निर्णय नं. ८२५२ - बाँकी रकम दिलाई पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२५२ - बाँकी रकम दिलाई पाऊँ । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०३/१८ ४१७९ निर्णय नं. ८२५२ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६१ सालको दे.पु.नं. –८८३५ फैसला मितिः २०६६।३।१८।५ मुद्दा : बाँकी रकम दिलाई पाऊँ । पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला काठमाडौँ म.न.पा.वडा नं. २२ गणवहाल स्थित रजिष्टर्ड कार्यालय रहेको श्रीराम सुगर मिल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त का.जि.का.म.न.पा. वडा नं. ३२ बस्ने खेमप्रसाद खतिवडा विरुद्ध प्रत्यर्थी वादीः एग्रोटेक कन्सल्टेन्सी कोहल्पुर महाराष्ट्र भारतको हकमा अधिकार प्राप्त काठमाडौं जिल्ला का.म.न.पा.वडा नं. ३३ बस्ने अधिवक्ता इन्द्र लोहनी शुरु फैसला गर्ने :– मा.जि.न्या. श्री हरिकुमार पोखरेल पुनरावेदन फैसला गर्ने :– मा.न्या. श्री मधुसुदनलाल श्रेष्ठ मा.न्या. श्री गोविन्दकुमार श्रेष्ठ § करारको प्रकृति र विवादको विषयवस्तु र करारका शर्त उल्लंघन भएको कारणले मर्का पर्ने पक्षले अदालतसमक्ष दिएको उजूरीमा माग गरेको उपचारको किसिमको आधारमा पनि मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको मिति फरक पर्नसक्ने । (प्रकरण नं.४) § करारसम्बन्धी विवादमा हदम्यादको समय निर्धारण गर्नुभन्दा पहिले मुद्दा गर्नु परेको कारण परेको मिति निर्धारण गर्नुपर्ने भएकोले करार समाप्त गर्ने काम (Termination of contact) भए पछि के उपचार माग गरी अदालतमा फिराद दायर गरेको छ भन्ने कुरा महत्त्वपूर्ण हुने । § करारको यथावत परिपालनाको माग दावी भएको भए करार समाप्त गरिएको मितिबाट नै मुद्दा गर्नुपर्ने कारण परेको मान्नुपर्ने र सोही मितिबाट हदम्याद शुरु भएको मान्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री नरेन्द्रप्रसाद गौतम प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीरः नेकाप २०४४, अङ्क २, पृ १५३ नेकाप २०६४, अंङ्क ११, पृष्ठ १४२१ सम्बद्ध कानूनः § करार ऐन २०२३ को दफा १८(२)(ग) फैसला न्या. भरतराज उप्रेतीः पुनरावेदन अदालत पाटनको फैसलाउपर प्रतिवादीको तर्फबाट परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) र (ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– वार्षिक भा.रु. ८,००,०००।– का दरले ३ वर्षको लागि भनी रु.२,००,०००।– दिई प्रतिवादीले २२ जुन १९९३ देखि उखु विकासका लागि परामर्श दाताको रुपमा भर्ना गरेपछि आफूले योग्य र अनुभवी प्राविधिक तथा विशेषज्ञहरूबाट ५००० भन्दा बढी ६०००।– विगहा जग्गामा उखुबाली लगाई आएको कार्यबाट प्रतिवादी सन्तुष्टि भै २२ जुन १९९३ को पत्रानुसारको कार्यलाई निरन्तरता दिँदै प्रतिवादीले वार्षिक भा.रु. १०,०००००।– दिने गरी १८ जुलाई १९९३ देखि चिनी परियोजनाको प्राविधिक परामर्श दातामा समेत नियुक्ति गरी उक्त दुवै कार्य गरी आएको अवस्था २१।५।९४ मा पुनः भा.रु. ५,००,०००।– समेत फिरादीलाई पठाई दिई अरु पछि दिने भनेकाले आफूले गरेको कार्यको विवरण समेत प्रतिवादीलाई पठाई आफूले गर्ने कार्य गरी रहेको अवस्थामा विपक्ष प्रतिवादीले एकलौटी रुपमा दुवै नियुक्ति पत्रको विपरीत तपाईको परामर्श उपर्युक्त नभै मिल्स अनावश्यक घाटामा गएको भनी २० सेप्टेम्बर १९९४ मा फिरादीलाई लेखी पठाएको आफूले गरेको कार्य समेतको स्पष्टीकरण सहित लेखी पठाई पाउनु पर्ने रकम समेत माग गरेकोमा रुपैयाँ समेत नदिइएकाले