निर्णय नं. ७६७० - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६७० - भ्रष्टाचार भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६३/०३/०४ ३६२५ निर्णय नं.७६७० ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री गौरी ढकाल संवत २०५९ सालको फौ.पु.न ३२३० फैसला मिति २०६३।३।४।१ विषय : भ्रष्टाचार । निवेदकः वेनामी उजुरी निवेदनले श्री ५ को सरकार विरुद्ध विपक्ष र प्रतिवादी झापा जिल्ला चारपाने गा.वि.स. वडा नं. १ घर भै तत्कालीन महिला विकास शाखा तेह्रथुम हाल म.वि.शा.झापामा कार्यरत महिला विकास अधिकृत तारा थापा समेत § वेनामी उजुरीको आधारमा प्रस्तुत मुद्दाको कारवाही उठान भएपनि सो उजुरी हेर्दा कुन आर्थिक वर्षको परिचयात्मक कार्यक्रम संचालन गर्न विनीयोजित रकम प्रतिवादीहरूले कार्यक्रम नै संचालन नगरि मासी खाई भ्रष्टाचार गरेको हो भनी भन्न सकिने अवस्था नदेखिने । § परिचयात्मक गोष्ठीमा सहभागी व्यक्तीहरूलाई अनुसन्धानको क्रममा अनिवार्य रुपमा वुझ्नुपर्नेमा सोतर्फ अभियोजन पक्षले ध्यान पुर्याएको नदेखिएवाट प्रतिवादीहरूले विधिवत कार्यक्रम संचालन भएको भनी लिएको जिकिर अन्यथा प्रमाणीत नभएको अवस्थामा कार्यक्रम नै संचालन नगरी दावी बमोजिमको रकम हिनामिना गरि भ्रष्टाचार गरे होलान भनी अनुमान गर्न नसकिने । (प्रकरण नं.३४) निवेदक तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम विपक्ष प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत धनकुटाको २०५८।९।१६ को फैसला उपर न्यायप्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. महिला विकाश शाखा तेह्रथुमको कार्यालय प्रमुख तारा थापा, सह लेखापाल भानुभक्त ढकाल र एकजना कर्मचारी विजया लक्ष्मी सुवेदी समेत ३ जना मिलेर नयां क्षेत्र विस्तारमा परिचयात्मक कार्यक्रम वापत रु.१०,०००।– संस्थागत विकास परिचयात्मक १ दिने गोष्टि वापत रु.१५,०००।– अनुसरण भनेर रु.१४,०००।– संस्था र समिति भनि रु.२०,०००।– समेत जम्मा रु.५९,०००।– को प्रगति प्रस्तुत भएपछि शंका लागि स्थलगत वुझ्दा उक्त कार्यक्रम नभएको बुझिएको हुंदा आवश्यक कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंमा मिति २०५७।४।२५ मा दिएको निवेदन । ३. महिला विकास शाखा तेह्रथुमको कार्यालय प्रमुख तारा थापा,सहलेखापाल भानुभक्त ढकाल र एकजना कर्मचारी विजयालक्ष्मी सुवेदी मिलेर विविध कार्यक्रम गरेको देखाई रु.५९,०००।– को प्रगति प्रस्तुत गरेकोमा विविध कार्यहरू वास्तवमा नभएको हुंदा कारवाही गरी पाउं भनि यस आयोगमा परेको निवेदन आवश्यक छानविन गरी कारवाही हुन पठाउने निर्णय भएकोले निवेदनको प्रतिलिपी सहित पठाइएको व्यहोरा अनुरोध छ भनि जिल्ला प्रशासन कार्यालय तेह्रथुमलाई लेखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको च.नं ८९९ मिति ०५७।५।२२ को पत्र । ४. महिला विकाश शाखा तेह्रथुमको कार्यालय प्रमुख तारा थापा,सहलेखापाल भानुभक्त ढकाल र विजया लक्ष्मी सुवेदी ३ जना मिलेर विभिन्न कार्यक्रमहरू द्येखार्य जम्मा रु ५९,०००।– को प्रगति प्रस्तुती भएपछि शंकालागी स्थलगत वुझ्दा सो कार्यक्रमहरू नभएको बुझीएको हुंदा कारवाही गरी पाउं भन्ने मसेत व्यहोराको मिति २०५७।४।२५ को वेनामे उजुरी निवेदन । ५. महिला विकास शाखावाट तालीम गोष्ठि मा सहभागी गरायएको थियो थिएन गोष्ठि सन्चालन भए नभएको खुलाई पठाई दिनु हुन अनुरोध छ भनि गा.वि.स.को कार्यालय ओख्रे, म्या