निर्णय नं. ८२४६ - उत्प्रेषणयुक्त परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२४६ - उत्प्रेषणयुक्त परमादेश । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०३/१४ ३७५३ निर्णय नं. ८२४६ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६३ सालको रिट नम्बर ––०१५९ आदेश मितिः २०६६।३।१४।१ मुद्दा :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ११ थापाथली प्रसुतीमार्ग ब्लक नं. ९७६ बस्ने दामोदरलाल श्रेष्ठ बिरुद्ध विपक्षीः ईश्वरी श्रेष्ठ समेत § जो जो बीच नाताको प्रश्न उठेको हो सोही विषयमा केन्द्रित नगरी असम्बद्ध प्रमाण बुझ्न अन्य अन्य व्यक्तिको डी.एन.ए. परीक्षण गरी पाउन माग गर्नु विवाद भन्दा वाहिर कानूनको प्रक्रिया विस्तार गर्नु खोजेको देखिने हुनाले त्यस्तो जिकीर न्यायको रोहमा स्वीकार्य देखिन नआउने । § आफु समक्ष विचाराधीन रहेको पुनरावेदनको रोहमा न्याय र कानूनसँग सम्बन्धित प्रश्नहरूमा जे जो बुझ्नु पर्ने वुझी स्वतन्त्रपूर्वक निर्णय गर्न नसक्ने अबस्था देखिन्न । जुन मुद्दाको कारवाहीको रोहमा प्रस्तुत निवेदन पर्न आएको हो सो प्रश्नमा सम्बन्धित मुद्दाबाटै समग्र रुपमा विचार हुन सक्ने र गर्नुपर्ने साथै त्यस्तो प्रश्नमा पुनरावेदन तहबाट विचार हुन सक्ने प्रक्रियामा रिट क्षेत्रबाट हस्तक्षेप गरी कारवाही निर्देशन गर्न नमिल्ने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने, कृष्णराज पाण्डे र तेजप्रसाद कटुवाल विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेल अवलम्वित नजीरः सम्बद्ध कानूनः आदेश न्या. कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं ८८(२) अन्तर्गत दायर हुन प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– विपक्षीले काठमाडौं जिल्ला अदालतमा चलेको अंश चलन मुद्दामा देखाइएको नाता सम्बन्ध भित्र हाम्रो नाता पर्ने होइन, सो मुद्दामा कुनै नाता पर्ने होइन भनी प्रतिउत्तर पत्र पेश गरेको छु । विपक्षी र मेरो वीच नातामा विवाद हुन गएको र छोरा रोशनकुमार श्रेष्ठको मिति २०५९।३।१८ मा मृत्यु भइसकेको भन्ने फिराद पत्रमा उल्लेख गरेको अवस्थामा वैज्ञानिक परीक्षणबाट वंश भित्रको हो, होइन यकीन गर्न सकिने भएकोले मैले डी.एन.ए. परीक्षणको लागि दिएको निवेदन अनुसार शुरु जिल्ला अदालतले प्रमाणको रोहमा डी.एन.ए. परीक्षणको लागि आदेश गरेको हो । विपक्षीले पेश गरेका सबूद प्रमाण कागजहरू पनि विवादास्पद प्रमाणमा ग्रहणयोग्य छैनन् । विपक्षीको पतिको नागरिकता मद्वारा सनाखत गरी लिएको होइन । उनाउ व्यक्तिले सिफारीश गरी सोही आधारमा लिएको नागरिकताबाट नाता कायम हुन सक्दैन । अ.वं. १७ नं. बमोजिम परेको निवेदनमा के कुन कानून ऐन नियमको त्रुटि भई वेरीत हुन गयो । पुनरावेदन अदालतबाट आदेश हुदा खुलाउन सकेको अबस्था पनि छैन । काठमाडौं जिल्ला अदालतमा अ.वं. ८० नं. बमोजिम नाताको वयान हुँदा निज मेरो वुहारी होइन । मैले चिन्दिन भनी पूर्ण रुपमा नातामा इन्कारी वयान गरेको अबस्थामा थप अनुसन्धानबाट नाता कायम हुने वा नहुने वुझ्न नपाउने भन्न कदापी मिल्दैन । डि.एन.ए. परीक्षण गर्दैमा मुद्दाको कारवाही अगाडि वढ्न नसक्ने पनि होइन । यसरी डि.एन.ए.परीक्षण गराउने भनी शुरु जिल्ला अदालतबाट भएको आदेश मुद्दासँग सम्बद्ध नदेखिएको भनी पुनरावेदन अदालत पाटनबाट मिति २०६३।५।२ मा बदर गर्ने गरी भएको आदेशबाट म निवेदकलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२(२)(ङ), र १७ द्व