निर्णय नं. ८२२७ - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२२७ - अंश चलन । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०३/१७ ५५८० निर्णय नं. ८२२७ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६४ सालको दे.पु.नं.०६३–CI–१२०२ फैसला मितिः २०६६।३।१७।४ मुद्दा : अंश चलन । पुनरावेदक वादीः काठमाडौं महानगरपालिका वडा नं.५ घर भई हाल ऐ.ऐ.वडा नं.३४ बस्ने पुष्करप्रसाद वाग्ले बिरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.वडा नं.५ बस्ने राधादेवी वाग्ले उपाध्याय समेत § अंशबण्डाको ३० नं.को प्रयोग र प्रयोजनका लागि विवादको स्वरुप, सम्पत्तिको प्रकृति एवं वादी प्रतिवादीहरूको व्यवहार नै निर्धारक तत्व हुन् । यस कानूनले व्यवहार प्रमाणबाट बण्डा भएको मानिने सुनिश्चित आधार नदिई केवल केही निर्णायक तत्वहरूको परिधि तोकिदिएको छ । यही परिधिको सीमाभित्र रही प्रत्येक मुद्दाको वस्तुस्थिति र सबूद प्रमाणको मूल्याङ्कन गर्दै न्यायकर्ताले एउटा न्यायिक निष्कर्ष निकाल्नु पर्ने । § परिवारको कुनै सदस्य उद्यमशील तथा परिश्रमी र कुनै सदस्य निष्क्रिय तथा उडन्ते भएको अवस्थामा उद्यमशील र परिश्रमी सदस्यको हित संरक्षण गर्दै समाजमा न्यायोचित वातावरणको स्थापना गर्नमा अंशबण्डाको ३० नं. को उद्देश्य परिलक्षित छ । त्यसबेलाको बण्डा हुनपर्ने सम्पत्तिको न्यायोचित्त विभाजन भएको र यसलाई आफ्नो आचरणद्वारा अहिले अंश माग गर्ने पक्षसमेतले स्वीकारेको देखिनु नै व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको न्यायिक निचोड निकाल्न पर्याप्त आधार हुने । § आचरणबाट बण्डा भएको कुरा अंशियारले स्वीकार्ने माध्यम लिखत, आपसी व्यवहार, आपसी कारोवार, अलग–अलग वासस्थान र समयको अस्वाभाविक अन्तराल हुन् । यी तत्वमध्ये एक वा एकभन्दा बढी अवस्थाको विद्यमानताले अंशबण्डाको ३० नं.को आवश्यकता पूरा गर्दछ । यस कसीमा जति बढी तत्वलाई प्रमाणले अंगीकार गर्दछ त्यति बढी व्यवहार प्रमाणबाट अंशबण्डा भइसकेको कुरामा अदालत विश्वस्थ हुने । (प्रकरण नं. ५) § बण्डा भएको भनिएको लिखत कार्यान्वयन भएको रहेनछ भने त्यसले अंशबण्डाको ३० नं. को प्रयोजनका लागि कुनै अर्थ राख्दैन । यदि यो लिखत कार्यान्वयन भएको सबूद प्रमाणले देखाउँछन् र सोअनुसार सम्पत्ति प्राप्त भई आ–आफ्नो व्यवहार भइआएको छ भने त्यसले निश्चित प्रामाणिक महत्व राख्ने । (प्रकरण नं. ६) § अ.वं.७८ अन्तर्गत हुने बयानमा कुनै पक्षका विरुद्ध पेश भएको लिखत प्रमाणको हकमा प्रतिक्रियाका साथ माग दावी राख्ने अवसर उक्त पक्षलाई दिइएको हुन्छ । पक्षले माग नै नगरेको कुरामा अदालत प्रवेश नगर्ने । (प्रकरण नं. ७) § सगोलका जग्गाहरूको दर्ता फुटेको र आफ्नो नाममा नापी दर्ता गराएका जग्गाहरू स्वतन्त्र रुपबाट बिक्री वितरण भोगचलन गरेको समेत तथ्यलाई अंशबण्डाको ३० नं.को प्रयोजनका लागि व्यवहार प्रमाणबाट अलग भिन्न भएको मान्नुपर्ने । (प्रकरण नं. ९) § लामो समयदेखि आ–आफ्नो व्यवहार गरी बसी सम्पत्ति भोगचलन गरिआएको स्थितिले बण्डा भएको पुष्टि गरी अंशबण्डाको ३० नं.को आवश्यकता पूरा गर्दछ । सम्पत्ति विभाजनमा नरम गरम मिलेको पाइनु अंशबण्डाको ३० नं.को मूल शर्त हो । नरम गरम कुनै लिखत छ भने सो लिखत भएकै समयको सन्दर्भमा निरुपण गरिनु पर्ने । (प्रकरण नं. ११) अवलम्वित नजीरः § नेकाप २०३१, निर्णय नं. ८२९, पृष्ठ १६९ § नेकाप २०३७/८८/१३७५ § नेकाप २०३८/६/१४३८ § नेकाप २०३९/१२/१५८६ § नेकाप २०३९/२०/१५८१ § नेकाप २०४०/२३७/वि.५४ § नेकाप २०४१/४