निर्णय नं. ८२४१ - अंश चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२४१ - अंश चलन । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०७/०४ ४९०१ निर्णय नं. ८२४१ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला २०५९ सालको दे.पु.नं. ८९६५, ८९९८, ८९९० फैसला मितिः २०६६।७।४।४ मुद्दा : अंश चलन । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २८ बस्ने भक्तध्वज प्रधान विरुद्ध प्रत्यर्थी/वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं ३१ बागवजार बस्ने प्रेमध्वज प्रधान एवं पुनरावेदक/प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालीका वडा नं २८ नघल वांगेमुढा बस्ने भक्तध्वज प्रधानको श्रीमती लक्ष्मी प्रधान समेत विरुद्ध प्रत्यर्थी/वादीः ऐ. ऐ.वडा नं ३१ वागवजार बस्ने प्रेमध्वज प्रधान र पुनरावेदक/प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २३ नघल बस्ने अमिरध्वज प्रधान विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ. वडा नं ३१ बागबजारबस्ने गंगादेवी प्रधानको मु.स. गरी आफ्नो हकमा समेत ऐ.ऐ बस्ने प्रेमध्वज प्रधान शुरु फैसला गर्ने : मा.न्या. श्री दीपककुमार कार्की पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री दामोदरप्रसाद प्रजापति मा.न्या. श्री राजेन्द्रराज पन्त § सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई हेरचाह र सेवा सुश्रुषा गर्ने सवैभन्दा नजिकको हकवाला नै संरक्षक हुने हुन्छ । यस्तो संरक्षकको क्षेत्रभित्र मुख्य रुपमा पत्नी, छोरा, छोरी जस्ता नजिकका नातेदारहरू प्राथमिकताको क्रमअनुसार पर्ने । (प्रकरण नं.२) § सौतेनी छोरा र भतिजाबीच हकवाला एवं संरक्षकत्वको प्राथमिकता निर्धारण गर्ने सम्बन्धी विद्यमान कानूनी व्यवस्थाबमोजिम सौतेनी छोराले प्राथमिकता नपाउने भन्न नमिल्ने । § आफ्नो उदरको छोरा, छोरी नभएको अवस्थामा सौतेनी छोरा पनि सौतेनी आमाको प्राकृतिक संरक्षक हुनसक्ने र उसको सरक्षकत्वले भतिजोको संरक्षकत्वभन्दा प्राथमिकता पाउने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ताहरू श्री रवीन्द्र आचार्य, विश्वप्र्रकाश सिग्देल एवं शम्भु थापा प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल एवं विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने र पिताम्वरप्रसाद सिलवाल अवलम्वित नजीरः संवत् २०५० सालको रिट नं. ४२ सम्बद्ध कानूनः § अंशबण्डाको १८ नं. आदेश न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५८।११।२३ को फैसलाउपर प्रतिवादीहरूका तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :- मुल पुरुष उत्तरध्वज प्रधानका २ छोरा जेठा रत्नध्वज प्रधान र कान्छा भक्तध्वज प्रधान, जेठा रत्नध्वज प्रधानका दुई श्रीमती जेठी स्व. प्राणदेवी र कान्छी गंगादेवी प्रधान हुन् । जेठी प्राणदेवीका १ छोरा वादी प्रेमध्वज प्रधान र कान्छी गंगादेवी निःसन्तान रहेकी छन् । विपक्षी प्रतिवादीहरू कान्छा भक्तध्वज प्रधानका छोराहरूमा अमिरध्वज प्रधान, दिनेशध्वज प्रधान, राजेशध्वज प्रधान र भक्तध्वजका श्रीमतीहरूमा लक्ष्मीप्रधान र सानीमैया प्रधान हुन् । उत्तरध्वजका दुई छोराहरू रत्नध्वज र भक्तध्वजबीच अंशबण्डा भएको छैन । रत्नध्वजको हकबालाहरूमा हाल हामी वादीहरू गंगादेवी र म प्रेमध्वज मात्र छौं । रत्नध्वजकी जेठी श्रीमती प्राणदेवी २००१।४।२८ मा पारित अंश छोडपत्रको कागजबाट अलग भइसकेकी र