निर्णय नं. ८२४५ - लस अफ लाईसेन्स बीमा दावी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२४५ - लस अफ लाईसेन्स बीमा दावी । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०३/३१ ५१३६ निर्णय नं. ८२४५ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६२ सालको दे.पु.नं.७९९१ फैसला मितिः २०६६।३।३१।४ मुद्दाः लस अफ लाईसेन्स बीमा दावी । विपक्षी/प्रतिवादीः राष्ट्रिय बीमा संस्थान, रामशाहपथ, काठमाडौँ विरुद्ध प्रत्यर्थी/वादीः काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.१० नयाँ बानेश्वर हाइट बस्ने शाही नेपाल वायु सेवा निगमको भू.पु.क्याप्टेन श्रीराम शर्मा शुरु फैसला गर्ने : अध्यक्ष श्री माधवप्रसाद उपाध्याय सदस्य श्री अवनिन्द्रकुमार श्रेष्ठ सदस्य श्री देवेन्द्रप्रताप शाह पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री नन्दराज अधिकारी मा.न्या.श्री अलीअकवर मिकरानी § बीमितको हक हितमा बीमा गरिएको अवस्था र सो बीमा प्रस्तावलाई बीमकले स्वीकार गरिरहेकै अवस्थामा आफ्नो हितमा मर्का पर्न गएको कुरामा मुद्दा गर्ने हकदैया बीमितलाई प्राप्त हुने । (प्रकरण नं. ४) § मूल करारअनुसार एकलाख पचासहजार बीमाङ्कका लागि लाग्ने प्रिमियम लिनुदिनु भइआएकोमा सो रकम पन्ध्रलाखमा बढोत्तरी भई सोही अनुपातमा प्रिमियम लिनेदिने बुझ्ने कार्यलाई करारको संशोधनका रुपमा ग्रहण गरिनुपर्ने । § करारका शब्द र शर्तको प्रतिकूल आफ्नो सुविधाअनुसार व्याख्या वा अपव्याख्या गरिन्छ भने अदालतको हस्तक्षेप अनिवार्य हुने । (प्रकरण नं. १०) § करारका लागि प्रस्ताव र स्वीकृति आवश्यक हुने, सम्पन्न करार दुबै पक्षको सहमतिबाट संशोधन हुनसक्ने र करार आचरणबाट पनि सम्पन्न भएको मानिने । § पहिले एकलाख पचासहजार बीमाङ्क रहेकोमा त्यसलाई बढाई पन्ध्रलाख बनाउने सहमति भई सोहीअनुरूप प्रिमियम लिनुदिनु गरेको कार्यले निश्चित कानूनी महत्व राख्दछ । यसलाई अहिले मुद्दामा आएर सदासयतावश बढी प्रिमियम स्वीकारेकोमा झुक्याएको भनिएको कुरालाई न्यायको रोहमा मान्यता दिन नसकिने । (प्रकरण नं. १३) पुनरावेदक तर्फबाट विद्वान अधिवक्ता श्री पदम गिरी प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठ अवलम्वित नजीरः सम्बद्ध कानूनः § करार ऐन, २०५६ को दफा ७८(१) § अ.वं. ८२ नं. § बीमा नियमावली, २०४९ को नियम ३१, ३२ र ३३ § प्रमाण ऐन, २०३१ को दफा ३४ फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादीको तर्फबाट पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :- म निवेदक विगत लामो समयदेखि शाही नेपाल वायु सेवा निगममा वरिष्ठ क्याप्टेनको रुपमा हवाइ उडानमा रहँदै आएको व्यक्ति हुँ । २६ फरवरी १९६७ मा शाही नेपाल वायु सेवा निगममा जुनियर पाइलटमा नियुक्त भई ६ अगष्ट १९६९ मा जुनियर को–पाइलटको रुपमा निगमको आन्तरिक तथा बाह्य हवाइ उडानमा सेवारत् रहँदै आएको थिएँ । २ अप्रिल १९७६ देखि क्याप्टेनको पदीय हैसियतबाट सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएको तथ्य सविनय जानकारी गराउन चाहन्छु । निवेदकले राष्ट्रिय बीमा संस्थानमा निर्जीवन बीमाअन्तर्गत इजजातपत्र रद्द (Loss of License) को लागि बीमा पोलिसी नं.२४०२२ अन्तर्गत क्याप्टेनको हकमा रु.१,५०,०००। बराबरको रकमको बीमा गराइएकोमा सोबमोजिम रु.१,५०,०००। बाट रु.१५,००,०००। सम्म वृद्धि गर्न सहमति भएपछि विपक्षी राष्ट्रिय बीमा संस्थानले सोबमोज