निर्णय नं. ८२२० - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२२० - कर्तव्य ज्यान । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०९/०६ ३६१२ निर्णय नं. ८२२० २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बलराम के.सी. संवत् २०६१ सालको फौ.पु.नं. ३२७० संवत् २०६१ सालको साधक नं. २९२ फैसला मितिः २०६२।९।६।४ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः नुवाकोट जिल्ला, खानीगाउँ गा.वि.स. वडा नं. ४ घर भै कारागार शाखा जगन्नाथ देवल काठमाडौँमा थुनामा रहेकी राममाया राई विरुद्व प्रत्यर्थी वादीः प्र.स.नि. हरिवोल के.सी. को प्रतिवेदनले श्री ५ को सरकार विरुद्व प्रतिवादीः राममाया राई शुरु फैसला गर्नेः मा.जि.न्या. श्री बलरामप्रसाद अधिकारी पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या. श्री लक्ष्मणमणी रिसाल § प्रमाणको आधारमा दोषी Guilty ठहर भएपछि सजाय तोक्दा विभिन्न कुराहरू लगायत कति कैद तोक्दा न्यायसंगत हुन्छ भन्ने कुरा पनि विचार गर्नुपर्ने । (प्रकरण नं.३) § अपराध गर्नेले अपराध माफिकको सजाय पाउनु पर्छ । अ.वं. १८८ नं. को प्रयोग भनेको Exception र प्रयोग नगर्ने चाहि Rule को रुपमा लिनुपर्ने । (प्रकरण नं.५) § निर्दोष नावालक बच्चाहरू हेरचाहविहीन अवस्थामा Orphan सरह रहेको कारणले गर्दा सजाय घटाई जेलमुक्त गर्दा नावालक बच्चाहरूको हेरचाह संरक्षण लालनपालन शिक्षादिक्षा हुने कारणले गर्दा प्रतिवादीलाई अ.वं. १८८ नं. को आधारमा सजाय घटाउदा न्याय पर्न जाने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री मोहनबहादुर बञ्जारा क्षेत्री प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः अ.वं. १८८ नं. फैसला न्या. बलराम के.सी.: पुनरावेदन अदालत पाटनको मिति २०६१।५।१० को फैसलाउपर न्याय प्रशासन ऐन ०४८ को दफा ९(१)(ख) बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः- मिति २०५९।११।२७ गते यस जिल्लाको विभिन्न ठाउँमा वस्तुस्थिति बुझ्दै जाने क्रममा नु.जि.खानीगाउँ गा.वि.स. वडा नं. ४ स्थित सालनाल सहितको नवजात शिशु मृतक अवस्थामा फेला परेको । बुझ्दै जाँदा उक्त शिशु उल्लिखित गा.वि.स. मा बस्ने राममाया राईले जन्माई फालेको भन्ने बुझिन आएको हुँदा निजलाई पक्राउ गरी मृतक नवजात शिशुको लास कानूनबमोजिम गरिपाऊँ भन्ने प्र.स.नि. हरिवोल के.सी. ले मिति २०५९।११।२७ मा दिएको प्रतिवेदन । पूर्वमा चन्द्रप्रसाद ढकालको खेत, पश्चिममा पानीको कुलो उत्तरमा चन्द्रप्रसाद ढकाल र माधव जोशीका खेत र दक्षिणमा चन्द्रप्रकाश ढकालको खेती ४ किल्लाभित्र १ फीट ५ ईञ्च लामा भएको भर्खरै जन्मिएको बच्ची (स्त्री लिङ्ग) मतवाली जस्तो देखिने बच्चाको लास रहेको कपाल सजिलैसँग उखेल्दा नउखेलीने दुवै आँखा बन्द रहेको, नाकको दुवै प्वालबाट रगत तथा फिज निस्किएको, मुख बन्द रहेको पेटको अवस्था सामान्य रहेको नाल नकाटिएको अवस्थामा रहेको दुवै खुट्टाको तिघ्रा तथा पिडुलाको भाग पानीले भिजी ढाडिएको जस्तो देखिएको, घाँटीमा छाला खोस्रिएको जस्तो देखिएको लास देखि १ फीट दक्षिणमा नाभीमा जोडिएको साल रहेको मलद्वारमा कालो लेउजस्तो पदार्थ जस्तो जमेको भन्ने समेत व्यहोराको घटनास्थल एवं लाशको विवरण । मिति २०५९।११।२७ गते बच्चा नवजात शिशु जन्माई बच्चाको घाँटी थिचि मारेको हुँ । बच्चा मरेपछि कोपरामा बच्चालाई हाली म सुत्ने खाटमुनी लुकाई राखेँ । भुईमा लागेका रगतलाई लिपपोत गरिदिएँ । त्यसप