निर्णय नं. ८७८४ - गैंडा मारी खाग बिक्री

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७८४ - गैंडा मारी खाग बिक्री भाग: ५४ साल: २०६९ महिना: असार अंक: ३ फैसला मिति :२०६८/११/०३ ५३२६ ने.का.प. २०६९, अङ्क ३ निर्णय नं. ८७८४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री तर्कराज भट्ट फौ.पु.नं. २०६५–CR–०७१८ फौ.पु.नं. ०६६–CR–००११ र ००१२ फैसला मितिः २०६८।११।३।४ मुद्दा :– गैँडा मारी खाग बिक्री । पुनरावेदक प्रतिवादीः जि.चितवन, वीरेन्द्रनगर गा.वि.स.वडा नं. ८ घर भै कारागार कार्यालय, चितवनमा थुनामा रहेको सूर्यबहादुर पुन विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार पुनरावेदक प्रतिवादीः जि.चितवन, वीरेन्द्रनगर गा.वि.स.वडा नं. ८ घर भै कारागार कार्यालय, पाल्पामा थुनामा रहेको कुमार भन्ने यमकुमार पुन विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार पुनरावेदक प्रतिवादीः जि.चितवन, सिद्धि गा.वि.स.वडा नं. ३ घर भई हाल कारागार कार्यालय, भरतपुरमा थुनामा रहेको बमबहादुर प्रजा विरुद्ध प्रत्यर्थी वादीः नेपाल सरकार शुरु फैसला गर्नेः प्रमुख संरक्षण अधिकृत श्री मेघबहादुर पाण्डे पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्या.श्री एकराज आचार्य § कुनै परीक्षण नगराएको अवस्थामा मुद्दा हेर्ने अधिकारीसमक्षको साविती बयान समेतका सबूद प्रमाणका आधारमा कसूर कायम भई दोषी करार भइसकेपछि पुनरावेदन तहमा शुरु मुद्दा हेर्ने अधिकारीसमक्षको साविती बयानको सत्यतामा प्रश्न उठाई सो साविती आफूले दिएको होइन भन्ने जिकीर लिएकै आधारमा मात्र अदालतले साविती बयानको सत्यताउपर अनावश्यक शंका गरी अन्यथा निष्कर्ष निकाल्नेतर्फ विचार गरिरहनु नपर्ने । (प्रकरण नं.६) § अनुसन्धान अधिकृत र मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको आफ्नो साविती बयानको तथ्यलाई स्वीकारै गरेको र सो साविती बयान लिँदाको अवस्थामा यातना दिएको भन्ने कुरालाई मात्र विशेष रुपमा उठाई सो साविती प्रमाण ग्राह्य छैन भनी जिकीर लिए तापनि त्यस्तो यातना वा कुटपीट प्रमाणबाट पुष्टि नभएसम्म मुद्दा हेर्ने स्वतन्त्र निकायसमक्ष भएको साविती बयान निज विरुद्धको बलियो प्रमाणको रुपमा रहिरहने । (प्रकरण नं.७) § संगठित अपराधमा संलग्न प्रतिवादीहरूको कसूरलाई कुनै एउटा एक्लो वारदात वा घटनासँग मात्र जोडी निरपेक्ष ढंगबाट हेर्नु भन्दा सो वारदातबाट प्रतिवादीहरूले हासिल गर्न चाहेको निहीत उद्देश्य वा सो वारदातको दूरगामी असरलाई हेर्नु न्यायिक दृष्टिकोणबाट उपयुक्त वा वाञ्छनीय हुने । § वारदात घटाई खाग काटी त्यसलाई बिक्री गरी प्राप्त गरेको रकम बराबरी रुपमा बाँडी खाएको स्थितिमा प्रतिवादीहरूको समान प्रकृतिको संलग्नता रहेको मान्नुपर्ने । § राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ को प्रतिबन्धात्मक वाक्यांशले गैंडा, बाघ, कस्तुरी मृग र हात्तीसित सम्बन्धित कसूर गर्ने व्यक्ति र सोको मतियारलाई समान सजाय हुने व्यवस्था गरेको अवस्थामा मुख्य अभियुक्त र अन्य अभियुक्तको हकमा बेग्लाबेग्लै सजाय हुने अवस्था नदेखिने । (प्रकरण नं.१०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू रजितभक्त प्रधानाङ्ग, केदारप्रसाद दाहाल, जीतेन्द्र बज्राचार्य, निर्मला शाक्य र नरेन्द्रप्रसाद पाठक प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन, २०२९ को दफा ५ र १९(१) र २६(१) फैसला प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।१।२७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को