निर्णय नं. ७६७४ - रोक्का बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६७४ - रोक्का बदर भाग: ४८ साल: २०६३ महिना: असार अंक: ३ फैसला मिति :२०६३/०३/१२ ४०१९ निर्णय नं.७६७४ ने.का.प.२०६३ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त ईजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०० सालको दे.पु.नं.८७५३, ८८६३ फैसला मितिः २०६३।३।१२।२ मुद्दाः– रोक्का बदर । पुनरावेदक विपक्षीः श्री पिपल्स फाइनान्स के.के.एम भवन त्रिपुरेश्वर, काठमाडौं बिरुद्ध प्रत्यर्थी निवेदकः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.१९ बस्ने कमला राजोपाध्याय पुनरावेदक बिपक्षी ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.१९ बस्ने उद्धवराज उपाध्यायको मु.स. गर्ने सकुन्तला राजोपाध्याय बिरुद्ध प्रत्यर्थी निवेदकः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.१९ बस्ने कमला राजोपाध्याय § पिपल्स फाइनान्स लिमिटेडको पत्रको आधारमा मालपोत कार्यालयले बिवादित जग्गाहरु रोक्का राख्ने गरेको कार्यलाई मालपोत कार्यालयको निर्णय होइन भन्न नमिल्ने । § मालपोत ऐनको दफा ३१ ले स्पष्ट रुपमा ऐनको ८ख वमोजिम मालपोत कार्यालयले गरेको निर्णय उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने छ भनी व्यवस्था गरेको अवस्थामा सोही ८ख को उपदफा (३) वमोजिम सो कार्यालयले रोक्का राखेको निर्णय उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्न सक्दैन भनी तर्क गर्न नमिल्ने । (प्रकरण नं.१२) § कमला राजोपाध्यायको अंश हकको जग्गा निजको सहमति र मन्जुरी विना नै अंश हकमा असर पर्ने गरी उद्धवराज उपाध्यायले धितो जमानत दिई पिपल्स फाइनान्स लिमिटेडको पत्रको आधारमा मालपोत कार्यालयले रोक्का गरेको कार्यलाई कानून अनुरुपको कार्य भन्न नमिल्ने। (प्रकरण नं.१३) पुनरावेदक विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री विजयप्रसाद मिश्र र श्री नवराज तिमिल्सिना प्रत्यर्थी निवेदक तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.राजेन्द्रकुमार भण्डारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– २. उद्धवराज राजोपाध्यायले पिपल्स फाइनान्स लिमिटेडलाई सुरक्षण वापत जेथा जमानत दिएकोले ल.पु.जि.ल.पु.उम. न.पा. वडा नं.१९ कि.नं.१३४ को क्षेत्रफल ०–३–०–१ घर जग्गा र ऐ.कि.नं.१३९ को क्षेत्रफल ०–५–१–२ जग्गा कही कतैबाट रोक्का रहेको नभएमा यस पिपल्स फाइनान्स लिमिटेडको फुकुवा प्राप्त नहुन्जेल सम्मका लागि कोही कसैलाई कुनै व्यहोराले दान दातव्य, बिक्रि बितरण, नामसारी, दाखेल खारेज गर्न नपाउने गरी रोक्का राखि सो को जानकारी दिन अनुरोध छ भन्ने समेतको पिपल्स फाइनान्सले मालपोत कार्यालय, ललितपुरमा लेखेको ०५६।३।२१ को पत्र । ३. पिपल्स फाइनान्स लिमिटेडको पत्र अनुसार रोक्काको लागि लेखि आएका कित्ता जग्गाहरु रोक्का राखिएको छ भन्ने समेतको मालपोत कार्यालय, ललितपुरको मिति २०५६।३।२१ च.न..६७९१ का पत्र । ४. ललितपुर जिल्ला अदालतको मिति २०५७।३।६ को फैसला पुनरावेदन अदालत, पाटन ललितपुरको मिति २०५८।४।१८ को फैसला र ललितपुर जिल्ला अदालतको मिति २०५९।३।११ मा भएको बण्डा मुचुल्का वमोजिम मेरो हक भोग चलन भएको ल.पु.जि.ल.पु.न.पा.वडा नं.१९ कि.नं.१३४ को जग्गा मधये दक्षिण तर्फको आधा ०–१–२–०... जग्गा र ऐ.ऐ.कि.नं.१३९ क्षेत्रफल ०–५–१–२ को घर जग्गा मध्ये पश्चिम तर्फको आधा क्षेत्रफल ०–२–२–३ घर जग्गाको हदसम्म प्रत्यर्थी उद्धवराज र पिपल्स फाइनान्स लिमिटेडको मिलोमतोबाट सुरक्षण लेखि लिने दिने कार्य र प्रत्यर्थी पिपल्स फाइनान्स लिमि