निर्णय नं. ७६८९ - जग्गा नापी सम्बन्धी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६८९ - जग्गा नापी सम्बन्धी । भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/०४/२२ ५९६१ निर्णय नं.७६८९ ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्वत् २०६१ सालको दे.पु.नं.९८४१ फैसला मितिः २०६३।४।२२।२ मुद्दा : जग्गा नापी सम्बन्धी । पुनरावेदक वादीः कास्की जिल्ला पोखरा उ.म.न.पा.वडा नं.३ को हाल लेखनाथ न.पा.वडा नं.१ बस्ने विष्णु कुमारी राणा समेत बिरुद्ध विपक्षी प्रतिवादीः मालपोत कार्‍यालय कास्की समेत § जग्गाको सम्बन्धमा विवाद परेपछि जग्गाको यथार्थ नक्सा नै विवादको निरोपण गर्ने वस्तुगत र उपयुक्त प्रमाण हुने कुरामा अन्यथा नदेखिने । § एक पटक पुनरावेदन दिएको मुद्दामा यहि विवादित जग्गालाई सार्वजनिक पर्ति जग्गा भनी स्वीकारी बसेको अवस्थामा हाल आएर सोही जग्गालाई आफ्नो हकभोग स्वामित्वको जग्गा हो भनी दावी लिन विवन्धनको सिद्धान्तले पनि नमिल्ने । § विवादित जग्गा सार्वजनिक प्रकृतिका गुम्वा, मन्दिर, पाटी, गा.वि.स. ले गरेको वृक्षारोपण समेत रहेको देखिएको र साविक दर्ता तिरो बमोजिमको जग्गा वादीहरुले दर्ता गराई सकेको प्रमाणबाट देखिई रहेकै अवस्थामा पुनः पुनरावेदन जिकिर अनुसार विवादित जग्गा दर्ता गरिपाऊँ भन्ने दावा पुग्न नसक्ने । (प्रकरण नं.१८) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता वालकृष्ण नेउपाने विपक्षी प्रतिवादी विद्वान उपन्यायाधिवक्ता श्री शरदा खड्का अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पोखराको मिति २०५४।७।१० को फैसला उपर चित्त नवुझी वादीहरुको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत मुद्दा दोहोर्‍याई मुद्दा हेर्न पाउँ भनी पर्न आएको प्रस्तुत निवेदनमा निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– २. रुपाकोट गा.पं.वडा नं.३ बाट कित्ताकाट भएको कि.नं.१ र २ को जग्गा २०१९ सालको नम्वरीमा लक्ष्मी कुमारीका पति ववरजंग मल्लका नाउँमा विजन पाथी ।९।६ तिरो रु.५।८० दर्ता भै ववरजंग परलोक भएपछि निजकी श्रीमती लक्ष्मी कुमारीबाट विष्णुकुमारी राणाले विजपाथी ।।२ ट्रिपा कुमारी भाटले विजन पाथी ।।२ राजिनामा लिई हक भएको हामी तिन जनाका नाउँमा दर्ता गरिपाऊँ भन्ने समेत मिति २०३२।११।६ मा नापी टोलीमा भुल सुधार गरिपाऊँ भनी लक्ष्मी कुमारी मल्ल, विष्णु कुमारी राणा र ट्रिपा कुमारी भाटले दिएको संयुक्त निवेदन । ३. प्रस्तुत निवेदन साथ पेश भएका प्रमाण नक्सा फिल्डबुक कि.नं.१,२ भिडाउँदा नभिडे नमिलेकोले दर्ता गर्न नमिल्ने नहुने ठहर्छ भन्ने समेत मिति २०३३।५।३० को नापी सम्बन्धी विशेष अदालत समितिको निर्णय । ४. उक्त निर्णय बदर गरी निवेदकहरुका नाउँमा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०४४।४।१८ को विष्णु कुमारी राणा समेतको साविक पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र । ५. नक्सा नं.३ सँगै यो विवादित कि.न.१ र २ को जग्गा भएको नदेखिएको कारणबाट निजहरुको दर्ता बमोजिम जग्गाको क्षेत्रफल सो कि.नं.३ को जग्गा सम्बन्धी प्रमाण मिसिलबाट पाइ सकेको समेत देखिंदा शुरु नापी सम्बन्धी विशेष अदालत र समितिले दर्ता नहुने ठहर्‍याएको निर्णय मनासिव छ । वादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने साविक पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४५।५।२७ मा भएको फैसला । ६. कि.नं.१ र २ को जग्गा उल्लेखित दर्ताको किल्ला भित्र पर्छ वा अरु नै ठाउँमा छ भन्ने कुरा नक