निर्णय नं. ८२१६ - बेरीतको आदेश बदर गरिपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२१६ - बेरीतको आदेश बदर गरिपाऊँ भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०८/११ ३६९६ निर्णय नं. ८२१६ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला निवेदन नं. ०६६ –RC– ००५२ आदेश मितिः २०६६।८।११।५ विषय :– बेरीतको आदेश बदर गरिपाऊँ । निवेदकः बाँके जिल्ला नेपालगञ्ज नगरपालिका वडा नं. ६ मा घर भै बाँके जिल्ला श्रीराम मा.वि. बैजनाथपुर स्थित नि.मा.वि. स्तरको शिक्षक पदमा कार्यरत टेकेन्द्रसिँह ठकुरी विरुद्ध विपक्षीः कर्मचारी सञ्चयकोष केन्द्रीय कार्यालय, पुल्चोक ललितपुर मुद्दा :– कीर्ते । § एक–आपसमा फूट होइन मित्रता, सहकार्य र ऐक्यवद्धताको चाहना राखी एक–आपसमा सामाजिक सद्भाव कायम राख्ने मुद्दाका पक्षहरूलाई न्यायालयले प्रचलित कानूनको परिधिभित्र रही प्रोत्साहन दिनुपर्ने । (प्रकरण नं.३) § शुरु अदालतको फैसलाउपर पुनरावेदन परेपछि उक्त फैसला अन्तिम नभएको र मुद्दा अन्तिम नभई विचाराधीन रहेको मुद्दामा मिलापत्र गर्न कानूनले रोक नलगाएको भएपछि कानूनले तोकेको दस्तूर राखी मिलापत्र गर्न हुने । (प्रकरण नं.४) § कानूनको प्रावधानमा कुनै अवस्थाको सम्बन्धमा किटानी रुपमा उल्लेख गरेको कुरालाई बाध्यात्मकरुपमा पालना गर्नैपर्छ । तर साविकको व्यवस्था हटाई नयाँ कानूनी व्यवस्था कायम भएकोमा भने अन्यथा अर्थ गर्न नहुने । (प्रकरण नं.६) § कानूनमा यस कुरामा यसो गर्नु भनी स्पष्ट उल्लेख नभएको अवस्थामा आत्मपरकढंगले संशोधित व्यवस्थापूर्वको कार्यविधिगत अवस्थालाई नै अनुभूत गरी समकालीन व्याख्या गरिनु हुँदैन । साविकमा रहेको अवस्थालाई परिमार्जन वा संशोधन गर्नुको अर्थ सो व्यवस्था परिस्थिति र समयानुकूल सुहाउँदो नभएको भनी सो सम्बन्धमा नयाँ व्यवस्थाको सोच हो र नयाँ अवधारणा लागू भएपछि साविकको अवधारणा परिवर्तित परिप्रेक्ष्यमा समाप्त भएको सम्झनु पर्ने । (प्रकरण नं.८) निवेदक तर्फबाटः विद्वान अधिवक्तात्रय श्री रक्षा वस्याल, श्री विशेश्वरप्रसाद गौतम र गोविन्द शर्मा विपक्षी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः अदालती बन्दोवस्तको १८३(२) नं. अ.बं. १८३ नं. आदेश यसमा सम्पूर्ण मिसिल कागजात अध्ययन गरी निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू रक्षा बस्याल, विशेश्वरप्रसाद गौतम र गोबिन्द शर्माले गर्नु भएका बहस सुनियो । वादी कर्मचारी सञ्चयकोष, केन्द्रीय कार्यालय, पुल्चोक ललितपुर र प्रतिवादी यिनै निवेदक टेकेन्द्र सिंह ठकुरी भएको कीर्ते मुद्दामा पुनरावेदन अदालत पाटनले गरेको आदेशउपर मुलुकी ऐन, अदालती बन्दोबस्तको १७ नं. बमोजिम परेको निवेदनमा यस अदालत संयुक्त इजलासबाट मिति २०६६।७।१५मा भएको आदेशअनुरूप यस इजलासमा पेश भएको देखियो । प्रस्तुत मुद्दामा निवेदकले चलन चल्तीमा नरहेको निम्न माध्यमिक विद्यालय नामाङ्कन छापसमेत बनाई रमेशप्रसाद श्रीवास्तवको नामबाट आफंैले ल्याप्चे र हस्ताक्षर समेत गरी विशेष सापटीको आवेदन फाराम २०५९।९।१८ मा प्रस्तुत गरी कोष समेतलाई झुक्याई रमेशप्रसादको नाममा जम्मा भएको कोषको रकम रु.१,०३,२००।– २०५२।१०।३ मा बुझी लिई कीर्ते कागजको १ र ७ नं. परिभाषाभित्र पर्ने कार्य गरेकाले कीर्ते कागजको ७ नं. बमोजिम सजाय गरी झुक्याई कीर्ते गरी लिएको विगो र सोको खुद हर्जानासमेत दिलाई भराई पाऊँ भनी कर्मचारी सञ्चयकोष केन्द्रीय कार्यालयले यी निवेदकउपर काठमाडौँ जिल्ला अदालतमा फिरादपत्र दायर