निर्णय नं. ७६७३ - करार बमोजिम क्षतिपर्ति रकम भराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६७३ - करार बमोजिम क्षतिपर्ति रकम भराई पाउँ भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६२/१२/१३ ८४६४ निर्णय नं.७६७३ ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बत २०६२ सालको दे.पु.नं.९७४५ फैसला मितिः २०६२।१२।१३।१ मुद्दाः– करार वमोजिम क्षतिपूर्ति रकम भराई पाउँ । पुनरावेदक प्रतिवादीःजिल्ला दोलखा भि.न.पा. वडा न.२ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.४ बस्ने बीरशंकर कसाई बिरुद्ध प्रत्यर्थी वादीः का.प.जि.मच्छेपौवा गा.बि.स. वडा नं.४ घर भई हाल का.जि.का.म. न.पा.वडा नं.४ बस्ने अनिता लामा § वादी प्रतिवादी बीचमा जग्गा पारित गरी लिने दिने बिषयमा करार भै बैना लिनुदिनु गरेको सम्बन्धी कानूनी व्यवस्था हेर्दा करार ऐन, २०५६ को दफा ४०(१) ले कुनै बिक्रेताले मुल्य लिई कुनै बस्तु क्रेतालाई तत्काल हस्तान्तरण गर्न वा भविष्यमा हस्तान्तरण गर्न मन्जुर गरेकोमा बस्तु बिक्रि सम्बन्धी करार भएको मानिने । § बस्तु भन्नाले खरिद बिक्रि हुन सक्ने कुनैपनि चल सम्पति सम्झनु पर्ने । § प्रस्तुत मुद्दामा जग्गा खरिद बिक्रि सम्बन्धमा करार भएको र जग्गा चल सम्पति भित्र नपर्ने हुँदा त्यस्तो करारीय दायित्व अदालतबाट पुरा गराउन कानूनतः नमिल्ने । § करार ऐन, २०५६ मा करारमा दुईपक्ष बीच कुनै काम तोकिएको समयमा गर्न अथवा नगर्नको लागि सम्झौता भएको हुनुपर्ने, करार गर्ने पक्षहरु बीच करारीय दायित्व पुरा नगरे वापत क्षतिपूर्तिमा दावी गर्नुपर्ने भन्ने व्यवस्था भएकोमा वैना रकम लिनुदिनुलाई करारको परिभाषा भित्र राख्न नमिल्ने । § वादीबाट प्रतिवादीले वैना स्वरुप पेश्की लिएको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको हुँदा उक्त रकम वादीले प्रतिवादीबाट भराई लिने पाउने । (प्रकरण नं.१४) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्वित नजीरः फैसला न्या. शारदाप्रसाद पण्डितः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ वमोजिम पुनरावेदन अदालत, पाटनको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- २. बीरशंकर कसाईका नाउँमा हकभोग रहेको का.जि.का.म.न.पा.वडा नं.४ बालुवाटारको कि.नं.८४८ को क्षेत्रफल ०–५–० जग्गाको पूर्व तर्फबाट क्षेत्रफल ०–३–० जग्गाको प्रति आनाको रु.७०,००।– को दरमा २०५७।७।९ गते भित्र पारित गरी दिन्छु भनि बैना रु.६०,०००। मिति २०५७।६।१३ गतेका दिन करारनामा गरेकै दिन बुझि लिई करारनामा सही छाप गरेको थियो । बिपक्षी र राम कुमार पाण्डेसंग लेनदेन मुद्दा परि सम्मानित पुनरावेदन अदालत, पाटनको मिति २०५७।३।१ गते फैसला भई बिपक्षीबाट साँवा व्याज समेत असुल हुने ठहराई फैसला भएको थियो। म फिरादीसंग करार वमोजिमको बाँकी रकम लिएर जग्गा पारित गराई दिनु पर्नेमा हालसम्म नगराई दिएको हुँदा निजलाई मिति २०५७।१२।२१ गते घरमै तपाईको जग्गा फुकुवा गर्नु होस र उक्त जग्गा मेरो नाउँमा रजिष्ट्रेशन पारित गरी दिनु होस भनि पटक पटक भन्दा पनि बिपक्षीले कुनै वास्ता नै नगरी करारपत्रको म्याद व्यतित गराउनु भएकोले सम्मानित अदालतमा आएको छु । प्रतिवादीले करार वमोजिमको दायित्व पुरा नगरी बैना वापत रु.६०,०००। पचाउने मनसाय गरेको हुँदा यो फिराद गर्न आएको छु । म र प्रतिवादी विच २०५७।६।१३ गते करार वमोजिमको जग्गा रजिष्ट्रेशन पारित गरी लिने दिने शर्त भएकोमा उक्त शर्त पुरा नगरेकोमा करारपत्रको