निर्णय नं. ८२३८ - रैकर दर्ता बदर गुठी कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२३८ - रैकर दर्ता बदर गुठी कायम । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०२/०७ ५३६२ निर्णय नं. ८२३८ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् 063–DF–0012 फैसला मितिः २०६६।२।७।५ मुद्दा :– रैकर दर्ता बदर गुठी कायम । पुनरावेदक/प्रतिबादीः स्याङ्गजा जिल्ला, पेलाकोट गा.वि.स. वडा नं. ७ बस्ने टीकाराम पाठक विरुद्ध प्रत्यर्थी/बादीः का.जि.का.म.न.पा.वडा नं. ८ पशुपति स्थित रहेको गोरक्ष पीठ सिद्धाचल मृगस्थली मठ समेत अघि निर्णय गर्नेः गुठी प्रशासक श्री श्यामराज ढुगेंल पुनरावेदन अदालत पाटनः— मा.न्या.श्री ऋषिराज जोशी मा.न्या.श्री बोधरीराज पाण्डे § गुठी स्वीकार गरिसकेपछि दाताकै हक समाप्त भएको अवस्थामा निजबाट हक प्राप्त गर्ने पुनरावेदकको हक बाँकी रहेको भन्न नमिल्ने । (प्रकरण नं.५) § राजगुठीको जग्गाको हक, स्वामित्व र प्रकृति नापीले अन्यथा निर्णय गर्दैमा समाप्त हुन नसक्ने । (प्रकरण नं.६) § कुनै खास उद्देश्य लिई कुनै विशेष कार्य सञ्चालन गर्नको लागि बनेको विशेष प्रकारको कानूनको प्रयोग सोही रुपमा हुनुपर्ने हुन्छ । यदि त्यस्तो विशेष कानूनमा सामान्य कानूनमा भन्दा पृथक खालको प्रक्रिया वा कार्यविधि निश्चित गरिएको छ, हक प्राप्ति र समाप्तिको सम्बन्धमा पनि सामान्य कानूनको भन्दा भिन्न आधार दिइएको छ भने पनि त्यसैलाई अनुशरण गर्नु पर्दछ । त्यस्तोमा सामान्य कानूनी प्रक्रियाबमोजिम हुनु पर्दछ भन्ने जिकीर गर्न नमिल्ने । § व्यक्ति–व्यक्तिका बीच जग्गाको तेरोमेरोको विवाद उठी एकपटक भएको निर्णय अन्तिम भै सम्बन्धित पक्षलाई बन्धनकारी हुने सामान्य व्यवस्थाको विपरीत गुठी जग्गाको स्वरुप वा प्रकृति समाप्त हुने गरी भएको निर्णय जहिलेसुकै बदर गर्न मिल्ने हुँदा नापी गोश्वाराबाट कुनै निर्णय भएकै भरमा वा त्यसउपर पुनरावेदन वा उजूर नपरेकै आधारमा गुठी धर्मलोप हुन नसक्ने । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री लोकभक्त राणा तथा श्री रवीन्द्रनाथ अर्याल प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेल अवलम्वित नजीरः § नेकाप २०६४ पृष्ठ १२७५ सम्बद्ध कानूनः § गुठी संस्थान ऐन, २०३३ को दफा ३९ § नाप जाँच ऐन, २०१९ को दफा ६(९) फैसला न्या. दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०५८।९।२३ को फैसला दोहोर्याई हेरिपाऊँ भनी प्रतिवादीका तर्फबाट पर्न आएको निवेदनमा यस अदालतबाट मिति २०६०।३।२५ मा निस्सा प्रदान भै संयुक्त इजलासमा पेश हुँदा मत्यैक्यता हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३१(क) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- २ नं नापी टोलीबाट नापी हुंदा का न.पा वडा न. ७ (घ) कित्ता नं ८८ टीकाराम पाठक र कि.नं ८९ ज्ञानप्रसाद र रामबहादुरका नाममा नापनक्सा भएको साविक चाबहिल गा.पं. वडा नं. ३ को कि.नं. १०० कित्ताकाट भै कि.नं. १७३ र १७४ कायम गरी लालपुर्जा वितरण भएकोमा गुठी संस्थानबाट २०३६।८।२३ मा गोरक्षनाथ बालचक्र पूजा गुठी निर्णय भै पूर्जा बदरको लागि मालपोत कार्यालयमा लेखापढी भै २०४० सालदेखि मोही लगत कायम गरी साल बसाली बाली बुझाई आएको हुँदा उक्त जग्गामा बालचक्र गुठी कायम गरी मोहीमा मेरो नाम काय