निर्णय नं. ७६९० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६९० - अंश भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०४/१६ ४०५५ निर्णय नं.७६९० ने.का.प.२०६३ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी सम्वत २०५९ सालको दै.पु.नं.– ९४४८ फैसला मितिः २०६१।४।१६।३ मुद्दा– अंश । पुनरावेदक वादीः जिल्ला ताप्लेजुङ हाङदेवा गा.वि.स. वार्ड नं.६ बस्ने अम्बिका भटृराई विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला ताप्लेजुङ्ग हाङदेवा गा.वि.स. वार्ड नं.४ बस्ने उद्धवप्रसाद भटृराई समेत § वादीले मुख्य प्रमाणको रुपमा पेश गरेका प्रेम पत्रमा लागेको सहिछाप र नागरिकता लिदा पेश गरेको निवेदनमा लागेको प्रतिवादीको सहिछाप भिड्ने नभिड्ने सम्बन्धमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त विशेषज्ञको रायमा विवादीत लिखतका हस्ताक्षर र नमूनाका हस्ताक्षर फरक फरक Pattern बाट गरिएको, दस्तखतहरुको तुलनात्मक परिक्षण गरिएको एकै व्यक्तिबाट गरिएका हुन होइनन किटान गर्न नसकिने भनी उल्लेख भएको देखिएबाट वादीले पेश गरेका पत्रहरु प्रतिवादीले नै लेखेका रहेछन भनि किटान गर्न नसकिने । § वादी र प्रतिवादी बीच आदान प्रदान भएको भनिएको समग्र पत्रको अध्ययन गरी हेर्दा ती पत्रहरुमा प्रतिवादीले वादीलाई पत्नि भनि स्वीकार गरेको पाइदैन । पत्रमा प्यारी बहिनी, My Dear, यादे यादकी खानी, शुभाशिष आदी शव्द प्रयोग भएको पाइन्छ । उल्लिखित पत्रको आधारमा एक प्रेमीले आफ्नो प्रेमीलाई संवोधन गरी पत्र लेखेको आशय झल्किएतापनि विवादास्पद पत्रहरुकै आधारमा वादी र प्रतिवादी बीच पति पत्निको सम्बन्ध कायम भएको भनि किटान गर्न नसकिने । § कुनै दुई प्रेमी प्रेमिकाका रुपमा बस्नु र लोग्ने स्वास्नी भै बस्नु दुई अलग अलग स्थिती र अवस्था हुन्छ । प्रेम हुदैमा विवाह हुनै पर्ने बाध्यता नहुने । § उल्लिखित आधार कारणबाट वादी र प्रतिवादीको बीच लोग्नेस्वास्नीको नाता कायम हुन सक्ने अवस्था नहुँदा वादी र प्रतिवादी बीच नाता कायम हुन नसक्ने, अंश तर्फ वादी दावी पुग्न नसक्ने र निष्प्रयोजनिक पत्रहरुलाई आधार लिई वादीलाई जालसाजीमा सजाय गरेको शुरुको फैसला सो हदसम्म उल्टी गरी वादीलाई जालसाजीमा सजाय नहुने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिने । (प्रकरण नं.१७) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पुनरावेदन अदालत इलामको मिति ०५८।२।४ को फैसला उपर वादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. प्र. मध्ये उद्धवकुमार भटृराईसंग २०४६ साल भाद्र महिनादेखि हाम्रा बीच माया प्रिती गरी जेठी पत्नीसंग मेरो जिवन निर्वाह नहुने भएको छ भने विष्णुमाया दर्जीको घरमा कपडा सिलाउन आउनु भएको अवस्था म एक्लै थिए, तपाईले मेरो मन चोर्नु भएको हो कि साच्चै हो भनि कुरा कानी गरि विपक्षी जानु भयो । त्यस पश्चात चिठी आदान प्रदान चली रहेको र २०४६ सालको विजय दशमीको तेश्रो रात त्रयादशमीको दिन समेत पटक पटक हामी बिच करणी लिनु दिनु भै विपक्षीले डेरामा राखी खान लाउन समेत दिई आउनु भएकोमा म कतिन्जेल सानी आमाकोमा बस्नु र मलाई तपाईको घरमा लानुहोस भन्दा मैले खान लाउन दिएकै छु, भनेकाले २०५०।८।२३ गते प्रमाणका मानिस समेत लि गई प्रमाणका मानिसले तपाईले घरमा लानु पर्छ भनि भन्दा घरमा लान इन्कार गरेकोले विपक्षीहरुबाट अंशवण्डाको २०,२१,२२,२३ र २४ नं. अनुस