निर्णय नं. ८२४३ - लागू औषध (ब्राउन सुगर)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२४३ - लागू औषध (ब्राउन सुगर) भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०५/१४ ११६६७ निर्णय नं. ८२४३ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६५ सालको स.फौ.नं.–RC–०१२८ फैसला मितिः २०६६।५।१४ मुद्दा : लागू औषध (ब्राउन सुगर) पुनरावेदक वादीः प्र.ना.नि.नेत्रबहादुर थापाको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला कपिलबस्तु, कपिलवस्तु न.पा. वडा नं. १ मस्जिद टोला बस्ने मगरे खाँ समेत शुरु फैसला गर्ने : मा.न्या.श्री लेखनाथ रेग्मी पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री केशवप्रसाद मैनाली मा.न्या. श्री हरिबाबु भट्टराई § लागू औषधको Manace लाई नियन्त्रण गर्ने उद्देश्यले विधायिकाले आफूमा भएको विधायिकी अधिकार प्रयोग गरी समाजको बृहत्तर हितलाई ध्यानमा राखी बनाएको कानूनलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.५) § फौजदारी अपराधमा अपराध भएको भन्ने तथ्य अर्थात् Corpus Delict पहिला वादीले प्रमाणित गरी त्यसपछि मात्र अभियोग लगाएको व्यक्तिले नै त्यस्तो अपराध गरेको भनी प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.११) § कुनै व्यक्तिले लागू औषधको कारोवार गर्ने व्यक्तिलाई चिन्दैमा, कारोवार गर्ने व्यक्तिसँग आवजावत, उठबस गरी मित्रता कायम गर्दैमा त्यस्तो व्यक्ति पनि दोषी हुँदैन । त्यस्तो व्यक्तिका विरुद्ध ठोस सबूद प्रमाण भए मात्र मुद्दा चल्न सक्ने । § अपराध जतिसुकै गम्भीर, शंका जतिसुकै बलियो, चरित्र र चालचलन जतिसुकै खराब, गतिबिधि जस्तोसुकै शंकास्पद भएपनि यस्ता कुराहरूले प्रमाणको ठाउँ लिन नसक्ने । § फौजदारी अपराधमा व्यक्तिका विरुद्ध ठोस र शंकारहीत प्रमाण संकलन हुनुपर्छ तव मात्र राज्यले अभियोग लगाउन, मुद्दा चलाउन सक्छ यदि बिनाप्रमाण राज्यले कसैलाई फौजदारी अपराधको अभियोग लगाउँछ र त्यसको फलस्वरुप अभियुक्तले सफाइ पाउँछ भने त्यस्तोमा महान्यायाधिवक्ताले पुनरावेदन गरी अभियुक्तलाई हैरानी गर्न नहुने । (प्रकरण नं.१४) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § अ.वं. १८४क, १८५क § प्रमाण ऐन, २०३१ को दफा ३, ४, ९, २४ § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२(२), १३५(२) § सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ४, ७, १२ § लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७(क), २, ४ फैसला न्या.बलराम के.सी. : न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(क) अन्तर्गत यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :— जिल्ला कपिलबस्तु, कपिलबस्तु नगरपालिका वडा नं. २ स्थित टेक्सी स्टेण्डमा जि.क.व.न.पा. वडा नं. २ बस्ने सन्तोषकुमार कशौधन (गुप्ता) को साथबाट सुर्ती राख्ने डिब्बा भित्र लुकाई राखेको १५ पुडिया लागू औषध (ब्राउन सुगर) प्रहरीले फेला पारी वरामद गरेको भन्ने बरामदी मुचुल्का । मैले १०/१२ वर्ष अघिदेखि लागू औषध (ब्राउन सुगर) सेवन गर्न थालेको हुँ । सेवन गर्ने लत बसिसकेकाले खरीद गर्ने, सेवन गर्ने गरिरहेको थिएँ । यस्तैमा मिति २०६२।५।१३ गते क.व.न.पा. वडा नं. १ बस्ने सुल्लु कहारबाट रु. ८००।– मा २० पुडिया र अन्य कागजमा धुलो समेत गरी लागू औषध खरीद गरी साथमा लिई हिडिरहेको अवस्थामा मिति २०६२।५।१४ गते प्रहरीले फेला पारेका हुन् । मैले सो भन्दा पहिला गुठे पाण्डे (पण्डित) सँग मगाई सेवन गर्ने गर्दथें । मैले विक्री वितरण गर्दिन भन्ने समेत व्यहोराक