निर्णय नं. ७६६८ - कर्तव्यज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६६८ - कर्तव्यज्यान भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६३/०२/३९ २९५२ निर्णय नं.७६६८ ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ मानीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह संवत् २०६० सालको फौ.पु.नं. ....३१०२ फैसला मितिः २०६३।२।३१।४ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक / वादीः जि.धनुषा यज्ञभूमि गा.वि.स.वडा नं.५ बस्ने चन्दर मुखिया विनको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी / प्रतिवादीः जि.धनुषा यज्ञभूमि गा.वि.स.वडा नं.५ बस्ने राजलाल मुखिया वीन § ज्यान सम्बन्धीको १३ नं. र सो को देहाय (३) को कानूनी व्यवस्थाले ज्यान मार्ने मनसाय रही ज्यान मारेकोलाई मात्र यो नम्बर बमोजिम सजाय हुनसक्ने देखिन्छ । ज्यानमार्ने मनसाय ईवी वा योजना नभएको र तत्काल उठेको रीस थाम्न नसकी प्रहार गरेबाट ज्यान मर्न गएको अवस्थामा ज्यानसम्बन्धीको १३ नं. आकर्षित नहुने । (प्रकरण नं.३१) § ज्यान मार्ने पूर्व मनसाय रहेको वा लुकी चोरीकन हानेको जस्ता कुनै तत्वको विधमानता नभई कुनै कुरामा रीस उठेमा साधारण लात, मुक्का, लाठा, ढुंगाले हानेमा ज्यान मर्न गए १४ नं.को कसूर कायम हुने । § आफूसंग मात्र झैं झगडा भै रीस उठेमा मात्र उक्त नं. आकर्षित हुने र अन्य व्यक्तिसंगको झगडामा रीस उठी प्रहार गरेमा आकर्षित नहुने भन्न नमिल्ने । (प्रकरण नं.३२) पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता महेन्द्रबहादुर कार्की प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री खिमराज पौडेल अवलम्वित नजीरः फैसला न्या.रामकुमार प्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला उपर वादीको पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. जिल्ला धनुषा यज्ञभूमि गा.वि.स.वा.नं. ५ स्थित पुर्वमा कारी मुखियाको खेत पश्चिममा सुटा मुखियाको घर, उत्तरमा चन्दर मुखियाको खेत दक्षिण सार्वजनिक सडक यति चार किल्ला भित्र रहेको भुई तले टाटीको वेरा भएको चन्दर मुखियाको घर, सो घरको दक्षिणतर्फ ढोका सामुन्ने रगत जमीसकेको टाटाहरु रहेको, सोही ठाउँदेखि पश्चिमतर्फ घरको सुरमा रगत जमी सुकेको टाटाहरु भएको देखिएको, घर अगाडि सडकमा ४ फिट ५ इन्च लम्वाई ४ इन्च गोलाई भएको कटवाँसको लाठी रहेको देखिएको सोही ठाउँमा शिव सतीदेवीलाई कुटपीट गरी घाइते बनाएको घटनास्थल प्रकृति विवरण ठीक छ भन्ने मिति २०५७।१२।१४ गतेको घटनास्थल प्रकृति मुचुल्का। ३. जनकपुर अंचल अस्पतालको आकस्मिक सेवा भवनको वेड नं. ६ मा रहेको मृतकको लाशको टाउकोमा १ फिट लामो आघी फुलेको कपाल रहेको टाउकोको तालुको भागमा ४ इन्च गोलाईमा कपाल काटेको अवस्थामा रहेको उक्त ठाउँमा (स्टीच) टांचा लगाएको अवस्थामा रहेको, बाया खुट्टाको घुंडामा छाला खुइलिई कालो भएको देखिएको मृतकको टाउको तथा वायां खुट्टाको घुंडामा बाहेक अन्य ठाउँमा कुनै चोट पटक भएको नदेखिएको भन्ने व्यहोराको मिति २०५७।१२।१५ गतेको मृतक शिवसती देवी मुखियाको लाश जांच प्रकृति मुचुल्का । ४. विपक्षीहरु मध्ये राम लक्षण यादवले म जाहेरवालाको श्रीमती वर्ष ३० की शिवसतीदेवी मुखियासंग रु. ५००।– सापटी लिएकोमा फिर्ता माग्दा अपमान गरेको भनी रीस राखेको थिएं । मैले आफ्नो घरमा पालन पोषण गर्दै आएको १० वटा कुखुराहरुमध्ये १ वटा कुखुरा हराएकोले खोज तलास गर्दा फेला नपरेकोले मिति २०५७।१२।१४ गतेका दिन ११ बजेको समयमा आफ्नै घरमा बसी कसैलाई पनि किटान नगरी गाली गरी बसी रहेक