निर्णय नं. ८२२४ - परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२२४ - परमादेश । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०२/१७ ३५५५ निर्णय नं. ८२२४ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री रणबहादुर वम संवत् २०६२ सालको रिट नम्वर ३२१५ आदेश मितिः २०६६।२।१७।१ विषयः परमादेश । निवेदकः धनुषा जिल्ला भुतही पटेर्वा गा.वि.स.वडा नं. ७ वस्ने श्याम किशोरलाल कर्ण विरुद्ध विपक्षीः सञ्चालक समिति, जनकपुर चुरोट कारखाना लि. जनकपुर समेत § असाधारण अधिकारअन्तर्गत यस अदालतले कानूनद्वारा दिएको हक गैरकानूनी तरिकाले हनन भएमा हनन भएको हक मात्र प्रचलन गराउने, कानूनले नदिएको हक यस अदालतले सिर्जना नगर्ने । (प्रकरण नं.७) § सेवामा नरहेको अवधिको तलब भत्ता, सुविधा दिन नमिल्ने भनी गरेको निर्णय कानूनविपरीतको नदेखिने । कारखानाको कर्मचारी सेवा शर्तसम्बन्धी नियमावलीले नदिएको सुविधा अदालतले दिलाउन नसक्ने । (प्रकरण नं.९) § कुनै विषयमा कुनै एक निकायले कुनै कानूनको गलत व्याख्या गरी कसैलाई कानूनले नदिएको फाइदा सहुलियत एवं सुविधा दिलाएछ भने त्यस्तो गलत निर्णयलाई आधार मानी अर्काले पनि त्यस्तो सहुलियत एवं सुविधा पाउनुपर्छ, अन्यथा समानताको हक हनन् हुन्छ भन्ने व्याख्या गर्न नमिल्ने । (प्रकरण नं.१०) § समानतको हक भनेको समान वर्ग अर्थात् Similarly Situated व्यक्तिहरूबीच कानूनले दिएको सुविधा सहुलियत फाइदा कसैलाई दिने कसैलाई नदिने गरी कसैलाई वञ्चित गर्न नमिल्ने। (प्रकरण नं.११) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेव यादव र विद्वान अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री थीरबहादुर कार्की अवलम्वित नजीरः सम्बद्ध कानूनः § कर्मचारी सेवा शर्त नियमावली, २०५६ को नियम १०७ आदेश न्या.बलराम के.सी.: तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं धारा ८८(२) अन्तर्गत परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरिपाऊँ भनी परेको रिट निवेदनको व्यहोरा एवं ठहर निम्न प्रकार छ :– जनकपुर चुरोट कारखाना लि. शाखा कार्यालय सुर्खेतको सहायक चतुर्थ दोस्रो पदमा कार्यरत निवेदकलाई प्रत्यर्थी जनकपुर चुरोट कारखानाले चुरोट कारखाना लि. कर्मचारी सेवा शर्त नियमावली, २०५६ विपरीत जबरजस्ती नोकरीबाट मिति २०५६।१२।२० का निर्णयले सेवाबाट हटाएको उपर सञ्चालक समिति समक्ष गरेको पुनरावेदनमा पुनरावेदन–पत्र खारेज हुने ठहरी मिति २०५७।६।९ मा निर्णय भएको थियो । विपक्षीबाट मिति २०५६।१२।२० एवं मिति २०५७।६।९ मा निवेदकलाई अवकाश दिने गरी भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पूर्ववत् सेवामा बहाल गरी अवकाश अवधिको तलव भत्ता सुविधा दिनु भनी परमादेशको आदेश समेत जारी गरिपाऊँ भनी मैले यस अदालतसमक्ष रिट निवेदन दायर गरेकोमा यस अदालतबाट प्राकृतिक न्याय सिद्धान्तविपरीत स्वैच्छाचारी किसिमबाट सेवाबाट अवकाश दिएको समेतका मिति २०५६।१२।२० र २०५७।६।९ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर भई साविक पदमा वहाल गर्नु भनी परमादेशको आदेश जारी हुने ठहरी यस सम्मानित अदालतबाट मिति २०६०।६।६ मा फैसला भएकोले उक्त पैसलाअनुसार साविक पदमा वहाल गरिपाऊँ र अवकाश अवधिको तलव भत्ता पाऊँ भनी विपक्षी जनकपुर चुरोट कारखाना लि. समक्ष मिति २०६०।७।३० मा निवेदन दिएकोमा साविक पदमा हाजिर हुन जाने तर अवकाश अवधिको तलव भत्ता सुविधा दिन नमिल्ने भन्ने व्यहोराको पत्र दिइयो । म सरहका अन्य कर्मचारीलाई अवकाश अवधिको तलव भत्ता एवं अन्य सुविधा