निर्णय नं. ७६६२ - मोही हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६६२ - मोही हक कायम भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६२/०९/०१ ४८७४ निर्णय नं.७६६२ ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री बलराम के.सी. संबत् २०५९ सालको दे.पु.नं. ..८२८८ फैसला मितिः २०६२।९।१।६ मुद्दाः मोही हककायम । पुनरावेदक वादी झापा जिल्ला, शनिश्चरे गा.वि.स. वा.नं. ८ वस्ने मधुसुधन लिम्वु बिरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. वस्ने सूर्यनाथ वास्तोला § कवुलियत जग्गाधनी र मोहीका वीचमा मात्र हुन सक्दछ भने कूत भूमिसम्वन्धी ऐनमा उल्लेख भए अनुसार कवुलियत अनुसार जग्गावालाको प्रतिनिधि भै अर्को व्यक्तिले बुझिलिन सक्दछ । सो व्यवस्था अनुसार जग्गावालाको कवूलियत वेगर अन्य व्यक्तिले गरिदिएको कूत वुझेको भरपाईलाई मान्यता दिन नमिल्ने । § प्रस्तुत मुद्दामा जग्गावाला र मोही वीच जग्गा जोत भोग गर्ने कुराको कानून वमोजिमको कवुलियतको अभाव देखिंदा प्रतिवादीको जग्गा वादीले कमाएको भन्ने गाऊँ सर्जमिन तथा भरपाई समेतको आधारमा प्रतिवादीका नाममा रहेको जग्गामा वादीको मोही हककायम गर्न मिल्ने कानूनी व्यवस्था एवं सिद्धान्त समेतबाट देखिन नआउने । § वादीले ऐनको दफा ३४(१) अनुसार प्रतिवादीको जग्गा कमाउनका लागि कवूलियत भएको भन्ने कुरा स्थापित गर्न नसकेको स्थितिमा प्रतिवादीका नामको जग्गामा वादीको मोहियानी हककायम गरि दिन मिल्ने अवस्था नदेखिंदा कवूलियतको अभावमा मोहियानी हककायम हुन नसक्ने । (प्रकरण नं.१५) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री नरेन्द्रप्रसाद गौतम विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी.: पुनरावेदन अदालत, इलामको २०५६।९।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) (ख) वमोजिम मुद्दा दोहर्याई पाउँ भनी वादीको यस अदालतमा निवेदन परी यस अदालत संयुक्त इजलासबाट मिति २०५९।६।१ मा मुद्दा दोहर्याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ। २. सुर्यनाथ वास्तोलाका नाउँ दर्ताको शनिश्चरे ८ को कि.नं. ०२१ को ज.वि. ०.१०.० जग्गा २०४१ सालमा जग्गाधनिको दाम काम गर्ने चन्द्रमणी ढकालसंग कुत कवुलियत गरी साल सालै जग्गा जोती चन्द्रमणी ढकाललाई वाली वुझाई आएको हुँदा मोही हककायम गरिपाऊँ भन्ने समेत वादी दावी । ३. २०५२ सालको हिऊँदे वाली लगाउन अधिया शर्तमा मैले वादीलाई जग्गा जोत्न दिएको हुँ । २०५२ साल पौष देखि जग्गा म आफैले जोतेको छु । मैले निजलाई कुत कवुलियत गरेको पनि छैन र कुनै सालको वाली पनि मैले नवुझेको हुँदा अन्य व्यक्तिले गरी दिएको कुत कवुलियत तथा भरपाईका आधारमा मोही कायम गरी दिन मन्जुर छैन भन्ने प्रतिवादी जिकिर । ४. जोत भोग सम्बन्धमा सर्जमिन बुझिएको चन्द्रमणी ढकालसंग कुत कवुलियत भएका अवस्था देखि आजसम्म वादीले नै जग्गा जोती चन्द्रमणी ढकाललाइ वाली बुझाइ आएका छन् भन्ने व्यहोरा उल्लेख भएको रहेछ । ५. चन्द्रमणी ढकालले अधिकृत व्यक्ति भै कुत कवुलियत गरी दिएका हुन् वा अनधिकृत व्यक्तिको हैसियतल कवुलियत तथा भरपाई गरेका हुन् भनि प्रतिवादीलाई कागज गराउँदा चन्द्रमणी ढकाललाइ जग्गाको रेखदेख गर्न सम्म लाएको हो कवुलियत तथा भरपाई गर्न अधिकार दिएको छैन भनी गरेको कागज । ६. जग्गाधनी र मोहीका विचमा भु.सं. ऐन, २०२१ को दफा ३४ अनुसार दोहोरो कुत कवुलियत नभए मोही हककायम हुन नसक्ने भनी सम्मानित सर्वोच्च अदालतबाट बिभिन्