निर्णय नं. ७६८३ - गर्भपतन (कर्तव्य ज्यान)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६८३ - गर्भपतन (कर्तव्य ज्यान) भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/०३/१२ ४७८५ निर्णय नं.७६८३ ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा संवत् २०५७ सालको फौ.पु.नं. ....२६१२ फैसला मितिः २०६३।३।१२ मुद्दाः– गर्भपतन (कर्तव्य ज्यान) । पुनरावेदक / वादीः धनबहादुर राईको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी / प्रतिवादीः इलाम जिल्ला फुवा मझुवा गा.वि.स.वडा नं. २ बस्ने लालमाया गुरुङ § बच्चा जन्माउने आमाले जीउंदो बच्चालाई कर्तव्य गरी मारेको भनी सजाय गर्न सो कुरा पुष्टि हुने ठोस सबुद आवश्यक पर्ने । § जीउदो जन्मेको बच्चा मार्ने मनसाय भए प्रतिवादीले तत्कालै कर्तव्यजन्य कुनै कार्य गरी मार्न कुनै कुराले वाधा पुर्याएको देखिदैन । बच्चा मरेको जन्मेको कारण खोल्सीमा छाडी हिडेको भन्ने प्रतिवादीको भनाई निश्चयात्मक प्रमाणबाट खण्डन नभएसम्म त्यसरी छाडी हिडेको कारणबाट शिशु मरेको भनी अनुमान गरी प्रतिवादीलाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं.२०) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री भरतमणि खनाल प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत इलामबाट २०५७।३।२६ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. मिति २०५५५।६ गते बेलुकापख पुवामझुवा ग.वि.स. वार्ड नं. ३ स्थित देवीथाने खोल्सीमा वेवारीसे नवजात शिशु मृतक अवस्थामा सालनाल सहित फेला परेको हुँदा गाउँघरमा हल्लाखल्ला हुंदा सुनी थाहा पाई घटनास्थलमा आई हेर्दा उक्त वेवारीसे नवजात शिशु बच्चा मृतक अवस्थाको देखि के कस्ले के कुन परिवन्धबाट मृतक अवस्थामा फ्याकिएको हो । अनुसन्धान गरी दोषी उपर कारावही गरिपाऊँ भन्ने समेत व्यहोराको ०५५।५।७ को धनबहादुर राईको जाहेरी दर्खासत । ३. मृतक नवजात शिशु छोरा जातीको लासको घांटीमा निलो डाम, नाइटोमा सालनाल जोडिएको घुडा पिडौलामा निलो डाम देखिएको भन्ने व्यहोराको लास प्रकृति मुचुल्का । ४. ०५४।८।२५ गते राती प्र. हरि राई र मेरो मन्जूरी साथ यौनसम्पर्क भई मेरो पेटमा गर्भ रहन गएको भए पनि सो कुरा मैले कसैलाई भनिन् । ०५५।५।५ गते घांस काट्न भनी गएको समयमा बच्चा जन्मने विराम लागेको हुनाले दवीथाने खोल्सी नजीकै मैले जन्माएर फालेको नवजात शिशु छोरा जातीको बालक ०५५।५।६ गते मृतक अवस्थामा फेला परेको हो । उक्त बच्चा मृतक अवस्थामा सालनाल सहीत जन्मिएको थियो भन्ने समेत व्यहोराको प्रतिवादी लालमाया गुरुङले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । ५. मैले लालमायासंग मन्जूरी साथ करणी लिनु दिनु गरेको हो । मैले करणी गरे पछि निजको गर्भ रहेछन् भन्ने कुरा मलाई थाहा भएन । निजले पनि भनिनन् । ०५५।५।६ गते वेवारीसे बच्चा चन्माई सो समयमा मात्र मलाई थाहा भएको हो । उक्त छोरा जातीको मृतक शिशु मेरो करणीबाट गर्भधारण भै जन्मीएको हो भन्ने समेत व्यहोराको प्र. हरि राईले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । ६. मृतक नवजात शिशु छोरा जातीको बालक जिउंदै जन्मिएको जन्मी सकेपछि मरेको भन्ने समेत व्यहोराको लास जांच रिपोर्ट । ७. मिति २०५५।५।६ गते पुवामझुवा गा.वि.स. ३ स्थित देवीथाने खोल्सीमा फेला परेको मृतक छोरा जातीको नवजात शिशु प्र. हरि राई र प्र. लालमाया गुरुङका यौनसम्पर्कबाट लालमायाको गर्भ रही वारदातको