निर्णय नं. ८२४४ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२४४ - उत्प्रेषणयुक्त परमादेश । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०५/१६ ५०४७ निर्णय नं. ८२४४ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६२ सालको रिट नं. २७६३ आदेश मितिः २०६६।५।१६।३ विषय :–उत्प्रेषणयुक्त परमादेश । निवेदकः स्याङ्जा जिल्ला, करेन्डाँडा वडा नं.६ हाल पुतलीबजार नगरपालिको वडा नं.१३ घर भई काठमाडौ जिल्ला महाँकाल गा.वि.स.वडा नं.९ सुकेधारा बस्ने वर्ष ५८ की बिष्णुमाया पौडेल विरुद्ध विपक्षीः शिक्षा मन्त्रालय, विद्यालय शिक्षक किताबखाना काठमाडौँ समेत § प्रचलित नेपाल कानून शिक्षा ऐन नियमावली, मुलुकी ऐन अंशबण्डाको महल, अपुतालीको महलसमेतले पतिको मृत्युपछि नजिकको हकवालाको रुपमा निजको श्रीमतीलाई स्वीकार गरेको अवस्थामा श्रीमतीहरू एकभन्दा वढी भएकोमा कुनै एकलाई मात्र हकवालाको रुपमा ग्रहण नगरी सवैलाई समान हकवालाको रुपमा स्वीकार गरेकोबाट पतिको मृत्युपछि नजिकको हकवालाको रुपमा निजका श्रीमतीहरू समान अस्तित्व रही प्रचलित नेपाल कानूनले समान हकवालाको रुपमा स्वीकार गरेको अवस्थामा निवृत्तभरण पाउने हकलाई समान हकवालामा शुरुमा कारवाही चलाएको आधारमा विस्थापित वा हकबाट बञ्चित गर्ने भन्न नमिल्ने । § शिक्षा नियमावली २०५९, को नियम १२७क. अनुसार गठन हुने परामर्श समितिले शिक्षकहरूलाई दिइने निवृत्तभरण, पारिवारिक निवृत्तभरण शैक्षिक भत्ता सन्तति बृत्तिसमेतका विषयमा व्यवस्थित गर्न शिक्षक कितावखानालाई आवश्यक सहयोग गर्न परामर्श दिन सक्ने अधिकार प्रदान गरेको अवस्थामा निवेदन परी कारवाही प्रक्रिया प्रारम्भ भएको विषयमा नियमावलीले निर्देशित गरेका विषयमा आवश्यक परामर्श दिन अधिकार परामर्श समितिलाई रहने । (प्रकरण नं.७) § निवृत्तभरणको अख्तियार पट्टामा शिक्षकको तह नि.मा.वि. श्रेणी द्वितीय कायम रहेको, पेन्सन सुविधा प्रदान गरिरहेकोमा उचित र पर्याप्त कारणबिना श्रेणी घटुवा गरी पेन्सन कम गर्ने निर्णय न्यायसंगत देखिन नआउने । § अख्तियार प्राप्त निकायको पेन्सनपट्टाबमोजिम प्राप्त गरेको पेन्सन रकम श्रेणी घटुवा गरी वढी गएको भनी गरिएको पत्राचारको आधारमा फिर्ता गर्नु नपर्ने । (प्रकरण नं.९) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री नरहरि आचार्य विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल, विद्वान अधिवक्ता श्री हिरा रेग्मी अवलम्वित नजीरः नेकाप २०६३ अङ्क ६ नि.नं. ७७१८ पृ. ७८२ सम्बद्ध काननूः § शिक्षा नियमावली, २०५९ को नियम ११५, ११६, ११७, १२६ र १२७ क, § शिक्षा नियमावली, २०२८ को नियम ४८घ, ४८ट आदेश न्या.दामोदरप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, अनुसार दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त टिपोट एवं ठहर निर्णय यस प्रकार रहेको छ :– मेरा पति तेजनारायण पौडेल स्याङजा जिल्ला अन्र्तगतको कालिका निम्न माध्यमिक विद्यालाय झापाकोट नि.मा.वि.तहको शिक्षक पदमा मिति २०३०।९।१ देखि स्थायी शिक्षकमा स्थायी नियुक्ति पाई पठन पाठनको काम गर्दै आइरहेकोमा विद्यालयको कामको सिलसिलामा उहाँको मिति २०३९।५।२२ मा मृत्यु भयो । तत्पश्चात क्षेत्रीय शिक्षा निर्देशनालय पोखराको मिति २०४०।२।९ को पत्रअनुसार साविक शिक्षा नियमावली २०२८ को नियम ४८च को उपनियम (१)(२) बमोजिम २०३९।५।२३ देखि असाधारण निवृत्तिभरण, शैक्षिक भत्ता तथा सन्ततीवृत्ति पाउने गरी स्वीकृत भई आएअनुसार आजीवन पाउने निवृत्तिभरण २०६०।१२।३०