निर्णय नं. ७६८६ - सरकारी कागज किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६८६ - सरकारी कागज किर्ते भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/०२/१५ ७१८१ निर्णय नं.७६८६ ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्वत् २०५५ सालको दे.पु.नं. १९९९ फैसला मितिः २०६३।२।१५।२ मुद्दाः– सरकारी कागज किर्ते । पुनरावेदक प्रतिवादीः गोरखा जिल्ला गोरखकाली गा.वि.स. वडा नं. १ पोखरीथोक वस्ने रामबाबु शर्मा अधिकारी विरुद्ध प्रत्यर्थी वादीः ईश्वरबहादुर थापाको जाहेरीले नेपाल सरकार § प्रमाण ऐन, २०३१ को दफा २३(७) र दफा ५२ बमोजिम साक्षीसरह वकपत्र गराई पक्षलाई जिरह गर्ने मौका दिएपछि मात्र रेखा विशेषज्ञको रायलाई प्रमाणमा लिनुपर्ने । § अदालतबाट विशेषज्ञलाई झिकाई बकपत्र गराउनु भन्ने आदेश भएकोमा पटक पटक म्याद सूचना पठाउंदा पनि विशेषज्ञको वतन नै फेला नपरेको भनी विशेषज्ञले उपस्थित भई बकपत्र गर्न र पक्षले निजसंग जिरह गर्न पाएको अवस्था नदेखिने । § विशेषज्ञको बकपत्र हुन नसकी र पक्षले जिरह गर्न नपाएको यस्तो रायलाई उक्त कानूनी व्यवस्था बमोजिम प्रमाणको रुपमा ग्रहण गर्न र सोही रायको आधारमा थपिएका भनिएका अक्षरहरु यी पुनरावेदककै हुन् भन्न मान्न नमिल्ने । (प्रकरण नं.३९) § लिखतमा थपिएको अंश लिखत भइसके पश्चात थपिएको र सो थप्दा यी पुनरावेदकको हस्ताक्षर रहेको देखिने स्पष्ट, कानूनसंगत एवं विवादरहित प्रमाण मिसिलमा संलग्न रहेको नदेखिएकाले पुनरावेदकलाई कसूरदार ठहर्याई सजाय गरेको जिल्ला अदालतको फैसला तथा त्यसलाई सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी हुने । (प्रकरण नं.४०) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता महादेव यादव प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री जनकबहादुर अधिकारी अवलम्वित नजीरःने.का.प. ०४३, नि.नं २६८८, पृष्ठ ३३, ने.का.प. २०५१ नि.नं. ४८५६, पृष्ठ ५७ फैसला न्या.रामकुमारप्रसाद शाहः पुनरावेदन अदालत पोखराको मिति ०४९।११।१४ को फैसलाउपर न्याय प्रशासन ऐन, ०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम प्रतिवादी रामवावु शर्मा अधिकारीको मुद्दा दोहोर्याई पाउं भन्ने निवेदनमा यस अदालतबाट दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रुपमा दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. लेखक तुल्सीभक्त, साहु भैरबहादुर बस्नेत र आसामी दलबहादुर थापा मगर भएको गोरखा माल कार्यालयबाट मिति ०३३/६/४ मा पारित राजिनामाको तेस्रो कित्ताको पश्चिम किल्लामा “भनेको निउरेनी” भन्ने सात अक्षरहरु गोरखा पोखरीथोक बस्ने रामबाबुले थपी किर्ते गरेकोले किर्ते कागजको ९ र १३ नं. बमोजिम कानूनी कारवाही गरिपाऊँ भन्ने ईश्वरबहादुर थापाले दिएको जाहेरी दरखास्त । ३. उल्लिखित राजीनामाको तेस्रो कित्तामा “भनेको निउरेनी” भन्ने सात अक्षर मेरो हस्ताक्षरले थपेको होइन भन्ने रामबाबु शर्माले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान । ४. गोरखा मालमा मेरो जिम्मा रहेको नं. ४९/५० को राजीनामा तमसुक रामबाबु शर्माले झुक्काई, छक्काई भोरमा पारी थपी किर्ते गरेका हुन् , उक्त अक्षर थपाउनमा मेरो कुनै हात छैन भन्ने ईश्वरबहादुरले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान । ५. उक्त तमसुक मैले लेख्दा “भनेको निउरेनी” भन्ने शब्द थपिएको थिएन । मैले थपेको होइन भनी तुल्सीभक्तले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको वयान । ६. उक्त शब्द सोही अवस्थामा थपेको हो वा पछि थपेको हो थाहा छैन भन्ने किनाराका