निर्णय नं. ७६६७ - बाली भराई मोही निष्कशन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६६७ - बाली भराई मोही निष्कशन । भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६३/०१/१५ ३०८० निर्णय नं.७६६७ ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्वत् २०५९ सालको दे.पु.न...९०२७ फैसला मितिः २०६३।१।१५।६ मुद्दाः–बाली भराई मोही निष्कशन । पुनरावेदक प्रतिवादीः जिल्ला नुवाकोट, थानापति गा.वि.स.वडा न.७ बस्ने निलकुमारी थपलिया बिरुद्ध प्रत्यर्थी वादीः जिल्ला काठमाडौ,का.म.न.पा. वडा न.२९ बस्ने चिनिमाया पाण्डे § प्रस्तुत मुद्दा पर्नुभन्दा अगावै साँधसँधियारले गरिदिएको बाली मुचुल्कामा विवादित जग्गामा ३४ मुरी धान उब्जनी भएको भन्ने कुरा उल्लेख भएको र उक्त मुचुल्कालाई समर्थन गर्ने गरी पुन मुद्दा परेपछि भएको बाली मुचुल्कामा पनि विवादित जग्गामा ३४ मुरी नै धान उब्जा भएको भनी साँधसंधियारहरु समेतले व्यक्त गरिदिएकोले मुद्दा पर्नु अगावै स्वतन्त्र र निष्पक्ष रुपमा भएको उपरोक्त मुचुल्काहरु तथा साँधसँधियारहरुको यस्तो कथनलाई अदालतले महत्वपूर्ण र प्राथमिक प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने । § विवादित जग्गामा २०५१ सालमा ३४ मुरी धान उव्जा भएको कुरा पुष्टि हुन आएवाट प्रतिवादी मोहीले २०५१ सालमा उब्जा भएको उक्त ३४ मुरीको आधा १७ मुरीको हुने रकम रु.६६८१र( कुतवापत नगद धरौटी राखेको देखिएकोले कानूनमा तोकिएको भन्दा घटी कुत धरौट राखेको भन्न नमिल्ने । § ४७ मुरी धान उब्जनी भएको थियो भन्ने अनुमानको आधारमा घटी रकम धरौट राखेको भनी मोही निष्काशन गर्ने गरी भूमिसुधार कार्यालयले गरेको फैसला सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण देखिएकोले उल्टी भै वादी दावी पुग्न नसक्ने । (प्रकरण नं.१६) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.रामकुमार प्रसाद शाहः पुनरावेदन अदालत पाटनको मिति २०५६।८।२४ को फैसला उपर चित्त नबुझी प्रतिवादीको न्याय प्रशासन ऐन, २०४८ को दफा १२(क),(ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरी पाउँ भनी परेको निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. मेरा नाउँमा दर्ता रहेको नुवाकोट जिल्ला सुनखानी गा.वि.स.वडा न.४ को कि.न.१ को ज.रो.१४(७(३(१ जग्गाको जंग बिलास मोही भए पनि निजको परलोक भएको र निजको हक खाने श्रीमती निलकुमारी थपलियाले २०५१ सालको बाली ठेक कुत नियमानुसार धरौटी पनि नराखेको र मलाई समेत नबुझाएकोले उक्त जग्गामा प्रति रोपनी ४ मुरीका दरले पोखरेली धान उव्जनी हुने हुँदा उक्त जग्गाको करीब ६० मुरी आयस्तामा धान दिए आधा ३० मुरी आयस्ता र धान नदिए मुरी १ को प्रचलित भाउ रु ५००। का दरले धान मुरी ३० को रु १५०००। (पन्द्र हजार)निज विपक्षीबाट भराई जग्गा कमोद गर्ने हकबाट बञ्चित गरिपाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. २०५१ सालमा कति धान भएको किटान गर्न सक्नु भएको छैन । करिब ६० मुरी भनी उल्लेख गर्नु भएको छ र सो जग्गामा धान मुरी ३४ उव्जनी भएको हुँदा सो को आधा १७ मुरी भु.सु.का. बाट निर्धारण गरेको मुल्यले हुन आउने रु ६६८१/- जग्गाधनीका नाउँमा यस कार्यालयमा धरौटी राखेको छु । विवादित जग्ग्गामा ६० मुरी धान उब्जनी हुन भन्ने वादी दावी झुट्टा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. नुवाकोट जिल्ला सुनखानी गा.वि.स.वडा न.४ को कि.न.१ को ज.रो.१४-७-३-१ जग्गामा धान बाली ५५/६० मुरी फल्छ