निर्णय नं. ७६६९ - अपुताली हक कायम दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६६९ - अपुताली हक कायम दर्ता भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६३/०१/१३ ३५८४ निर्णय नं.७६६९ ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्वत् २०५९ सालको दे.पु.नं. ९०११ फैसला मितिः २०६३।१।१३।४ lp मुद्दाः– अपुताली हक कायम दर्ता । पुनरावेदक/प्रतिवादीः जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. १० वस्ने भोलाप्रसाद ठाकुर विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ. वस्ने विन्देश्वर ठाकुर समेत § घरसारमा भएको शर्तनामाको नाम दिइएको लिखतलाई आधार मानी नगरपालिकामा सिफारिसका लागि वादी र प्रतिवादीले संयुक्त निवेदन दिएको भएपनि उक्त शर्तनामाको कागजको कानूनी हैसियत शुन्य भएकाले कानूनले नै प्रमाणयोग्य नभएको लिखतको आधारमा कसैले त्यस्तो प्रमाण समाई कही कुनै कुरा उल्लेख गरेको वा व्यक्त गरेको भएपनि प्रमाण ऐन, २०३१ को दफा ३४ वमोजिम कानूनी प्रश्नमा विवन्धनको सिद्धान्त आकर्षित हुन नसक्ने । § वादी प्रतिवादीले संयुक्त रुपमा नगरपालिकामा निवेदन दिएकै कारण प्रतिवादीले वादीलाई आधा अपुताली जग्गा दिनुपर्ने भन्न नमिल्ने । (प्रकरण नं.२३) § आफ्नो छोरा हुंदाहुदै अंश लिई छुट्टै वसेको सौतेनी छोरालाई आमाले गरिदिएको शर्तनामाको कागजको आधारमा आधा अपुताली वादीले पाउने भनी गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला अपुतालीको महलको १० नं. र रजिष्ट्रेशनको १ नं. विपरीत देखिंदा उल्टी हुने । (प्रकरण नं.२५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताहरु हरिकृष्ण कार्की र जानकी प्रसाद गिरी प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय शंभु थापा र इन्द्र खरेल अवलम्वित नजीरः फैसला न्या.राजेन्द्रप्रसाद कोइरालाः पुनरावेदन अदालत जनकपुरको मिति ०५७।२।९ को फैसला उपर न्याय प्रशासन ऐन ०४८ को दफा १२ वमोजिम मुद्दा दोहोराई पाउं भनी प्रतिवादीको निवेदन परी यस अदालतवाट दोहर्याउने निस्सा प्रदान भै पुनरावेदनको रुपमा दायर भएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ :– २. स्व. पिता अभिनन्दन ठाकुरको २ छोरा हामी वादी प्रतिवादी हौं । हामी विच कानूनी प्रकृया पुरा गर्न अंश वण्डा छुट्टाएको भए पनि मेरो अंश हकको संरक्षण वुवाले नै गर्नु भएको र वुवाको शेषपछि आमा र विपक्षी भाईले नै गरी आएका छन । वुवाको मृत्युपछि वुवाको नामको जग्गा आमाको नाममा नामसारी गरिएको हो । ०४२।७।२९ मा आमा उमेदीयावतीको मृत्यु भएकोले आमाको नामको दर्ता रहेको जग्गा जम्मा विगहा १५–९–७१/२ को आधी ७–१४–१३३र४ जग्गा हक कायम गरी मेरो नाममा दर्ता समेत गरी पाउं भन्ने समेत व्यहोराको मिति ०४३।१२।३० को फिराद पत्र । ३. स्व. पिता अभिनन्दन ठाकुरको जेठी पत्नी गुलाव देवीवाट विपक्षी विन्देश्वर ठाकुरको जन्म भएको हो । गुलावदेवीको मृत्यु पश्चात मात्र वुवाले मेरो आमालाई विवाह गर्नु भएको हो । विपक्षी वेमातृक दाजु भएकोले मेरो स्व. आमा उमेदियावतीको अपुताली खान पाउने विपक्षीलाई हकदैया नै छैन । तसर्थ फिराद दावी खारेज गरी पाउं भन्ने समेत व्यहोराको मिति ०४४।६।११ को प्रतिउत्तर पत्र। ४. उमेदियाको अपुताली खाने हकदार वादी प्रतिवादी दुवैको भन्ने समेत व्यहोराको वादीका साक्षीहरु भविछन ठाकुर, महन्थ ठाकुर भूमिहारको एकै मिलानको वकपत्र । ५. फिराद दावी झुठा हो । उमेदियाको हेरचाह समेत निजको छोरा प्रतिवादीले मात्र गरेको हुंदा वादीले अपुताली पाउने होइन भन्ने समेत व्यहोराको प