१०।२६ गते स्वास्थ्य परिक्षण गरि (१) पीडितलाई करणी गर्ने प्रयास भएको पाइयो । (२) आठ वर्ष मुनिका बच्चामा हाईमन धेरै हाई हुने भएको र निजको गुप्ताङ (योनी) जांच्दा अत्यधिक दुःखी रहेको हुनाले एकन गर्न नसकिएको (३) निजको योनी बाहिर कटुमा रगतका मसिना टाटा देखिएको (४) निजको शरिरमा निज डाम भएको साथै निज एकदमै थाकेको (५) निजको योनीमा सुक्रकीट नभएको तर निजको Urethra Tender भएको भन्ने व्यहोराको प्राथमिक स्वास्थ्य केकन्द