निर्णय नं. ८२१८ - मोही लगत कट्टा ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२१८ - मोही लगत कट्टा । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०४/१६ २८०९ निर्णय नं. ८२१८ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०६४ सालको दे.पु.नं. ०४१८ फैसला मितिः २०६६।४।१६।६ मुद्दाः मोही लगत कट्टा । पुनरावेदक प्रतिवादीः जिल्ला वाँके कम्दी गा.वि.स. वडा नं. २ बस्ने बदलु तेली विरुद्ध प्रत्यर्थी वादीः बाँके नेपालगञ्ज नगरपालिका वडा नं. १५ बस्ने रामलली बाहुनी शुरु निर्णय गर्नेः अमृतकुमार कर्माचार्य पुनरावेदन फैसला गर्नेः मा.मु.न्या.कृष्णप्रसाद उपाध्याय मा.न्या.श्री जागेश्वर सुवेदी § गैरनेपाली व्यक्तिलाई जुन मितिदेखि नागरिकता प्राप्त हुन्छ सोही मितिदेखि नेपाली नागरिकको हैसियत प्राप्त हुने अधिकार पनि सोही मितिबाट प्रारम्भ हुने । § प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र अंगीकृत भएकोले निजले जन्मसिद्ध वा वंशजको नाताले पाउने नागरिकसरह कानूनी हक जन्मदेखि नै थियो भनी मान्न नमिल्ने । § कानूनी अधिकारको उपभोग गर्न पाउने अधिकारको जन्म निजले अंगीकृत नेपाली नागरिकता प्राप्त गरेको मितिदेखि प्रारम्भ हुने भएकोले नागरिकता प्राप्त हुनु अगावै भएका कारवाही र फैसलाहरू अन्यथा मान्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री गोपाल पाण्डे प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी अवलम्वित नजीरः सम्बद्ध कानूनः § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(५)(१) फैसला न्या. अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम पर्न आएको निवेदन यसै अदालतको क्षेत्राधिकार भित्रको रही मुद्दा दोहोर्‍याई हेरी पाउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः– जग्गाधनी म रामलली बाहुनीका नाउँमा दर्ता रहेको जिल्ला बाँके, कम्दी गा.वि.स. वडा नं. २ कि.नं. २०५ को ज.वि. १–१७–३ जग्गामा कम्दी गा.वि.स. वडा नं. २ बस्ने सागर तेली नाउँमा मोही महलमा दर्ता छ । निजको मृत्युपश्चात् नेपाली नागरिक मोहीका हकवाला कोही नभएकोले मोही लगत कट्टा गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको दावी । वादीको दावी झूठा हो । उक्त जग्गाको मोही हामी प्रतिवादीहरूको बाबु रामसागर तेली हुन । निजको परलोक को र आमा रामरती तेलीको समेत मृत्यु भै सकेकोले हकवाला छोरा हामी दुई भाई वदलु तेली र ननकउ तेली हौं । जग्गा जोतकोड गरी बाली बुझाउँदै आएका छौं । मोहीले गर्नुपर्ने दायित्व पूरा गरी आएका छौं । बाबु रामसागर तेलीले प्राप्त गरेको अंगीकृत नागरिकता भएको हुँदा कार्यवाही चलिरहेकोले नामसारीको कारवाही चलाउँदा नागरिकता प्रमाण पेश गर्ने छौं भन्ने समेत व्यहोराको प्रतिवादी बदलु तेलीको प्रतिउत्तर पत्र । वादीले प्रतिवादी अनागरिक भएकोले मोही लगत कट्टा गरिपाऊँ भन्ने माग गरेको हुँदा स्व. सागर तेलीको हकवाला यी प्रतिवादीलाई नेपाली नागरिकताको प्रमाणपत्र पेश गराउनु भन्ने मिति २०६०।५।२८ मा नागरिकता प्राप्त गरेको सोको फोटोकपी पेश गरेका छौं । हामीहरूले हालसम्म नागरिकता प्रमाणपत्र प्राप्त गर्न नसकेकोले पेश गर्न असमर्थ छौं भन्ने समेत व्यहोराको मिति २०६०।६।१३ को निवेदन रहेछ । साथै जिल्ला प्रशासन कार्यालय, बाँकेको पत्रानुसार कम्दी गा.वि.स. वडा नं. २ बस्ने मृतक रामसागर तेलीको छोरा वदलु तेली र ननकहु तेली समेत रहेको भन्ने जिल्ला प्रशासन कार्यालय बाँकेको च.नं. १७६१ मिति २०६०।६।२