निर्णय नं. ८२४० - आदेश बदर गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२४० - आदेश बदर गरिपाऊँ । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०९/१९ ३०८७ निर्णय नं. ८२४० माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती सम्बत् २०६३ सालको फौ.पु.नं. १९४ फैसला मितिः २०६६।९।१९।१ मुद्दाः आदेश बदर गरिपाऊँ । पुनरावेदकः अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध प्रत्यर्थीः जिल्ला काठमाडौँ, साङ्ला गा.वि.स. वडा नं. ९ घर भै हाल का.म.न.पा. वडा नं. २९ सामाखुसी बस्ने चिरागमानसिँह कुँवर शुरु फैसला गर्नेः अध्यक्ष मा.न्या.श्री भूपध्वज अधिकारी सदस्य मा.न्या. श्री कोमलनाथ शर्मा सदस्य मा.न्या.श्री चोलेन्द्र सम्शेर ज.व.रा. § एउटै विषयमा एकपटक छानवीन र अनुसन्धान गरी विभागीय कारवाही गर्ने निर्णय गरिसकेपछि पुनः त्यसै विषयमा अर्को निर्णय गरी अर्को प्रकृतिको कारवाही गर्नसक्ने गरी कानूनद्वारा स्पष्ट अधिकार प्राप्त नभएको अवस्थामा एउटै विषयमा पहिले गरेको निर्णयको प्रतिकूल हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दोस्रो पटक अन्यथा निर्णय गर्न नमिल्ने । (प्रकरण नं.४) § पुनर्बहाली गर्ने गरी निर्णय भएको विषयमा एकपटक छानवीन र अनुसन्धान गरी विभागीय कारवाहीको निर्णय भै १ ग्रेड घटुवा गरिसकेपछि फेरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्तो पुनर्बहालीको निर्णयको विषयमा अन्यथा निर्णय लिँदा त्यसको औचित्य, कारण र कानूनी आधार समेत दिनुपर्ने । (प्रकरण नं.५) पुनरावेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § अख्तियार दुरुपयोग अनुन्धान आयोग ऐन, २०४८ को दफा १२ख फैसला न्या.रामप्रसाद श्रेष्ठः विशेष अदालत काठमाडौँको मिति २०६३।३।१६ को फैसला उपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छः– चिरागमानसिँह कुँवरले पञ्चायत व्यवस्थाप्रतिकूल हुने गरी राजनैतिक क्रियाकलापमा संलग्न रहेकोले खानेपानी तथा ढल निकास संस्थान, कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावली, २०४२ को विनियम ६९ को उप–विनियम (१)(२) अनुसार सफाइ पेश गर्ने मौका दिइरहनु व्यवहारिक दृष्टिकोणबाट मनासिव नपर्ने हुँदा लोक सेवा आयोगद्वारा प्रतिपादित गरेको संस्थामा नियुक्ति, वढुवा र विभागीय कारवाहीसम्बन्धी सामान्य सिद्धान्तको परिच्छेद ६ को दफा ६.४ को खण्ड ६ को अभियोगमा उक्त परिच्छेदको दफा ६.१ को खण्ड ४ बमोजिम भविष्यमा संस्थानको नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाई दिने ठहराई खानेपानी तथा ढल निकास संस्थान कर्मचारी सेवा शर्त विनियमावली, २०४२ को विनियम ६९ को उपविनियम (२) को प्रतिवन्धात्मक वाक्यांशको खण्ड (ख) बमोजिम पर्चा खडा गरिएको भन्ने मिति २०४६।५।१० को आदेश । श्री ५ को सरकारको मिति २०४७।२।१० को निर्णयानुसार त्यस संस्थाको सेवाबाट हटाइएका सहायक चिरागमानसिँह कुँवरलाई पुनर्बहाली गरिदिने निर्णय भएकोले निर्णयानुसार कारवाहीको लागि अनुरोध गरिन्छ भन्ने आवास तथा भौतिक योजना मन्त्रालयको च.नं. ६५६३ को मिति २०४७।२।११ को पत्र । नेपाल खानेपानी संस्थान, त्रिपुरेश्वरमा कार्यरत चिरागमानसिँह कुँवर २०४० सालमा नियुक्त भई २०४६।५।१४ देखि सेवाबाट हटाएको, एकपटक सेवाबाट हटाएकोमा कानूनी प्रक्रिया अवलम्बन नगरी २०४७।२।१७ देखि पुनः बहाली गरी जबरजस्ती हाजिर गराइएको, २०४९।११।१७ को गोरखापत्रमा समेत सेवाबाट हटाइएको भनी सूचन