निर्णय नं. ८२२५ - निषेधाज्ञा ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२२५ - निषेधाज्ञा । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०३/११ ३२९० निर्णय नं. ८२२५ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री गौरी ढकाल संवत् २०६१ सालको दे.पु.नं. – ९२७१ फैसला मितिः २०६६।३।११।५ मुद्दा : निषेधाज्ञा । पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका कार्यालय र आफ्नो हकमा समेत कार्यकारी अधिकृत नारायण ज्ञवाली विरुद्ध प्रत्यर्थी निवेदकः ऐ.ऐ. वडा नं. ५ बस्ने उमादेवी शर्मा समेत आदेश गर्ने न्यायाधीश : मा.न्या. बोधरीराज पाण्डे मा.न्या. कृष्णप्रसाद बस्याल § सम्पत्तिको उपभोगअन्तर्गत बिनाअवरोध आफ्नो जग्गामा प्रवेश गर्न पाउने अधिकार पनि पर्दछ भने सार्वजनिक बाटो, जग्गालाई सार्वजनिक रुपमै सबै व्यक्ति तथा नागरिकहरूले उपभोग गर्न पाउँछन् । सार्वजनिक जग्गामध्येको केही भाग आयुर्वेद अस्पताल भवनको लागि प्रदान गरी सार्वजनिक सेवाकै रुपमा रहने भनिए तापनि खुल्ला बाटो निकास अवरोध हुने कार्य गर्न नमिल्ने। (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने प्रत्यर्थी निवेदक तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § नागरिक अधिकार ऐन, २०१२ को दफा ६, ६(५) र ९ फैसला न्या.तपबहादुर मगरः न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत विराटनगरको आदेशउपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– हामी निवेदकहरू मध्ये म निवेदक उमादेवी शर्माका नाममा दर्ताको जिल्ला मोरंङ कञ्चनवाडी वडा नं. ८ कि.नं. ९०९ को ज.वि. ०–३–०, म निवेदक उमेशप्रसाद शर्माका नाममा दर्ता रहेको कि.नं. १८४१ को ज.वि. ०–२–१९ १/२, म निवेदक दीपा शर्माका नाममा दर्ता रहेको कि.नं. १३३६ को ज.वि. ०–४–१०, म निवेदक निर्मलप्रसाद शर्माका नाम दर्ताको कि.नं. ८७० को ज.वि. ०–४–१२, म निवेदक नर्वदा शर्माका नाममा दर्ता रहेको कि.नं. ८८४ ज.वि. ०–६–१५ दर्ता रहेको छ । हामी निवेदकहरूका नाममा दर्ता रहेको उल्लिखित जग्गा साविक कि.नं. ४ बाट कि.का. हुँदै आएको जग्गाको दक्षिणमा करिब १३०।१४० फीट चौडाको बाटो छ । सो बाटो विराटनगरको बरगाछी चोक (कोशी राजमार्ग) बाट पश्चिम हुँदै केशलिया नदीमा पक्की पुल भै सो बाटो इनरुवा निस्किएको छ । हामीहरूको जग्गाको दक्षिणबाट रहेको उक्त बाटोबाट नै उत्तर प्लटिङ्ग गरेको नयाँ बाटो खोली सो दक्षिणको मुल बाटो हामीहरूले प्रयोग चलन चल्ती गरिआएका छौं । उल्लिखित हामीहरूको नम्बरी जग्गादेखि दक्षिण रहेको उक्त सार्वजनिक बाटोमा केही अमिन र २।३ जना मानिसहरूले बाटो समेत नापी गर्न मिति २०५९।६।३ गते लाग्दा सो हेरी निजहरूलाई यहाँ किन बाटो नापी गर्नुभएको हो भनी सोध्दा हामीहरू नगरपालिकाको कर्मचारी हौं । यहाँ सडक धेरै चौडा छ । त्यति चौडाइको बाटो चाहिँदैन त्यसैकारण सो बाटोको चौडा घटाई तपाईहरूको जग्गाको साँध जोडिने गरी ज.वि. ०–७–० जग्गा यहाँ ऐलानी सडकको जग्गा निस्कन्छ । सो जग्गा कसैलाई दिने कुरा छ भनी भनेकोले मिति २०५९।९।९ का दिन हामीहरू विपक्षी नगरपालिका कार्यालयमा गई विपक्षी ऐ.का प्रमुख कार्यकारी अधिकृतसँग सम्पर्क गर्दा यो स्थानीय स्वायत्त शासन ऐन र हाम्रो नीति नियमअन्तर्गत नगरपालिका क्षेत्रको जग्गामा नगरपालिकाको हक अधिकार हुन्छ भनी ऐनमा व्यवस्था गरेको हुँदा सो त्यति चौडाको बाटो हाल आवश्यक नभएको हुनाले सो बाटोको उत्तर तपाईहरूको जग्गादेखि दक्षिण करिब ०–७–० जग्गा जति सडकको खाली जग्गा पर्