निर्णय नं. ८२३७ - उत्प्रेषण परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२३७ - उत्प्रेषण परमादेश । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०७/१९ ३४५८ निर्णय नं. ८२३७ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६५ सालको WS – ००२७ आदेश मितिः २०६६।७।१९।५ विषयः– उत्प्रेषण परमादेश । निवेदकः जिल्ला बझाङ भैरवनाथ गा.वि.स.वडा नं. २ घर भै हाल मौलाली उपस्वास्थ्य चौकी बझाङमा सहायक चौथो तहमा कार्यरत दीपेन्द्रराज मिश्रसमेत विरूद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,सिंहदरबार, काठमाडौं समेत § आफूहरूको पदस्थापन कुनै खास कार्यालयमा नै हुनुपर्छ भनी माग गर्नसक्ने कुनै कानूनी आधारविना कहाँ के कुन कार्यालयमा के कस्तो दरवन्दी सिर्जना गर्ने भन्ने नितान्त प्रशासनिक प्रकृतिको विषयवस्तुमा स्पष्ट कानूनी आधारवेगर यो यस्तो पदस्थापनाको कार्य गर्नु भनी अदालतले परमादेश वा निर्देशनात्मक प्रकृतिको आदेश जारी गर्न बाञ्छनीय नहुने । (प्रकरण नं.५) § आफ्नो हित अनुकूल नदेखिएको अमुक ऐनको व्यवस्था संविधानको प्रावधानसँग बाझिएको भनी सतही रुपमा दावी लिनु मात्र पर्याप्त हुँदैन, सो ऐनको व्यवस्थाले संविधानद्वारा प्रदत्त हकमा प्रत्यक्ष असर पुर्‍याएको वा अनुचित बन्देज लगाएको कुरा तथ्यपरक ढंगले पुष्टि पनि गर्नुपर्ने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री जानकीरमण उपाध्याय र श्री दीपनारायण साह विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री बलराम शर्मा अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ र २९(१) § नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (तेस्रो संशोधन सहित) को दफा ८क. आदेश न्या. खिलराज रेग्मीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(१) र (२) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– हामी निवेदकहरू मध्ये डम्बरबहादुरले तत्कालीन श्री ५ को सरकारको २०३९।१०।२ को निर्णयले राजपत्र अनङ्कित तृतीय श्रेणी ग्रा.स्वा.का.पदमा र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ११ र १२ बमोजिम उत्तमराजले २०५९।६।३, दीपेन्द्रराजले २०५९।६।४, धनबहादुरले २०५९।५।२०, सिद्धिबहादुरले, २०५९।५।१९, मानबहादुरले २०६०।२।२९, उद्धवबहादुरले २०५९।१२।७, गोविन्दले २०५९।६।३, वीरमानले २०५९।५।२०, शशिरामले २०५९।६।१४ को निर्णयले रा.प.अ.द्वितीय श्रेणी ग्रा.स्वा.का.पदमा स्थायी नियुक्ति पाई कार्यरत छौं । डम्बरबहादुरलाई निजामती सेवा ऐनबाट स्वास्थ्य सेवा ऐनअन्तर्गत परिवर्तन गर्दा लिखित स्वीकृति समेत लिइएको छैन । नेपाल स्वास्थ्य सेवा ऐन, तेस्रो संशोधन २०६३, अनुसार स्तरवृद्धि गर्दा हामी निवेदकहरू मध्ये डम्बरबहादुर तेस्रो तहबाट चौथो र अन्यलाई दोस्रो तहबाट तेस्रो तहमा २०६४।१।२० को निर्णयले २०६३।१०।१७ देखि लागू हुने गरी र उत्तमराजलाई २०६५।२।२२ को निर्णयले सोही मितिदेखि लागू हुनेगरी, दीपेन्द्रराजलाई २०६५।३।८ देखि, धनबहादुरलाई २०६५।१२।११, सिद्धिबहादुर २०६५।१०।१९, उद्ववबहादुर, गोविन्द, विरभान र शशिरामलाई २०६५।१२।११ र मानबहादुरलाई २०६५।१०।१७ देखि लागू हुनेगरी सहायक तेस्रो तहबाट सहायक चौथो तहमा स्तरवृद्धि गरिएकोमा हाल सम्पूर्ण निवेदकहरूलाई सहायक चौथो तहमा स्तरवृद्धि गरी सोही अनुसार पत्र दिइएको छ । सेवाको क्रममा अ.हे.व.को १८ महिने तालीम लिई उत्तीर्ण गरेकोलाई मन्त्रीस्तरको विभिन्न मितिको निर्णयअनुसार निवेदकहरूल