निर्णय नं. ७६८८ - उत्प्रेषण परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६८८ - उत्प्रेषण परमादेशसमेत भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/०३/१२ ४७५८ निर्णय नं.७६८८ ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्बत् २०६१ सालको रिट नं.३३७२ आदेश मितिः २०६३।३।१२।२ विषय : उत्प्रेषण, परमादेश । निवेदकः जिल्ला बाँके वसुदेवपुर गा.वि.स. वडा नं.६ बस्ने सुमित्रादेवी कलवार बिरुद्ध विपक्षीः जिल्ला बाँके वसुदेवपुर गा.वि.स. वडा नं.६ बस्ने सुकई कुर्मि समेत § पुनरावेदन सुन्ने अड्डा भनी नामाकरण गरिदैमा सबै प्रकारको उजुरी सुन्ने अधिकार स्वतः निसृत हुन्छ भन्ने होइन । अधिकारक्षेत्र कानूनले निश्चित गरिदिएको हुन्छ र त्यसको सीमाभित्र रहेर सबै निकाय वा अधिकारीले तोकिए बमोजिमको कार्य गर्नुपर्ने । § आफु समक्ष पुनरावेदन लाग्ने मुद्दामा पुनरावेदन अदालतको अधिकारक्षेत्र आकर्षित हुन्छ । सोही परिप्रेक्ष्यमा अ.वं.१७ नं.मा उल्लेख भएको “आफ्ना मातहतका अड्डामा परेको मुद्दाको कामकारवाही” भन्ने कुराको अर्थवोध गर्नुपर्ने । § न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) मा भएको “मुद्दा मामिलामा गरेको शुरु फैसला वा अन्तिम आदेश उपर पुनरावेदन सुन्ने” भन्ने व्यवस्था र अ.वं.१७ नं.मा भएको “आफ्नो मातहतका अड्डामा परेको मुद्दाको कामकारवाहीमा म्याद नाघेको वा वेरीत भएको” विषयमा पुनरावेदन सुन्ने अड्डा (पुनरावेदन अदालत) को अधिकारक्षेत्र हुने व्यवस्थाले आफू कहाँ पुनरावेदन लाग्ने मुद्दाको काम कारावहीमा वेरीत भएमा मात्र पुनरावेदन अदालतले हस्तक्षेप गर्न सक्ने । § मातहत अड्डा हुनु मात्र पर्‍याप्त हुँदैन, सो अड्डाले छिनेको मुद्दामा आफु कहाँ पुनरावेदन लाग्ने र सुन्ने अधिकारक्षेत्र कानूनले प्रदान गरेको अवस्थामा मात्र अ.वं.१७ नं.को निवेदन लिई हेरी कानून बमोजिम निकासा दिन सक्ने अधिकार पुनरावेदन अदालतलाई हुने देखिन्छ । अन्यथा अधिकारक्षेत्रात्मक त्रूटि हुन जाने । (प्रकरण नं.१३) § भुमि सुधार कार्यालयले मोहि जग्गा बाँडफाँड सम्बन्धी मुद्दा मुल्तवीमा राख्ने गरी गरेको आदेश उपर अ.वं.१७ नं.को निवेदन सुनी बदर गर्ने गरेको पुनरावेदन अदालतको आदेश आफुकहाँ पुनरावेदन नलाग्ने मुद्दाको कामकारवाहीको विषयमा अधिकारक्षेत्रात्मक त्रूटि गरी गरेको देखिन आएबाट सो आदेश गरेको हदसम्मको कामकारवाही त्रूटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्धारा बदर हुने। (प्रकरण नं.१५) निवेदक तर्फवाटः विद्वान उप न्यायाधिवक्ता श्री भरतमणि खनाल विपक्षी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तरगत दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– २. जिल्ला बाँके वसुदेवपुर गा.वि.स.वाड नं.६ को कि.नं.३६१ ज.वि.०–०–९, ऐ.कि.नं.३६३ ज.वि.०–०–१३, ऐ.कि.नं.३६५ ज.वि.०–६–१, ऐ. कि.नं. ३६७ ज.वि. ०–२–१७ १/२, ऐ.कि.नं.३६९ को ज.वि.०–२–१८ १/२ समेतका जग्गाको मोही म निवेदक भएकोले सो जग्गाको जग्गाधनीले मोही लगत कट्टा गर्न मन्जुर नगरेकोले उक्त जग्गा बँडफाँड गरी मोही लगत कट्टा गरिपाऊँ भनी भुमि सम्बन्धी ऐन, २०२१ को दफा २६(घ) बमोजिम विपक्षी सुकई कुर्मिले विपक्षी भुमिसुधार कार्‍यालय बाँकेमा मिति २०६१।१।१६ गतेमा निवेदन दिएका थिए । विपक्षी निवेदक सुकई कुर्मिले मोहिको हैसियत नै समाप्त हुने गरी जग्गा समेत जोत कमोद गर्न छाडी दिएकोले मिति २०५८।३।२ गते मोहि निष्काशन मुद्दामा बाँके जिल्ला अदालतबाट सर्ज