निर्णय नं. ८२५१ - जोत कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२५१ - जोत कायम । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०६/२५ ३०८८ निर्णय नं. ८२५१ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०५९ सालको दे.पु.नं. ८७१७ फैसला मितिः २०६६।६।२५।१ मुद्दाः जोत कायम । पुनरावेदक प्रतिवादीः भक्तपुर जि. बालकोट गा.वि.स. वडा नं. ३ बस्ने विष्णुकुमारी खत्री विरुद्ध बिपक्षी वादीः ऐ. ऐ. वडा नं.४ बस्ने तोरणबहादुर रानाभाटको मु.स. गर्ने वुद्धिकुमारी रानाभाट शुरु फैसला गर्नेः भु.सु.अ. गोविन्दप्रसाद घिमिरे पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री हरिबहादुर बस्नेत (प्रथम पटक) मा.न्या. श्री रामप्रसाद खनाल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ऋषीराज जोशी (दोस्रो पटक) मा.न्या. श्री मधुसुदन लाल श्रेष्ठ सर्वोच्च फैसला गर्नेः मा.न्या. श्री केदारनाथ आचार्य (प्रथम पटक) मा.न्या. श्री केदारप्रसाद गिरी § रीत पुगेको कबुलियतनामाले मात्र कानूनी मान्यता प्राप्त गर्न सक्दछ अन्यथा त्यस्तो कबुलियतले बैधानिकता प्राप्त गर्न सक्दैन । बैधानिकता प्राप्त गर्न जग्गाधनी र मोही दुबैको सहिछाप भई एकप्रति सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकामा पेश गरेको हुनुपर्ने । § एक पक्षीय रुपमा गरेको कबुलियत त्यसमा पनि सम्बन्धित गा.बि.स.मा पेश गरेको नहुँदा कानूनी शर्तविपरीत खडा भएको कबुलियतनामाले कानूनी मान्यता गर्न नसक्ने । (प्रकरण नं.३) § अरुको समेत हक लाग्ने जग्गा एक जना हकदारले मात्र कबुलियतनामा गरे हुने र एक पक्षीय रुपमा गरेको कबुलियतले मान्यता पाउने भनी ऐनमा प्रयुक्त शब्दावली र भाषालाई संयुक्त दर्ताका जग्गाका हकमा गलत ब्याख्या र अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४) § कबुलियतको लिखत नाबालकद्वारा भएको र संरक्षक नहुँदा त्यस्तो नाबालकद्वारा भएको कबुलियतको कानूनी अस्तित्व नरहने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सिरिशकुमार अमात्य र श्री प्रकाशबहादुर के.सी. अवलम्वित नजीरः नेकाप २०५२, निर्णय नं. ५०८२, पृष्ठ २९८ सम्बद्ध कानूनः § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१), ३४(१) § अ.वं. २४ फैसला न्या. राजेन्द्रप्रसाद कोइरालाः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– भक्तपुर जिल्ला बालकोट गा.वि.स. वाड नं. ७ को कि.नं. ३८१, ३९९, ४३९, ३९, २४, ३८, १०१, ११०, ११८, १९४ ऐ गा.वि.स. वाड नं. ९ को कि.नं. २९५, २९७, ३०२ समेतका १३ कित्ता जग्गा जग्गाधनी गुडी थपीनीसंग २०३७।१।२६ को कवुलियतनामाका आधारमा मोहीको हैसियतले कमाई साल सालको कुत जग्गाधनीलाई बुझाई आएकोमा सो जग्गाको २०४४ सालको बाली गुडी थापाले लुटपीट गरेकोमा मेरो फिराद परी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गुडी थापाले लुटपीट गरेको र २०३७।१।२६ को कवुलियत र पेश गरेको बाली भर्पाई सद्दे ठहरी भएको फैसला अन्तिम भै बसेकोले सो फैसला समेतले जोतभोग प्रमाणित भैरहेको अवस्था हुँदा भुमी सम्बन्धी ऐन, २०२१ को दफा २५(२) समेतका आधारमा मलाई मोही कायम गरी मोहीयानी हकको प्रमाणपत्र पाँऊ भन्ने समेत व्यहोराको तोरणबहादुर रानाभाटको भूमिसुधार कार्यालय भक्तपुरमा परेको निवेदन । विपक्षी उल्लिखित जग्गाका