निर्णय नं. ८२५३ - आयकर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२५३ - आयकर । भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १० फैसला मिति :२०६६/०७/१० ३३६४ निर्णय नं. ८२५३ माघ, २०६६ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६१ सालको फौ.पु.नं. ३३९३ फैसला मितिः २०६६।७।१०।३ मुद्दा : आयकर । पुनरावेदक/प्रतिवादीः पशुपति वायर प्रोडक्टस् बिराटनगरको तर्फबाट प्रोप्राइटर अशोककुमार मुरारका बिरुद्ध प्रत्यर्थी/वादीः कर कार्यालय विराटनगरको नाम परिवर्तन भई कायम रहेको आन्तरिक राजश्व कार्यालय, बिराटनगर शुरु निर्णय गर्ने : कर कार्यालय, विराटनगर पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री तपबहादुर मगर मा.न्या. श्री कृष्णभक्त श्रेष्ठ § कुनै पनि करदाताले आयकर प्रयोजनका लागि पेश गर्ने विवरणमा आफूद्वारा सञ्चालित सबै उद्योग, व्यापार, पेशा वा व्यवसायबाट प्राप्त भएको सबै किसिमको मुनाफा वा लाभ समेतका विवरण समावेश गर्नुपर्ने । § कर छुट पाएका करदाताहरूले पनि आयको विवरण पेश गर्नुपर्ने र त्यस्तो विवरणका साथमा सो विवरणलाई पुष्टि गर्ने खालका सबै प्रमाणहरू दाखिल गर्नुपर्ने जिम्मेवारी प्रदान गरेको अवस्थामा कर छुट पाएको भन्ने आधारमा कुनै पनि विवरण पेश गर्नु नपर्ने भन्ने तर्कको कानूनी आधार नदेखिने । § निर्णय भै नसकेको विषयमा अनुमानका आधारमा आयकर छुट पाएको भनी दावी लिन नसक्ने । (प्रकरण नं.३) § कुनै व्यक्तिको उद्योग, व्यापार, पेशा, व्यवसायबाट भएको आय निर्धारण गर्दा सो व्यक्तिले आय वर्षभित्र कुनै उद्योग, व्यापार, पेशा, व्यवसायबाट प्राप्त गरेको सबै किसिमको मुनाफा वा लाभका आधारमा आय निर्धारण गरिने आयकर ऐन, २०३१ को दफा ७ को व्यवस्थाबाट करदाताले आफूद्वारा सञ्चालित सबै उद्योग, व्यापार, पेशा वा व्यवसायको आय विवरण पेश गर्नुपर्ने । § कुनै स्रोतबाट भएको आय पूर्ण वा आंशिक रुपमा दबाएको क्रियालाई पनि झूठा विवरण मानिने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता सीताराम अग्रबाल प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश थापा अवलम्वित नजीरः सम्बद्ध कानूनः § आयकर ऐन, २०३१ को दफा ३३(२), खण्ड (क) देखि (छ), ५६(२), ५८ § राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ फैसला न्या. भरतराज उप्रेतीः राजश्व न्यायाधीकरण विराटनगरको फैसलाउपर राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ को खण्ड (घ) बमोजिम यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :- पशुपति वायर प्रोडक्टस् तर्फको आ.व. २०५२।०५३ को कारोवारमा खुदआय रु.३,९३,२७०।३० देखाई पशुपति वायर प्रोडक्टस्ले कर कार्यालय, विराटनगरमा मिति २०५३।९।२९ मा पेश गरेको आ.व. २०५३।०५४ को आयव्ययको विवरण । सबूद प्रमाण पेश गर्न आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम ७ दिनको मौका दिएको कर कार्यालय विराटनगरको मिति २०५४।१०।१५ को सूचना । पशुपति वाय प्रोडक्ट्सको आ.ब. २०५२।०५३ को कारोवारको सम्पूर्ण उचित र वास्तविक खर्च समेतलाई दृष्टिगत गरी जम्मा खुदआय रु.४७,३०,४६६ कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको कर कार्यालय विराटनगरको मिति २०५४।१०।२७ को निर्णय पर्चा । कायम भएको जम्मा कर रु. ११,१६,८६३।२५ र जरीवाना रु. ३७४७८।८४ समेत गरी जम्मा रु. ११,५४,३७२।०९ नेपाल राष्ट्र बैंक विराटनगरमा दाखिला गर्नु गराउनु भन्ने समेत व्यहोराको आयकर निर्धारण आदेश । कर कार्यालयले गरेको आयकर निर्धारण आदेश र निर्णय पर्चा त्रुटिपूर्ण भएकाले बदर गरी मेरो