निर्णय नं. ९०१२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०१२ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/०३/१२ ४७८९ ने.का.प. २०७०, अङ्क ५ निर्णय नं.९०१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६७–CR– ०१४६, ०२५०, ०३१० फैसला मितिः २०७०।३।१२।४ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः झापा जिल्ला, महेशपुर गा.वि.स.वडा नं.३ घर भई हाल कारागार शाखा, झापामा थुनामा रहेका रञ्जित राईसमेत विरुद्ध प्रत्यर्थी वादीः झापा जिल्ला, महेशपुर गा.वि.स.वडा नं.१ बस्ने दिलबहादुर लिम्बूको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः झापा जिल्ला, पृथ्वीनगर गा.वि.स.वडा नं.४ घर भई हाल कारागार शाखा, झापामा थुनामा रहेका सुनिलकुमार वसेल विरुद्ध प्रत्यर्थी वादीः झापा जिल्ला, महेशपुर गा.वि.स.वडा नं.१ बस्ने दिलबहादुर लिम्बूको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः दिलबहादुर लिम्बूको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः झापा जिल्ला, महेशपुर गा.वि.स.वडा नं.६ बस्ने रञ्जित राईसमेत § घटनामा उपस्थित थिएनौं अन्यत्र रहेको थियौँ भनी जिकीर लिएतापनि अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान व्यहोरालाई अदालतमा बयान गर्दा उल्लेख गरी बयान गरेबाट अधिकारप्राप्त अधिकारीसमक्षको बयान अन्य सम्बद्ध प्रमाणहरूबाट पुष्टि गरिरहेकोमा अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरा अन्यथा प्रमाणित गर्न सकेको नदेखिएको अवस्थामा व्यहोरा पूर्णरूपमा झूठा हो भन्ने कुरा विश्वसनीय नदेखिने । § ठोस आधार प्रमाणको अभावमा अदालतमा इन्कारी बयान गरेकै आधारमा वारदात घटाएको वेलामा घटनास्थलमा मौजूद नरही अन्यत्र थिएँ भनी लिएको जिकीर प्रमाणद्वारा पुष्टि गर्न नसकेको अवस्थामा अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई स्वेच्छाले गरेको बयान होइन रहेछ भन्नु तर्कसङ्गत नहुने । (प्रकरण नं.४) § वारदात घटाई सकेपछि विवाहमा सामेल हुन गएको देखिएको र विवाह हुने दुलहीले प्रतिवादीहरूलाई देखेको भनेपनि प्रतिवादीहरू एकै स्थानमा वसिरहनु पर्ने नभई आफूखुशी विवाहस्थल छोडी हिड्न सक्ने अवस्था भई केही समय कतै गई फर्की आउन सक्ने बाटोको दूरी रहेको देखिँदा विवाहमा पटकपटक देखभेट हुने हुँदा यति नै समयमा उपस्थित भएको भनी समय यकीन गर्न सक्ने स्थिति नहुने । § साक्षीले गरेको बकपत्रमा प्रतिवादीसँग भेट भएको छैन भनी लेखाई दिएको अवस्थासमेतका प्रमाणहरूबाट वारदात मिति समयमा प्रतिवादीहरू दुलहीको विवाह मै रहे बसेका रहेछन् घटनास्थलमा थिएनौं भन्ने जिकीर समर्थन हुन नसक्ने । (प्रकरण नं.५) § बयान कागज मुताबिकको ठाउँमा दर्जा पुगेको प्रहरीसमेत भै प्रतिवादीहरू समेत एवं खानतलासी गर्दा स्थानीय भलादमीहरू समेतको रोहबरमा बरामद भएको खुकुरी अपराधसँग सम्बन्धित देखिएकोले सम्बद्ध प्रमाण प्रमाण गाह्य नहुने भन्न नमिल्ने । (प्रकरण नं.८) § मुद्दाको अनुसन्धान तहकीकातको अवस्थामा प्रहरीबाट गैरकानूनी बल प्रयोग गरी स्वेच्छाविरुद्धको बयान प्रमाणित हुन आएमा त्यस्तो बयान प्रमाणग्राह्य हुँदैन तर, त्यस्तो बयान स्वेच्छाविरुद्ध भएको भनी सरकारवादी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १५(३) को व्यवस्थाबमोजिम अदालतमा निवेदन दिई स्वेच्छाविरुद्धको बयान हो भनी प्रमाणित गराउन नसकेको स्थितिमा अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानलाई स्वेच्छाविपरीतको बयान भन्न मिल्दैन । त्यस्तो बयान प्रमाणमा लिन मिल्ने । (प्रकरण नं.९) पुनरावेदक वादीतर्फबाटः विद्वान सहन्यायाधिवक्ता सूर्यप्रसाद कोइराला पु