निर्णय नं. ७६९१ - परमादेश मिश्रीत निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६९१ - परमादेश मिश्रीत निषेधाज्ञा भाग: ४८ साल: २०६३ महिना: श्रावण अंक: ६ फैसला मिति :२०६३/०२/१५ २९८५ निर्णय नं.७६९१ ने.का.प.२०६३ अङ्क ४ सर्बोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गौरी ढकाल संवत २०५७ सालको दे.पु.नं....७२९० फैसला मितिः २०६३।२।१५।२ मुद्दाः परमादेश मिश्रीत निषेधाज्ञा । पुनरावेदक विपक्षीः कृषि विकास वैंक, सुपरिवेक्षण तथा नियन्त्रण कार्यालय, नेपालगन्ज समेत विरुद्ध प्रत्यर्थी निवेदकः वांके जिल्ला नेपालगन्ज न.पा.वडा नं. १ वस्ने जगदम्वाप्रसाद गुप्ता § वैंकसंग राखेको धितो लिलाम बिक्री गरी असुल उपर गर्दा त्यस्तो धितोवाट वैंकको सांवा र व्याजको पुरा रकम असुल उपर हुन नसकेमा असुल उपर हुन नसकेको जति रकम सो व्यक्तिको अन्य जायजेथावाट समेत वैंकले लिलाम बिक्री गरी असुल उपर गरी लिन सक्ने । (प्रकरण नं.१२) § निवेदकले विपक्षी वैंकसग लिएको सम्पूर्ण ऋृण रकम नवुझाएकोले लिलाम प्रकृया चली कसैले सकार नगरेको अवस्थामा वैंक आफैले सकारेको र निवेदक स्वयंले वैंकमा धितो राखेको सम्पत्ति लिलाम बिक्री गरी सोवाट पनि नपुगे मेरो अन्य चल, अचल जायजेथावाट समेत बिक्री गरी सांवा व्याज कानून वमोजिम असुल उपर गरी लिनु भनी मन्जुरी दिई निवेदन दिएको अवस्थामा विपक्षी वैंकले लिलाम बिक्री गर्न लागेको कार्य कानून वमोजिम नै देखिने। (प्रकरण नं.१३) पुनरावेदक विपक्षी तर्फवाटः विद्धान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे प्रत्यर्थी निवेदक तर्फवाटः विद्धान अधिवक्ताद्वय श्री उषा मल्ल पाठक र श्री वद्री पाठक अवलम्वित नजीरः न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालत पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. मेरो नाउंमा दर्ता रहेको जि.वांके नेपालगन्ज नगरपालिका वडा नं. १ कि.नं. ३१७ को वेलगती ज.वि. ०–३–० जग्गामा बनेको घर समेतवाट मिल स्थाना गरी सन्चालन गर्न २,७३,०००। कृषि विकास वैंक शाखा कार्यालयवाट कर्जा लिएको थिएं । उक्त ऋृणको सांवा व्याज असुल गर्ने क्रममा म निवेदकले धितो राखेको जग्गा र नेपालगन्ज नगरपालिका वडा नं. १ पूर्व वच्चु तेली पश्चिम राम गोपाल, उत्तर मुल सडक, दक्षिण मिल यति चार किल्ला भित्र उत्तर मुखा नं. २२ को ज.वि. ।१।।।। पौने सातधुर र सो मा बनेको दुई तले १६ कोठा घर समेतलाई मिति २०५१।१२।९ मा लिलाम गर्ने भनी सूचना प्रकाशित गरेकोमा सो उपर चित्त नवुझी यसै अदालतमा परमादेश मिश्रीत निषेधाज्ञाको आदेश जारी गरी पाऊं भनी रिट निवेदन दिई विपक्षीको नाउंमा मिति २०५२।३।२९ गते धितो नराखेको घर जग्गालाई लिलाम नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउंमा निषेधाज्ञाको आदेश समेत जारी भएको थियो । तत्पश्चात विपक्षी कृषि विकास वैंकले ऋृण असुल उपर गर्ने प्रकृया अपनाई १०,४३,१००। (दशलाख त्रिचालिस हजार एकसय) रुपैयामा उक्त वेलगती जग्गामा बनेको घर उक्त वैंक शाखा कार्यालय नेपालगन्जले आफ्नै नाउंमा सकार गरेको हुंदा सो को जानकारी च.नं. २५३० मिति २०५५।३।२१ को पत्रद्धारा म निवदकलाई भएकोमा मलाइ चित्त वुझी चुप लागी वसेको थिएं । विपक्षीले ऋृण असुल उपर गरी सकेको व्यहोरा समेत दिई ऋृण मुक्त भई वसेको अवस्थामा २०५६ साल माघ २१ गतेको गोरखापत्रद्धारा मिति २०५६।१२।३ गते म निवेदकले धितो सुरक्षण नदिएको घर जग्गा साथै विपक्षीहरुको नाउंमा यसै अदालतवाट लिलाम नगर्नु नगराउनु भनी निषेधाज्ञाको आदेश समेत जारी भइसकेको घर जग्गालाई पूनः रु.