निर्णय नं. ८२२२ - जालसाजी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२२२ - जालसाजी । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०३/०८ ६७५८ निर्णय नं. ८२२२ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती संम्वत् २०६० सालको फौ.पु.नं .............३५४१ फैसला मितिः २०६६।३।८।२ मुद्दाः जालसाजी । पुनरावेदक वादीः जि.रुपन्देही गोनाहा गा.वि.स.वडा नं. ८ बस्ने बबुन्ना तेली विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला, रुपन्देही, गोनाहा गा.वि.स.वडा नं ८ बस्ने पुदन तेली समेत शुरु फैसला गर्नेः जि.न्या.श्री देवेन्द्रगोपाल श्रेष्ठ पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री दीपकराज जोशी मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी § पैतृक सम्पत्ति आफ्नो नाममा एकलौटी नामसारी गराउँदा आधार लिएको गा.पं.को सिफारिश नै जालसाज घोषित भइसकेको अवस्थामा त्यस्तो दूषित सिफारिशका आधारमा भएको नामसारी निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । § कानूनी मान्यताविहीन नामसारी दर्ताका आधारमा प्राप्त भएको जग्गा अन्य व्यक्तिलाई हस्तान्तरण गर्दैमा त्यसले समेत कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ५) § संयुक्त दर्तावाल विदेशमा रहेको जिउँदो व्यक्तिलाई मरेको भनी सिफारिश गराई सोही आधारमा कारवाही चलाई आफ्नो नाममा जग्गा दर्ता गराई विक्री गरिएको कार्यलाई हदम्याद नाघेको भनी त्यस्तो कपटपूर्ण व्यवहारमा अदालतले औचित्यको छाप लगाई दिनु कदापि न्यायसंगत नहुने । § हदम्याद न्यायको प्रयोजनका लागि हो, नियोजनका लागि होइन । शत प्रतिशत झुठ्ठो कार्यलाई दूषित मान्नुपर्ने हुन्छ । दूषित व्यवहार सदर हुन नसक्ने । (प्रकरण नं. ६) § कार्य जालसाजी हुने परिणाम जालसाजी नहुने अर्थ गर्नु न्यायसंगत नहुने । § जालसाजी क्रिया हरअवस्था र हररुपमा जालसाजी नै हुन्छ । जालसाजी भनिनु त्यस कार्यलाई निष्क्रिय र निरर्थक घोषित गरिनु हो । जालसाजी क्रियाको लाभ जालसाजी गर्नेले प्राप्त गर्न सक्दैन । जालसाजी ठहरेको कार्यबाट कसैको हकाधिकार सिर्जना हुन नसक्ने । (प्रकरण नं. ७) § नामसारी निर्णय नै दूषित एवं कानूनी मान्यताशून्य भइरहेको अवस्थामा त्यस्तो दूषित नामसारी निर्णयका आधारमा प्राप्त गरेको जग्गा अर्को कुनै व्यक्तिलाई हस्तान्तरण गरेकोमा त्यसबाट असर पर्ने व्यक्तिले भएगरेको मितिबाटै हदम्यादभित्र नालिस गर्नु पर्दछ भनी व्याख्या गर्नु न्यायसंगत नहुने । (प्रकरण नं. ८) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री गणेशप्रसाद खरेल प्रत्यर्थी प्रतिवादीतर्फबाटःविद्वान अधिवक्ता श्री शरदप्रसाद कोइराला अवलम्वित नजीरः सअ वुलेटिन, २०५८, पूणाङ्क २३४, पृष्ठ ७ सम्बद्ध कानूनः § मुलकी ऐन लेनदेन व्यवहारको ४० नं. § अ.वं. ३६ नं. § कीर्ते कागजको ३ र १० नं. फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत, बुटवलको मिति २०५९।२।१५ को फैसलाउपर वादीको तर्फबाट दोहोर्‍याई पाऊँ भनी दर्ता भएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यसप्रकार छ :– वसालत तेलीको जेठा छोरा पुदन तेली, माहिलो म वादी बबुन्ना तेली कान्छो मुख्तार तेली हौं । हामी सगोलमा थियौं । २०४३।२।२५ गते मुख्तार तेलीको परलोक भएपछि म भारत रहेको अवस्थामा जालसाजबाट मृत्यु दर्ता प्रमाणपत्र बनाई सँयुक्त दर्ता रहेको जग्गा आफ्नो नाममा एकलौटी नामसारी दर्ता गरी मिति २०४६।३।२१ मा काशीराम मल्लाहलाई राजीनामा पारित गरेकाले जालसाज गरे