निर्णय नं. ७६६६ - जवर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६६६ - जवर्जस्ती करणी भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६३/०३/११ ३६८६ निर्णय नं.७६६६ ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री ताहिलअलि अन्सारी संवत् २०६१ सालको फौ.पु नं. ३७०२ फैसला मिति २०६३।३।११।१ मुद्दाः– जवरजस्ती करणी । पुनरावेदक र प्रतिवादीः मोरङ जिल्ला केरोन गा.वि.स.वडा न. ४ वस्ने राजु वस्नेत विरुद्ध प्रत्यर्थी र वादीः चन्द्रबहादुरको भण्डारीको जाहेरीले नेपाल सरकार § पुनरावेदकले पीडितको योनीमा वीर्य फेला नपरेबाट वारदात प्रमाणित नभएको भन्ने जिकिर लिएको भएपनि सवै जवरजस्तीकरणीको कसूरमा पीडित महिलाको योनीमा वीर्य फेला पर्नुपर्छ भनी मान्न नमिल्ने । (प्रकरण नं.१९) § जवरजस्ती करणीको महलको ४ नं. मा जवरजस्ती करणी गर्ने भएको कुरा जानी थाहापाई छल गरी संग लागी जाने समाउने र सो काममा मद्दत दिनेलाई तीन वर्षसम्म कैद गर्नुपर्छ” भन्ने उल्लेख भएवाट सो नं. को प्रयोजनका लागि जवरजस्ती करणी गर्नु नपर्ने र वारदातस्थलमा गई मुख्य अभियुक्तलाई मद्दत गर्नु नै पर्याप्त हुने । (प्रकरण नं.२१) § अदालतले निर्णय गर्दा प्राप्त प्रमाणहरूको तर्कसंगत मूल्यांकनवाट अभियोग प्रमाणित हुने अवस्था छ छैन भनी निचोडमा पुग्नुपर्ने हुन्छ । अभियोग दावीनै नालिएको विषयमा वोल्न नमिल्ने । (प्रकरण नं.२३) पुनरावेदक प्रतिवादी तर्फवाटः उपस्थित विद्वान अधिवक्ता श्री सहकुल खत्री प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत विराटनगरबाट २०६०।५।११।५ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य ठहर यसप्रकार छ । २. मेरो छोरी वर्ष ३० को रनमाया भण्डारीलाई काम्ने रोगलागी गत आषाढ महिना देखि माममा उद्धव थापाको घर केरौन वडा नं. ४ मा गै नजिकै काली मन्दिरमा पुजाआजा गरी वस्दै आएकीमा २०५७।६।२३ गते राती १२ वजे पिसाव गर्न वाहिर निस्केको अवस्थामा जवरजस्त वोकी लगी स्कुलको चोरीमा जवरजस्ती करणी गरेको हुँदा करणी गर्ने केदार कार्की भागी फरार भएको र करणी गर्दा गर्दैको अवस्था राजु वस्नेतलाई पक्राउ गरी दाखिल गरेका छौ भन्ने समेत व्यहोराको २०५७।६।२४ को जाहेरी द्रखास्त । ३. पूर्वमा खुल्ला चोरी पश्चिम उत्तर दक्षिणमा नि.मा.वि. भवन समेतको ४ किल्ला भित्र जवरजस्ती करणिको वारदात समेतको घटना स्थल ठीक छ भन्ने ०५७।६।२९ को मुचुल्का। ४. २०५७।६।२२ गते रातको समयमा केरौन वडा नं. ४ को नाम थाहा नभएको व्यक्तिको घरमा वसी अं. १० वजेको समयमा केदार कार्की निस्केर एकैछिन पछि मलाई बोलाएर सकुलमा जाउ भनि लगेपछि एउटी केटी पनि रहेछ । निजलाई केदार कार्कीले हातमा समाएपछि नवुझीने गरी कस्सी कस्सी रुख लागीन, केदार कार्कीले मुखमा कपडाले थुनी लडाई जवरजस्ती करणी गर्दा पीडित रनमाया चिच्याउदा पनि केदारले करणी गरि रह्यो । करणी गरी सकेपछि पनि पीडित रुदै थिइन केदारले मलाई पनि गर भनि भन्दै थिए । पीडित रोइ कराएको सुनि गाउलेहरू आउँदा केदारा कार्की फरार रहेको र मलाई तैले पनि जवरजस्ती करणी गरेको हो भनि पक्राउ गरेको हो । मैले पीडितलाई जवरजस्ती करणी गरेको होइन भन्ने प्रतिवादी राजु वस्नेतले गरेको २०५७।६।३० मा प्रहरीमा गरेको वयान । ५. २०५७।६।२३ गते रातको १२ वजेको समयमा छिमेकी उद्धव थापाले ए भाई उठनुहोस भान्जीलाई केटाहरूले वोकेर स्कुलतिर लगे भनेकोले उठी जाँदा स्कुलको विच खाली ठाउँम