निर्णय नं. ८२३५ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२३५ - उत्प्रेषण । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०५/२५ ४४७१ निर्णय नं. ८२३५ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६५ सालको WO – ०६०३ आदेश मितिः २०६६।५।२५।५ विषयः– उत्प्रेषण । निवेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित नेपाल स्टक एक्सचेञ्ज लि.को सञ्चालक समिति समेत विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग § कुनै व्यक्ति वा निकायले दिएको सुझावले निर्णयमा पुग्नको लागि सहयोग पुर्‍याउन सक्तछ तर यस्तो सुझाव निर्णय गर्ने निकायको लागि बाध्यात्मक हुन नसक्ने । (प्रकरण नं.१३) § “धितोपत्र दलाल सिफारिश छनौट विधि” बनाई लागू गर्ने भई सो निर्णयलाई कार्यान्वयन गर्ने प्रक्रिया शुरु भइसकेपछि कुनै सुझाव दिने अधिकारको नाममा उक्त “छनौट विधि” लाई सच्याउने वा चाहेअनुसारको व्यवस्था राखी सच्याउनु भन्ने निर्देशन दिने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भएको नदेखिएकोले उक्त निर्णय तथा निर्देशन अनाधिकार तथा कानूनविपरीत देखिने । (प्रकरण नं.१५) § कुनै सार्वजनिक निकायले गरेको निर्णयउपर प्रचलित कानूनअनुसार पुनरावेदन लाग्ने व्यवस्था गरिएको अवस्थामा उक्त निर्णयप्रतिकूल हुने गरी वा निर्णयलाई प्रभावित हुने गरी कुनै आदेश दिन नसकिने । § धितोपत्र बोर्डको आदेश वा निर्देशनउपर पुनरावेदन लाग्ने कानूनी व्यवस्था समेत गरिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख. अन्तर्गतको अधिकारको प्रयोग गर्ने अवस्था उक्त आयोगलाई छ भनी मान्न नसकिने । (प्रकरण नं.१६) § सार्वजनिक निकायबाट भए गरिएका अख्तियार दुरुपयोगको काम कारवाहीको बारेमा अनुसन्धान गरी मुद्दा चलाउने संवैधानिक जिम्मेवारी पाएको आयोग आफैले कानूनले प्रदान नगरेको र आफूलाई प्राप्त भएको संवैधानिक अख्तियारीभन्दा बाहिर हुने हुँदा सोको आधारमा संवैधानिक व्यवस्थाअनुसार यस अदालतले विशेष अधिकारक्षेत्रको प्रयोग गर्नबाट आफूलाई वञ्चित गर्ने वा पछि हट्ने स्थिति नहुँदा प्रत्यर्थी आयोगको गैरकानूनी तथा अधिकारक्षेत्रविहीन कार्यबाट नियमनकारी निकायहरूको काम कारवाहीमा परेको वा पर्नसक्ने बाधा व्यवधान हटाउनका लागि उपयुक्त आदेश जारी गर्नसक्ने । (प्रकरण नं.१८) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की विद्वान अधिवक्ताहरू श्री माधव वाँस्कोटा, श्री सुरज अधिकारी, प्रबीन पन्दाक र भीम बञ्जारा विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री किरण पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख, २८(१)(ग) § धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ५६(१), ५७(१), (२), १०६(२) § धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ नियम ३, ३(१), (२) § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२० आदेश न्या. भरतराज उप्रेतीः नेपालको अन्तरिम संविधान,२०६३ को धारा १०७(२) अन्तर्गत दायर भएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– निवेदक कम्पनी तत्काल प्रचलित कम्पनी ऐन, २०२१ बमोजिम नेपाल राष्ट्र बैंक, नेपाल औद्योगिक विकास निगम, अर्थ मन्त्रालय समेतको शेयर लगानीमा २०३३।३।१२ मा सेक्यूरिटी खरीद बिक्री केन्द्रको रुपमा स्थापना भएको हो । धितोपत्र कारोबार ऐन, २०४० प्रारम्भ भै २०४१ साल मंसिरब