निर्णय नं. ८२३४ - उत्प्रेषणयुक्त परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२३४ - उत्प्रेषणयुक्त परमादेश । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०५/२५ ५०९९ निर्णय नं. ८२३४ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत विशेष इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६४ सालको रिट नं.– WS ००१९ आदेश मितिः २०६६।५।२५।५ विषय :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः नुवाकोट जिल्ला महाकाली गा.वि.स.वडा नं. ५ घर भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ रानीवारी बस्ने राजन अधिकारी विरुद्ध विपक्षीः नेपाल सरकार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § कति वटा कम्पनी वा संस्थालाई धितोपत्र दलालको इजाजतपत्र दिने भन्ने वारेमा निर्णय गर्ने अधिकार व्यवसायको नियमनकारी निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्ड र उक्त व्यवसाय सञ्चालन गर्ने, बजार उपलब्ध गराउने नेपाल धितोपत्र विनिमय बजार लि.ले निर्णय गर्ने विषय भएकाले धितोपत्र दलालको संख्या तोक्ने वा सीमित गर्ने गरिएको निर्णय वा कारवाहीको कुरा न्यायिक निरुपणको विषय हुन नसक्ने । (प्रकरण नं.३) § सर्वसाधारणको हित र रक्षाको लागि उद्यम व्यवसाय, रोजगारी वा आर्थिक गतिविधिको विविध पक्षहरू मध्ये कुन पक्ष वा क्षेत्रलाई नियमित तथा व्यवस्थित गर्ने र कसरी यो नियमनको कार्य गर्ने भन्ने कुरा राज्यले बनाएको कानूनको अधीनमा रही सम्बन्धित क्षेत्रको नियमनकारी निकाय वा यस्तो निकायको स्वीकृतिमा अन्य अधिकार प्राप्त निकायले निर्धारण गर्ने कार्य भएकोले उक्त उद्देश्यको लागि बनाइएको कुनै पनि नियम, विनियम वा निर्देशिकाको औचित्यताको प्रश्नतर्फ यस अदालतले प्रवेश गर्न र आफ्नो धारणा राख्न नसक्ने । (प्रकरण नं.४) § धितोपत्रसम्बन्धी ऐन, २०६३ मा स्पष्ट रुपमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी कुनै कम्पनी वा संस्था दर्ता गरी यस्ता कम्पनी वा संस्थाको नामबाट धितोपत्र दलालको व्यवसाय गर्न चाहने प्राकृतिक व्यक्तिले मात्र कारोबार इजाजत पत्र पाउन सक्ने व्यवस्था गरिएको कारणले प्राकृतिक व्यक्ति र कृत्रिम व्यक्तिबीच असमान व्यवहार गरियो भनी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ मा व्यवस्था गरिएको कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रतासम्बन्धी मौलिक हकको व्यवस्थाविपरीत भयो भनी मान्न नमिल्ने । § समानताको हक निरपेक्ष हक होइन । समान अवस्था र हैसियतमा रहेका व्यक्तिहरूका बीच विभेद गरिएको अवस्थामा मात्र समानताको हकको संवैधानिक व्यवस्था आकर्षित हुने । (प्रकरण नं.१२) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री राजन अधिकारी विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल एवं विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की, विद्वान अधिवक्ताहरू श्री कृष्णप्रसाद घिमिरे, श्री सुभाष पौडेल, श्री माधव वास्कोटा, श्री सुरज अधिकारी, श्री प्रवीन पन्दाक र श्री भीम बञ्जारा अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान २०६३ मो धारा १२(२)(च) § धितोपत्र व्यवसायी नियमावली, २०६४ नियम ३(क),(ख),(ग) § धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ § धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २(ग),(ट)(ञ), (प), दफा ५६, ५७, ५८, ५९ र ६२ आदेश न्या.भरतराज उप्रेतीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(१) र (२) अन्तरगत दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– नेपाल १९९० को दशकबाट आर्