निर्णय नं. ७६७१ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६७१ - अंश चलन भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६३/०३/०७ ४१९९ निर्णय नं.७६७१ ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत २०६० सालको दे.पु.न ९००९, ९०४१ फैसला मितिः २०६३।३।७।४ मुद्दा : – अंश चलन । पुनरावेदक / वादीः का.जि.का.म.न.पा.वडा नं. २४ भोसीको टोल वस्ने जयराम तण्डुकार को मु.स.गर्ने शान्ति तण्डुकार समेत विरुद्ध विपक्ष / प्रतिवादीः ऐ ऐ वस्ने शान्ता तण्डुकार पुनरावेदक / प्रतिवादी का.जी.का.म.न.पा. वडा नं. २४ भोसीको टोलवस्ने सुश्री शान्ता तण्डुकार विरुद्ध विपक्ष / वादीः ऐ ऐ.वस्ने जयराम तण्डुकारको मु.स.गर्ने शान्ती तुण्डुकार समेत § २०३५।७।६ मा फिराद दिदा वादीका वावु ओमकार राम र आफु विचमा मानो छुटृीएको र अंशवण्डा समेत भएको भनी सगोलमै रहेको तथ्यलाई स्विकारी उक्त लिखत आफ्नो भाग जति बदर गरि पाउ भन्ने दावी लिएको देखिदा हाल प्रतिवादी शान्ता तण्डुकारले वण्डा भैसकेको भनि जिकिर लिन निज प्रमाण ऐन २०३१ को दफा ३४ वमोजिम विवन्धित हुने । § वादी प्रतिवादी विच विधिवत रुपमा अंशवण्डा भएको ठोस रुपमा प्रमाणीत नभएको अवस्थामा वादीहरुले प्रतिवादीवाट अंश पाउने । (प्रकरण नं.१४) § वादी प्रतिवादीहरु अंशियार भै यिनीहरु बीच विधिवत रुपमा वण्डा भएको अवस्था नभएको र वादीहरुका पीता अंश लिई छुटृी भिन्न भैसकेको भन्ने जिकिर लिने प्रतिवादीले अन्यथा प्रमाणीत गर्न नसकेवाट केवल प्रतिवादीले वादीका वावु अंश छुटृीई भिन्न भएको भनि लिएको प्रतिउत्तर जिकिर कै आधारले मात्रै अंश जस्तो नैसर्गिक अधिकारवाट वादीहरुलाई वन्चित गर्न नमिल्ने । (प्रकरण नं.१६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्ष वादी तर्फवाटः विद्वान अधिवक्ता श्री लोकभक्त राणा अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५९।८।१० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम वादी प्रतिवादीहरुको छुट्टा छुट्टै पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. वाजे रामवहादुर तण्डुकार र वज्यै तरिनानी तण्डुकारवाट हाम्रो पिता ओमकार तण्डुकार नाउमा तण्डुकार र शान्तातण्डुकार समेत ३ छोरा छोरी जायजन्म भएकोमा उमा तण्डुकारको विवाह भै सकेको वाजे वज्यैको आफ्ना कालगतिले परलोक भएको विपक्षी शान्ता तण्डुकार विवाह नभै ३५ वर्ष नाघी मेरा पिता र विपक्षी २ छोरा हुनु हुन्छ । मेरो पिता ओमकार राम २०४० सालमा आफ्ना कालगतिले परलोक भएको र विपक्षी र हाम्रा वावुको विचमा अंशवण्डा नभएको हुंदा अंशवण्डाको ३५ नं वमोजिम यो फिराद गर्न आएको छौ । विपक्षीवाट अंशवण्डाको २०, २१, २२, २३, २४ नं .वमोजिम विपक्षीवाट श्री सम्पत्तिको तायदाति फांटवारी लिई फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायमगरी विपक्षी शान्ता तण्डुकार र हाम्रो पिता ओमकार राम तण्डुकारको २ अंश लगाई हाम्रो वावु ओमकाररामको भागमा पर्न आउने अंश छुट्याई अड्डवाट चलन समेत चलाई पाउं भन्ने वादीको फिराद दावी । ३. आमा तरिनानी तण्डुकारले मिति ०४१।६।३ मा मलाई शेषपछिको वकसपत्र पारीत गरी दिनु भएको छ । आमा तरिनानीको ०४६।७।२ मा परलोक हुनु भएपछि मेरो हुन आएको जग्गाहरु समेत र अंशवाट पाएको सम्पत्ति मात्र भोगी आएको छु आमा तरीनानी तण्डुकार र वादीको वावु ओमकारराम तण्डुकारको २०११ साल देखि नै अलग वसेको हुँदा वादी दावी झुठृा हो फ