निर्णय नं. ८२४८ - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२४८ - अंश चलन । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०७/२५ ४७९२ निर्णय नं. ८२४८ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत् २०६३ सालको दे.पु.नं. ––– ४६९, ६७९ फैसला मितिः २०६६।७।२५।४ मुद्दाः अंश चलन । पुनरावेदक वादीः जिल्ला ललितपुर, ठेचो गा.वि.स. वडा नं. ९ बस्ने चन्द्रबहादुर गुरुङको श्रीमती अञ्जूदेवी गुरुङ समेत बिरुद्ध विपक्षी प्रतिवादीः जिल्ला ललितपुर ल.पु.उ.म.न.पा. वडा नं. ५ स्थिति महालक्ष्मीस्थान बस्ने चन्द्रबहादुर गुरुङ समेत पुनरावेदक प्रतिवादीः जिल्ला ललितपुर ल.पु.उ.म.न.पा. वडा नं.५ स्थिति महालक्ष्मीस्थान बस्ने चन्द्रबहादुर गुरुङ समेत वेरुद्ध विपक्षी वादीः जिल्ला ललितपुर, ठेचो गा.वि.स. वडा नं. ९ बस्ने चन्द्र वहादुर गुरुङको श्रीमती अञ्जूदेवी गुरुङ समेत शुरु फैसला गर्नेः मा.न्या. श्री जनार्दनबहादुर खड्का पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री अली अकवर मिकरानी मा.न्या. श्री हरिप्रसाद घिमिरे § कम्पनीको रुपमा दर्ता भई निजीस्तरमा सञ्चालित विद्यालयहरू तथा ती विद्यालयहरूको स्वामित्वमा रहेका सम्पत्तिहरू अन्य व्यक्तिगत सम्पत्तिसरह स्वामीको एकलौटी हक भोगको आफूखुसी भोग गर्ने, वेचबिखन गर्ने एवं दान दातव्य गर्ने, एकलौटी अधिकार (Exclusive Right) उपभोग गर्न नपाउने । § कम्पनीको नाममा रहेका जायजेथा सम्पत्तिहरूमा एउटा व्यक्तिको रुपमा कम्पनीको आफ्नै हक हुने भएकाले कम्पनीका सञ्चालक तथा शेयरधनीहरूले कम्पनी ऐनलगायतको कानूनी व्यवस्था एवं कम्पनीको प्रबन्धपत्र एवं नियमावलीले प्रदान गरेको अधिकार र कर्तव्यको परिधिभित्र रही कम्पनी सञ्चालन गर्नुपर्ने हुन्छ, कम्पनीको सम्पत्ति आफूखुसी गर्ने वा अंशबण्डाको विषय बनाउन नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक वादीः विद्वान अधिवक्ताहरू शम्भु थापा, इन्द्र खरेल, डम्वर गिरी, विपक्षी प्रतिवादीः विद्वान अधिवक्ताद्वय श्री चण्डेश्वर श्रेष्ठ एवं शिवप्रसाद रिजाल अवलम्वित नजीरः नेकाप २०६१ निर्णय नं. ७१७७ सम्बद्ध कानूनः § अंशबण्डाको महलको १८ र ३० नं. § शिक्षा नियमावली, २०४९ को नियम १२१, १६० § प्रमाण ऐन, २०३१ को दफा २७(२) § शिक्षा ऐन, २०२८ § कम्पनी ऐन, २०५३ § स्त्री अंशधनको १ नं. फैसला न्या. गौरी ढकालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– विपक्षीमध्येका चन्द्रवहादुर गुरुङका दुई श्रीमतीहरू मध्ये जेठी म फिरादी अञ्जू गुरुङ, कान्छी विपक्षी मध्येकी बीना गुरुङ, जेठी श्रीमती म फिरादीका तर्फबाट फिरादीमध्येका जेठा छोरा दीपक गुरुङ, कान्छा छोरा पारसमणि गुरुङ, विपक्षीमध्येकी सौता एवं सौतेनी आमा बीना गुरुङतर्फबाट छोरी दीपा गुरुङ, छोरा गौरव गुरुङ समेत ७ जना एकाघर संगोलको परिवारहरूले एकाघर संगोलमा वसी आएकोमा विपक्षीमध्येका पति पिता चन्द्रवहादुर गुरुङ र सौता सौतेनी आमा बीना गुरुङ आपसी मिलोमतो गरी हामी फिरादीउपर कलझगडा दुरव्यवहार गरी आउनुभए तापनि सहदै एकासंगोलमा रही आएकोमा पिता चन्द्रवहादुर गुरुङले सौता सौतेनी आमा बीना गुरुङ छोरी वहिनी दीपा गुरुङ र छोरा गौरव गुरुङलाई मात्र काखी च्यापी हामीहरूलाई छाडी अलपत्र पारी ल.पु.उप.म.न.पा. वडा नं. ५ वसोवास गर्दै आउनु भएको छ । हामी फिरादीलाई खान लाउन पालनपोषण शिक्षा दिक्षा औषधी उपचार जस्तो न्यूनतम आधारभूत आवश्यकतालाई ख्या