निर्णय नं. ८२४९ - आयकर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२४९ - आयकर । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०४/२० ३५६२ निर्णय नं. ८२४९ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उपे्रती संवत् २०६० सालको फौ.पु.नं.– ३४८२ फैसला मितिः २०६६।४।२०।३ मुद्दाः– आयकर । पुनरावेदक वादीः अरुण वनस्पति उद्योग लि.दुहवी सुनसरीको तर्फबाट ऐ.को अधिकारप्राप्त प्रवन्धसञ्चालक जिल्ला मोरङ, विराटनगर उ.म.न.पा.वडा नं.३ बस्ने दिनेश गोल्छा विरुद्ध पुनरावेदकः आन्तरिक राजस्व कार्यालय विराटनगर शुरु आदेश गर्ने कार्यालय प्रमुख कर अधिकृत श्रीराम पन्त पुनरावेदन फैसला गर्ने मा.न्या.तपबहादुर मगर लेखा सदस्य सुरेश प्रधान § औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५(ज) बमोजिम उद्योगले स्थिर जेथाको ह्रासकट्टि गर्दा प्रचलित आयकरसम्बन्धी कानूनमा उल्लिखित दरमा सोही दरको एक तिहाई थप गरी कट्टा गर्न पाउने सुविधा आवधिक रुपमा प्राप्त हुने सुविधा नभई यस्तो सुविधा उद्योग सञ्चालनमा रहेसम्म प्राप्त हुने सुविधा भएकोले यस्तो सुविधा एकद्वार समितिले निर्णय गरिरहनु पर्ने आवश्यकता नदेखिने । (प्रकरण नं.८) § ऐनको सुविधा प्राप्त गर्न उद्योग विभागमा प्राप्त हुने तथ्याङ्क वा विवरणलाई मूल्याङ्कन तथा विश्लेषण गर्न नपर्ने र सम्बन्धित करदाता उद्योगले नियमित ब्यावसायिक कारोवारमा राखेको अभिलेख तथा लेखाको आधारमा यकीन हुनसक्ने सुविधाहरू प्राप्त गर्नको लागि उद्योग विभाग एकद्वार समितिको निर्णय आवश्यक पर्दैन । तर, प्रचलित नेपाल कानूनअनुसार सुविधाको माग गर्ने करदाता उद्योगले नियमित व्यावसायिक कारोवारको सिलसिलामा राखेको लेखालाई प्रचलित कानूनअनुसार अमान्य गरेको अवस्था हुन नहुने । § लेखा अमान्य नभएको अवस्थामा उक्त लेखाको आधारमा यकीन हुने करछुटको सुविधा प्रदान गर्न कर अधिकृतलाई उद्योग विभाग एकद्वार समितिको सिफारिश वा निर्णयको आवश्यक नपर्ने । § उद्योगले पेश गरेको लेखा अमान्य गरेको अवस्थामा वाहेक सो थप ह्रासकट्टिको सुविधा प्राप्त गर्न वा प्रदान गर्न नियमित कारोवारको सिलसिलामा करदाताले राखेको बिल भरपाई तथा लेखाबाट प्रमाणित हुने स्थिर जेथाको मूल्य नै पर्याप्त हुन्छ । यस्तो अवस्थामा उद्योग विभागको स्वीकृति आवश्यक नपर्ने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ प्रत्यर्थी प्रतिवादी तर्फबाटःविद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल अवलम्वित नजीरः सम्बद्ध कानूनः § औद्योगिक व्यवसाय ऐन, २०४९ को १५(ज) § आयकर ऐन, २०३१ को दफा ४२(२) फैसला न्या.भरतराज उप्रेतीः राजश्व न्ययाधिकरण विराटनगरको फैसलाउपर राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ अनुसार यस अदालतमा पुनरावेदन गर्न अनुमति पाऊँ भन्ने निवेदन परी अनुमती प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– आयकर दर्ता प्रमाणपत्र नं.०५।४८१६ भएको अरुण वनस्पति उद्योग लि.ले आर्थिक वर्ष २०५०।०५१ को स्वयं कर निर्धारण प्रक्रियाद्वारा स्वयं कर निर्धारणको विवरण भरी मिति २०५१।१२।३० मा आय व्यय विवरण पेश गरेको । अरुण वनस्पति उद्योगले आ.व.२०५०।०५१ मा वनस्पति घ्यू, रिफाइन सोया आयल, मस्टर्ड र रेपसिड र वाइ प्रोडक्ट सोप र आयल उत्पादन र बिक्री गरेको छ । उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ तेस्रो मुलुक र स्थानीय बजारबाट खरीद गरिन्छ । उद्योगका उत्पादित सामानहरू सेल्स डिपोहरूबाट खरीद बिक्री गरी सोको आय व्यय विवरण अर