निर्णय नं. ७६८५ - उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६८५ - उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ । भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/०३/१९ २८९९ निर्णय नं.७६८५ ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत् २०६२ सालको रिट नं. ...२६२५ आदेश मितिः २०६३।३।१९।२ विषयः– उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ । निवेदकः का.जि. का.म.न.पा.वडा नं. ३४ घर भई नेपाल राष्ट्र वैंकको उपनिर्देशक पदवाट अवकास प्राप्त हरिलाल ज्ञवाली समेत विरुद्ध विपक्षीः नेपाल राष्ट्रवैंक केन्द्रीय कार्‍यालय वालुवाटार समेत § विधायिकाले ऐनको निर्माण गर्दा प्रणालीको सूचारुपन (smooth working of system) मा अवरुद्ध हुने गरी ऐनको संरचना गरेको होला भनी अदालतले अनुमान नगर्ने । § विवादित राष्ट्र वैंक कार्यव्यवस्था नियमावली, २०५९ राष्ट्र वैंक ऐनको कार्यान्वयनको लागि दफा ११०(१) बमोजिम श्री ५ को सरकारको स्विकृति लिई राष्ट्रवैंकको संचालक समितिले वनाएको देखिंदा सो विनियमावली प्रत्यायोजित अधिकार भन्दा बाहिर गएर निर्माण भएको नदेखिन । (प्रकरण नं.१३) § Golden Hand shake को अवसर पूर्ण सद्भावना एवं सदासयताका साथ निवेदकहरुलाई दिइएको भन्ने विपक्षीहरुको भनाई रहेको पाइयो । यस्तो सुविधा लिने वा नलिने सम्वन्धमा सम्वन्धित कर्मचारीले नै निर्णय गर्ने हो । संगठनले विशेष उद्देश्य र प्रयोजनका लागि यस्तो योजना ल्याउने हुंदा सधै भरी सो योजना कायम राखी रहन्छ भन्ने हुँदैन । यस्तो सुविधालाई कानूनी हक अधिकारको रुपमा दावी गर्न नमिल्ने । § राष्ट्रवैंकका कर्मचारीहरु मध्ये निवेदकहरुलाई छानीछानी (Choose & Pick) अवकास दिएको नभई सवै कर्मचारीहरुमा सो व्यवस्था समान रुपमा लागु भएको अवस्थामा निवेदकहरुलाई भेदभावपूर्ण व्यवहार भएको नदेखिंदा समानताको हकको सिद्धान्त विपरीत भन्न नमिल्ने । (प्रकरण नं.१६) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारी एवं विद्वान अधिवक्ताहरु श्री वद्रीवहादुर कार्की, श्री शम्भु थापा, श्री लोकभक्त राणा र श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री पूर्णमान शाक्य, श्री प्रेमप्रसाद पाण्डेय र श्री थानेश्वर आचार्य अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अनुसार दायर हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा र निर्णय यसप्रकार छ :– २. हामी निवेदकहरु पहिले देखि राष्ट्रवैंकको सेवामा प्रवेश गरी ३० वर्ष भन्दा वढी अवधि सेवा गरी सकेका व्यक्तिहरु हौ । विपक्षी नेपाल राष्ट्र वैंकको जनशक्ति व्यवस्थापन विभागले अचानक सेवा अवधि ३० वर्ष पुरा भएकोले नेपाल राष्ट्र वैंक कर्मचारी सेवा विनियमावली, २०६२ को नियम १०८ बमोजिम मिति २०६२।४।१ देखि तपाईलाई वैंकको सेवावाट अवकास दिइएको छ भनी हामी निवेदकहरुलाई मिति ०६२।४।२ को एकै व्यहोराको पत्र वुझाइयो । मिति २०६२।४।१ भन्दा धेरै अगाडि हामी निवेदकहरुको ३० वर्ष सेवा अवधि पुगी सकेको हुंदा ३० वर्ष सेवा अवधी पुगेको समय वहाल रहेको कर्मचारी नियमावली, २०४९ को नियम ५४ बमोजिम वाहेक अवकास दिन मिल्ने होइन । २०६२।४।१ मा सेवा अवधी ३० वर्ष पुगेको भन्ने व्यहोरा झुठ्ठा हो । मिति ०६२।४।२ को पत्रमा उल्लेख भएको ने.रा. वैंक कर्मचारी सेवा विनियमावली, २०६२ नेपाल राष्ट्र वैंक ऐन २०५८ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी सो वैंकको संचाल