निर्णय नं. ८२१९ - उत्प्रेषणयुक्त परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२१९ - उत्प्रेषणयुक्त परमादेश । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०२/२० ३१२७ निर्णय नं. ८२१९ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री अवधेशकुमार यादव संवत् २०६५ सालको WO ...००४४ आदेश मितिः २०६६।२।२० विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौँ जिल्ला का.म.न.पा.वडा.नं. ७ घर भई काठमाडौँ स्कूल अफ ल का पूर्व विद्यार्थी अधिवक्ता मुकेश ढुँगाना विरुद्ध विपक्षीः पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर समेत § विपक्षी नै नबनाएकाको हकमा अदालतको आदेश वा निर्णयले असर पर्ने तेस्रो पक्षलाई सुनुवाईको मौका नदिई कुनै आदेश जारी गर्नु प्राकृतिक न्यायको सिद्धान्त समेतको प्रतिकूल हुन जाने । (प्रकरण नं.४) § नेपाल कानून व्यवसायी परिषद्बाट पुरस्कार आफूले पाउनु पर्ने कुन कानूनी र संबैधानिक हक हो भन्ने सम्बन्धमा स्पष्ट र सान्दर्भिक रुपले आफूले उपचार प्राप्त गर्ने कानूनको सही छनौट गरी दावी लिन सक्नुपर्ने । (प्रकरण नं.५) § प्रथम भएको कुराको घोषणा अदालतले गर्ने नभई सबूद प्रमाण हेरी विश्वविद्यालयले नै घोषणा गर्ने विषयवस्तु भएको हुँदा यस्तो अवस्थामा अदालतले घोषणा गर्न नहुने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री मुकेश ढुंगाना तथा वच्चुसिँह खड्का विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री तुलसी भटृ अवलम्वित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३, २१, ३२, १०७(२) आदेश न्या.अनूपराज शर्माः नेपालको अन्तरिम संविधान २०६३ को धारा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत मुद्दा यसै अदालतको अधिकारक्षेत्र भित्रको देखिँदा मुद्दाको संक्षिप्त तथ्य निर्णय यसप्रकार छः– पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई सञ्चालन भइरहेको भक्तपुर स्थित काठमाडौँ स्कुल अफ ल मा शैक्षिक वर्ष २०६३/०६४ को २ वर्षे एल.एल.एम मानव अधिकार तथा लैंगिक न्याय विषयको समूहमा अध्ययन गरेको थिए । काठमाडौँ स्कुल अफ ल मा पूर्वाञ्चल विश्वविद्यालयको प्रकाशित सूचना बमोजिम निर्धारित समयमा नै परीक्षा दिई शोधपत्र समेत मिति २०६४।५।१९ मा नै बुझाई। सोको मौखिक परीक्षा समेत मिति २०६४।७।९ मा नै विश्वविद्यालयले तोकेको समय भित्र पुरा गरी म निवेदकले उत्कृष्ट पहिलो स्थान हासिल गरेको थिए । मिति २०६४।९।२१ मा काठमाडौँ स्कुल अफ लले शैक्षिक शत्र (२००५–२००७) को Best Academic Performance Award म निवेदकलाई प्रदान गरिसकेको छ । प्रत्यर्थी विश्वविद्यालयबाट मलाई प्रदान गरिएको शैक्षिक प्रमाणपत्र तथा सोही विश्वविद्यालयले प्रदान गरेको मिति २०६४।१२।१९ को पत्रबाट समेत प्रष्ट रहेको छ । नेपाल कानून व्यवसायी परिषद्ले प्रत्येक विश्व विद्यालयका कानून विषयमा स्नाकोत्तरमा उत्कृष्ट अङ्क ल्याई प्रथम हुने विद्यार्थीलाई मिति २०६५।४।२७ गते कानून व्यवसायी परिषद् पुरस्कारद्वारा सम्मान गर्नको लागी भनी मिति २०६५।३।२५ का दिन पूर्वाञ्चल विश्वविद्यालयको नाममा उल्लिखित पुरस्कार प्रदान गर्ने प्रयोजनार्थ २०६४।०६५ मा एल.एल.एम परिक्षामा उत्तिर्ण भई प्रथम स्थान हासिल गर्ने विद्यार्थीको विवरण उपलब्ध गराई दिनु भनी लेखेको पत्रको जवाफमा मिति २०६५।४।१९ गते पूर्वाञ्चल विश्वविद्यालयले नेपाल कानून व्यवसायी परिषद्लाई सो पुरस्कारको लागी उपलब्ध गराएको नामावलीमा मेरो नाम समावेश नगरी पूर्वाञ्चल विश्वविद्यालयमा रजिष्ट्रेशन नम्बर ०२७–५–२–०३१३१–२००५ भएका राजन अधिकारीको नाम सिफारिश गरे