निर्णय नं. ८२३६ - कुत दिलाई मोही निष्काशन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२३६ - कुत दिलाई मोही निष्काशन । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०६/२२ ३६५२ निर्णय नं. ८२३६ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला पुनरावलोकन निस्सा प्रदान नं. २०६५–NF ०००१ फैसला मितिः २०६६।६।२२।५ मुद्दा – कुत दिलाई मोही निष्काशन । पुनरावेदक प्रतिवादीः सर्लाही जिल्ला गा.वि.स.गडहिया वडा नं.३ हाल वडा नं. १ बस्ने जगेश्वर राय यादवको मु.स.गर्ने अर्जुन राय विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सर्लाही डुमरिया गा.वि.स. वडा नं. ४ बस्ने दिनेश सिंह भूमिहार शुरु फैसला गर्ने :– भू.सु.अ.श्री कलाधर देउजा पुनरावेदन फैसला गर्नेः- मा.न्या.श्री यमनारायण धिताल मा.न्या श्री कृष्णप्रसाद श्रेष्ठ संयुक्त इजलासमा फैसला गर्नेः मा.न्या. श्री दिलीपकुमार पौडेल मा.न्या. श्री चन्द्रप्रसाद पराजुली § विधायिकाले निर्माण गरेको कानूनको सम्बन्धमा संवैधानिकताको प्रश्न उठी अधिकार प्राप्त निकायबाट विधिसम्मत तरिकाले अबैध घोषित नभएसम्म वा विधायिकाबाट खारेज वा संशोधन नभएसम्म त्यसमा बाध्यात्मक शक्ति निहीत हुन्छ । अदालतले त्यसको व्याख्या र पालन गर्ने गर्दछ । त्यस्तो कानूनको पालनालाई व्याख्याताको हैसियतले सर्वोच्च अदालतले इन्कार गर्न नसक्ने । § मुद्दा मामिलाको रोहमा विधायिकी कानूनको व्याख्याको सन्दर्भमा सर्वोच्च अदालतले कानूनी सिद्धान्तको प्रतिपादन गर्ने हुँदा त्यसको पश्चात्दर्शी प्रभाव (Retrospective Effect) हुँदैन र पश्चात्दर्शी प्रभाव पर्ने गरी कानूनी सिद्धान्तको प्रतिपादन सर्वोच्च अदालतले गर्दैन । विधायिकी कानूनको अन्तिम व्याख्याताको हैसियतमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरूको पश्चात्दर्शी प्रभावलाई स्वीकार गर्ने हो भने न्याय सम्पादनमा एकरुपता, निश्चितता र न्यायिक अनुशासन कायम रहन नसक्ने । (प्रकरण नं.६) § पुनरावलोकनको निस्साको आधारको रुपमा रहेको कानूनी सिद्धान्त संयुक्त इजलासबाट फैसला भएपछि प्रतिपादन भएको अवस्थामा उक्त सिद्धान्तको त्रुटि पहिले नै भएको निर्णयमा हुनसक्ने अवस्था नहुँदा संयुक्त इजलासबाट फैसला भैसकेपछि प्रतिपादन भएको सिद्धान्तले पश्चात्दर्शी प्रभाव पार्न नसक्ने । (प्रकरण नं.७) § प्रचलित कानून तथा प्रतिपादित कानूनी सिद्धान्तबाटै पुनरावलोकन निवेदनको निर्णय गर्दा पुनरावलोकनको निस्सा दिँदा लिइएको आधारमा सीमित रहनुपर्नेमा निस्सा दिँदाको आधार नै आकर्षित हुन नसक्ने गरी असम्बद्ध छ भने सोसँग सम्वद्ध मुद्दाको अन्य पक्षमा प्रवेश गर्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता ओमप्रकाश सिंह अवलम्वित नजीरः § नेकाप २०५०, अङ्क ५, नि. न. ४६९७ § नेकाप २०६२, अङ्क ६, नि.नं. ७५४९, पृष्ठ ६७० § सर्वोच्च अदालतबाट प्रतिपादित कार्यविधि कानूसम्बन्धी केही महत्वपूर्ण नजीरहरू, भाग ३, पृष्ठ ४११ सम्बद्ध कानूनः § न्याय प्रशासन ऐन, २०४८ को दफा १३ § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ९६(२) § नेपालको अन्तरिम संविधान, २०६३ को धारा ११६(२) फैसला न्या. ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख) बमोजिम यस अदालत संयुक्त इजलासबाट २०६१।३।१६ मा भएको फैसलाउपर पुनरावलोकनको निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्तमा तथ्य र ठहर निम्नबमोजिम छः- फिरादीको नाममा