निर्णय नं. ८२४७ - परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२४७ - परमादेश । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०३/२५ ७११० निर्णय नं. ८२४७ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०६३ सालको दे.पु.नं. ०२७२ फैसल मितिः २०६६।३।२५।५ मुद्दा :– परमादेश । पुनरावेदक विपक्षीः राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय महेन्द्रनगर समेत विरुद्ध विपक्षी निवेदकः जिल्ला कञ्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं.१८ बस्ने पूर्णकला अर्याल शुरु फैसला गर्ने मा.न्या. श्री लोकेन्द्र मल्लिक मा.न्या. श्री डम्बरबहादुर शाही § व्यक्तिगत जमानी वस्नुको अर्थ ऋणीलाई समयमा नै ऋण बुझाउन लगाउनु र ऋणीले ऋण नुबुझाएमा जमानी बस्ने व्यक्तिबाट दायित्व वहन गराउनु रहेको हुने । § जमानी वस्नेको कुनै दायित्व वा कानूनी हैसियत नहुने भए जमानी राख्नुको कुनै कारण आउँदैन थियो । तसर्थ ऋणीले लिएको ऋणमा जमानी बस्ने मानिसको कुनै सरोकार वा चासो रहदैन भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.३) § सार्वजनिक हकको विषय र कानूनी दायित्वको विषयमा जारी हुने परमादेशको आदेशको सैद्धान्तिक पृष्ठभूमिलाई विचारै नगरी हचुवाका भरमा जे जस्तो अवस्थामा पनि न्यायकर्तालाई मन लागेका अवस्थामा परमादेशको आदेश जारी गर्नाले परमादेशको मूल्य एवं मान्यता र सोको सैद्धान्तिक पृष्ठभूमि समेतलाई प्रहार गर्नसक्ने । § जमानी भै प्रवाह भएको ऋण असूलउपर नभएसम्मको लागि बैंकले रोक्का गरेको देखिँदा लेनदेन प्रकृतिको धितो फुकुवाको विषयमा बैंकले कानूनी कर्तब्य पालना गर्नेतर्फ विमूख भएको नदेखिँदा नदेखिँदै परमादेशको आदेश जारी हुन नसक्ने । (प्रकरण नं.५) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री नरहरि आचार्य र ज्ञानप्रसाद भुसाल विपक्षी निवेदक अवलम्वित नजीरः सम्बद्ध कानूनः § बैंक तथा वित्तीय संस्थाको ऋण असूली सम्बन्धी ऐन, २०६३ को दफा २(६) § न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) फैसला न्या. कल्याण श्रेष्ठः पुनरावेदन अदालत महेन्द्रनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : म निवेदिकाले आफ्ना नाउँमा दर्ता रहेको जिल्ला कञ्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं. १८ फ्रिलाइनको कि. नं. १३९१ क्षे. फ. २४×३० र सो मा बनेको पक्की घर समेत विपक्षी बैंकमा धितो वन्धकी राखी २०५३।०५४ मा सेवाकर्जा नं. ३१।३४ र ३३।१३ अनुसार २ पटक गरी जम्मा रु ७,२९,६९०।२३ कर्जा लिएकोमा सेवाकर्जा लिंदा धरौट राखेको रु. १,००,०००।– र पछि विपक्षी बैंकमा जम्मा गरेको रु. १२,१७,९८८।७० गरी जम्मा रु. १३,१७,९८८।७० मा विपक्षी बैंकले २०६०।१२।१० मा साँवा रु. ७,२९,६९०।२३ र व्याँज समेत रु. ३,९१,६४८।४५ गरी जम्मा रु. १०,९१,३३८।९८ आफ्नो कर्जा चुक्ता लिई सकेपछि मेरो धितो वन्धक रोक्का जग्गा २०६०।११।११ मा फुकुवा गर्ने पत्र दिई फुकुवा भएको र मैले जम्मा गरेको रु. १३,१७,९८८।७० मध्ये रु. १०,९१,३३८।९८ चुक्ता लिई बाँकी मैले फिर्ता भुक्तानी पाउनु पर्ने रु. २,२६,६४९।७२ मलाई फिर्ता भुक्तानी दिनु पर्नेमा तपाईले कर्जा हाईपोथिकेशनमा दिएको व्यक्तिगत जमानत कर्जा चुक्ता नभएकोले भनी अर्काको ऋणमा मेरो चल सम्पत्ति रोक्का राखी हालसम्म मैले फिर्ता पाउने रुपैयाँ पाऊँ भनी विपक्षीसँग अनुरोध गर्दागर्दै पनि नदिई उल्टो २०६१।१२।२४ मा रोक्का राखिएको भन्ने जानकारी पत्र दिइयो । विपक्षीहरूले रोक्का राख्नु