निर्णय नं. ७६६४ - जवर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६६४ - जवर्जस्ती करणी भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६२/०९/२५ ६१०० निर्णय नं.७६६४ ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी सम्वत २०५८ सालको फौ.पु.नं. २४१३ फैसला मितिः २०६२।९।२५।२ मुद्दा : जवर्जस्ती करणी । पुनरावेदक प्रतिवादीः वारा जिल्ला हरैया गा.वि.स. वडा नं ५ वस्ने ठगा चौधरी विरुद्ध प्रत्यर्थी वादीः वारा जिल्ला हरैया गा.वि.स. वडा नं. ६ रामजानकी मठमा वस्ने खिल कुमारी नेपालको जाहेरीले श्री ५ को सरकार § विवाहित २(दुई) छोरीहरुकी आमा २७ वर्षकी जाहेरवालीलाई मन्दिर परिसरभित्र रहेको घरकोठा भित्र परपुरुषवाट जवरजस्ती करणीको कसूर अपराध भएको विषयलाई लिई प्रस्तुत मुद्दा दायर भएको पाइदा जाहेरवाली जस्तो अवस्थाकी स्वास्नी मानिसलाई परपुरुषले जवर्जस्ती करणी गर्दछ भने सो अवस्थामा सामान्यतया दुई वीच सघर्ष एवं शरीरका वाहिरी भागमा चोटपटक र संघर्षका चिन्ह हुनुपर्ने । § आरोपित कसूरमा नै साविती (confession) हुनु र सम्वद्ध तथ्यलाईसम्म स्वीकार गर्नु (Admission) पृथक कुरा हुने । § तथ्यको स्वीकारोक्तीलाई नै साविती सरह निजको विरुद्ध प्रमाणमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.२३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री रेवन्त वहादुर कुवर प्रत्यर्थी वादी तर्फवाटः सहन्यायाधिवक्ता श्री सरोज प्रसाद गौतम अवलम्वित नजीरः फैसला न्या.रामनगिना सिंहः पुनरावेदन अदालत हेटौडाको फैसला उपर प्रतिवादीले न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ : – २. जिल्ला वारा गा.वि.स. हरैया वडा नं. ६ स्थित रहेको रामजानकी मठमा रहेको भान्सा घरमा भात पकाई रहेको अवस्था ठगा चौधरीले मलाई जवरजस्ती करणी गर्यो भनि जानकारी दिन आएकोले निजको जांच गर्न यसै पत्र साथ पठाएको भन्ने जिल्ला प्रशासन कार्यालय वाराको पत्र । ३. पीडित खिम कुमारी नेपालको शरीरमा घा चोट लागेको भन्ने घा जाँच केश फाराम। ४. २०५४।५।२९गते विहान श्रीमान कलैया आउनु भयो म घरमै भात पकाई रहेकी थिएँ, अन्दाजी ९ वजेको समय थियो सोही अवस्थामा ठगा चौधरी म भात पकाई रहेको घर भित्र पसी ढोका हतपत वन्द गरी मलाई घरभित्र रहेको खाटमाथी पछारी जवरजस्ती करणी गर्न लाग्दा म कराए, केही गर्दा पनि नछोडी जवरजस्ती करणी गरी म एउटी सदवा आईमाईको इज्जतमा आघात पुर्याएकोले निजलाई कानूनी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ५. हरैया वडा नं ६ स्थित रहेको रामजानकी मठको दक्षिणमा रहेको खपडाको घर सो घर भित्र ३ वटा कोठा र २ वटा खाट रहेको सोही खाट माथि पछारी जवरजस्ती करणी गरेको भन्ने जाहेरवाली खिल कुमारीको भनाई समेत व्यहोराको घटना स्थल प्रकृति विवरण । ६. २०५४।५।२९ गते ९वजेको समयमा ठगा चौधरी खिल कुमारी कोठा भित्रवाट निस्कदै गरेको अवस्थामा मैले देखेको हुँ । जाहेर वालीले २०५४।५।२९ गते विहान ९ वजे मलाई ठगा चौधरीले जवरजस्ती करणी गर्यो भनि भन्दा करणी गरेकोमा मलाई पुर्ण विश्वास लाग्छ भन्ने व्यहोराको सुनील कुमार चौधरीको कागज । ७. २०५४।५।२९ गते विहान म कलैया भूमिसुधारमा गएको थिए । सोही दिन साँझमा आउदा हैरानीले चाडै सुतिहाले, भोलीपल्ट विहान उठी पुजा पाठ गरी श्रीमतीलाई खाना पकाउन जा भन्दा रुन लागी मलाई हिजो विहान गाउकै ठगा चौधरीले जवरजस्ती करणी गर्यो भनि र छोरीले पनि खाना खान आउदा घरभित्र आ