निर्णय नं. ८२२९ - निर्णय बदर नामसारी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२२९ - निर्णय बदर नामसारी । भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०५/०२ २९६३ निर्णय नं. ८२२९ २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६१ सालको दे.पु.नं. ––– ८८९० फैसला मितिः २०६६।५।२।३ मुद्दाः निर्णय बदर नामसारी । पुनरावेदक वादीः जिल्ला रुपन्देही, भैरहवा नं पा. को परिवर्तित ऐ. सिद्धार्थनगर न.पा. वार्ड नं. ६ मैत्रीपथ बस्ने शंकरप्रसाद उपाध्याय नेपाल विरुद्ध प्रत्यर्थी प्रतिवादीः हाल जिल्ला रुपन्देही, दयानगर गा.वि.स. वार्ड नं. १ को परिवर्तित वार्ड नं. ९ वेदौली बस्ने कृष्णप्रसाद उपाध्याय समेत शुरु फैसला गर्नेः मा.जि.न्या. श्री शिवनारायण यादव पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री राजेन्द्रकुमार भण्डारी मा.न्या.श्री रामप्रसाद खनाल § जग्गा खरीद गर्नेले ससीम कित्ताको जग्गा नै खरीद नगरी कुनै कित्ताबाट आंशिक मात्र खरीद गरेको र सोअनुसारको जग्गा आफ्नो नाममा दर्ता गराई भोगचलन समेत गरी आएकोमा पछि सो राजीनामा भित्रको आफ्नो जग्गा बाँकी छ भन्न र आफ्नो हकको स्रोत उक्त राजीनामामा लेखिएभन्दा बढी जग्गामा दावी गर्न नमिल्ने । § जग्गा खरीद गर्दा चार किल्ला मात्र उल्लेख गरी लिएको भए त्यसको अवस्था एउटा हुन सक्छ तर चार किल्ला उल्लेख गरी त्यसभित्रको निश्चित क्षेत्रफल समेत उल्लेख गरी जग्गा लिएको भए उक्त चार किल्लाभित्रको सोही क्षेत्रफलमा मात्र खरिदकर्ता सीमित हुनुपर्ने । (प्रकरण नं. २) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री कमलेशकुमार द्विवेदी र श्री दीपकप्रसाद खरेल अवलम्वित नजीरः नेकाप २०५२, निर्णय नं. ५०४९, पृष्ठ १२७ सम्बद्ध कानूनः फैसला न्या. रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भए अनुसार पुनरावेदन दायरीमा दर्ता भै यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– जिल्ला रुपन्देही तप्पेहारी नगर पञ्चायत भैरहवा बडा नं. ३ मौजाना खजाना अन्तर्गत सुनौली पोखरा राजमार्गको केन्द्रबिन्दुदेखि ७५ फीट कटाई सो देखि पूर्व कूलोदेखि पश्चिम उमाकान्त उपाध्यायबाट क्रमशः हरिप्रसाद उपाध्याय पराजुली, हरि बहादुर गोदार, हिरण्य बहादुर बस्नेत, कविराज खड्का तथा सौरभ शर्मा हुँदै ओमप्रकाश बुढा मगरमा आएको २०२७ सालको सर्भे नापीमा कायम कि.नं. २६ वि. ०–०–३ फोड भई सिद्धार्थ राजमार्गमा परेको कि.नं. ५२९ वि. ०–०–३/४ कटाउँदा बाँकी बँचेको कि.नं. ५३० वि. ०–०–२.१/४ जग्गा एवं सोमा रहेको घरदेखि उत्तर कृष्णप्रसाद उपाध्यायले सावित्रीदेवी उपाध्याय नेपाललाई बेचेको १३ धुर जग्गादेखि दक्षिण यतिचार किल्ला भित्रको जग्गा मिति २०२९।५।२० का दिन सर्भे नापीको दर्ता स्रेस्ता लागू हुनुअघि नै कृष्णप्रसाद उपाध्यायबाट र.नं. ४२८ मिति २०२७।७।११ मा राजीनामा पारित गराई भोगचलन गरी आएको थिएँ । मैले राजीनामा पारित गराई लिएमध्ये दक्षिण तर्फको केही जग्गा जिल्ला रुपन्देही भैरहवा न.पा. बडा नं. ३ ख कि.नं. २५ ज.वि. ०–०–१० मा र उत्तरतर्फको केही जग्गा सावित्रीदेवीले किनेको पूरै जग्गा विपक्षी दाता कृष्णप्रसादका नाउँमा बचेको जग्गा समेत ऐ. ऐ. कि.नं. २४ ज. वि. ०–१–१० मा परिणत भएर कि.नं. २५ कसैको नाउँमा दर्ता नभई खाली भ