निर्णय नं. ८२३० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२३० - उत्प्रेषण भाग: ५१ साल: २०६६ महिना: पौस अंक: ९ फैसला मिति :२०६६/०२/२८ २८८८ निर्णय नं. ८२३० २०६६ पुस,अङ्क ९ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय संवत् २०६१ सालको रिट नं. ३३७५ आदेश मितिः २०६६।२।२८।५ मुद्दा :– उत्प्रेषण निवेदकः रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं. १ वस्ने करमहुसेन खाँ समेत बिरुद्ध विपक्षी प्रत्यर्थी नेपाल सरकार, गृह मन्त्रालय, सिहंदरवार समेत § संवैधानिक प्रक्रिया पूरा गरेको अवस्थामा सार्वजनिक हितको लागि आवश्यक विकास निर्माण कार्य गर्नको लागि राज्यले कुनै पनि व्यक्तिको निजी सम्पत्ति कव्जा गर्नसक्ने तर त्यसरी अधिग्रहण गर्दा क्षतिपूर्ति दिनुपर्ने । (प्रकरण नं.५) § निर्धारित मापदण्डमध्ये कुन वर्गभित्र निवेदकको जग्गा पर्ने हो भन्ने तथ्यगत प्रश्नमा प्रवेश गरी रिट क्षेत्रबाट यकीन गरी आदेश गर्न नमिल्ने । § जग्गा प्राप्ति ऐनअनुसार मुआव्जा निर्धारण समितिको निर्णयउपर चित्त नवुझेमा सोही ऐनले तोकेको प्रक्रिया पुर्‍याई गृह मन्त्रालयमा उजूर गरी न्याय निरुपण गर्नुपर्ने वैकल्पिक व्यवस्था हुँदाहुँदै असाधारण अधिकारक्षेत्र प्रयोग गरी पर्न आएको निवेदनमा दावीबमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री योगराज बराल अवलम्वित नजीरः सम्बद्ध कानूनः § जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८(१) र ९ § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७ आदेश न्या. कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३, ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण र आदेश यसप्रकार छः– निवेदक करम हुसेन खाँ जिल्ला रुपन्देही भैरहवा न.पा. वडा नं. १(ङ) कि.नं. २२५ को क्षे.वि. ०–८–१५ र निवेदक समसुल हक ऐ. कि.नं. ६३ को क्षे.वि. ०–३–६ जग्गाहरूको विवादरहित जग्गाधनी हौ । जग्गामा रहेको निवेदकहरूको हकभोग स्वामित्व र चलनमा कसैको कुनै प्रकारको दावी विरोध रहेको छैन । निवेदकहरूको विवादरहित हक भोग स्वामित्वको उल्लिखित जग्गाहरू निवेदकहरूले स्वामित्वबमोजिम भोगचलन गरी आइरहेकै अबस्थामा प्रत्यर्थी आयोजनाको जिल्ला रुपन्देही वगाहा गा. वि. स. मा स्थापित निर्यात प्रशोधनक्षेत्र आयोजना स्थलसम्म जान आउनको लागि पहुँच सडक निर्माणको लागि निवेदकहरूको उल्लिखित कि.नं. का जग्गाहरू मध्ये कि.नं. २२५ को क्षे.वि. ०–१–४ र कि.नं. ६३ को क्षे.वि. ०–०–१८.५ समेत अधिग्रहणमा पर्ने भनी प्रत्यर्थी जिल्ला प्रशासन कार्यालयबाट मिति २०५८।५।२५ मा सूचना प्रकाशित गरियो । प्रत्यर्थी आयोजनाको लागि प्राप्त गरिने जग्गाहरूलाई राजमार्गको केन्द्रविन्दुबाट ८२ फीट छाडी १५० फीटसम्मका जग्गाहरूलाई एउटा वर्गमा, उल्लिखित १५० फीटभन्दा बाहिर ग्राभेल रोड र ग्राभेल रोडबाट १५० फीट सम्मका जग्गाहरूलाई एउटा वर्गमा र सो वाहेकका जग्गाहरूलाई एउटा वर्गमा गरी जग्गाहरूलाई तीन वर्गमा विभाजन गरी सोहीबमोजिम मुआब्जा दिने भनी प्रत्यर्थी समितिको निर्णय भएको भएपनि जग्गा प्राप्ति संरचनामा सोबमोजिम वर्ग नखुलाईएको कारणबाट निवेदकहरू सहित ९ जनाले सोही व्यहोरा उल्लेख गरी प्रत्यर्थी आयोजनामा २०६०।७।१९ मा निवेदन दर्ता गरी कारवाही चलाएकोमा निवेदकहरूको जग्गा कुन वर्गमा पर्ने हो नाप जाँच गरी प्रतिवेदन पेश गर्नु भनी उक्त आयोजनाबाट आदेश भई नापी शाखा रुपन्देहीका नापी निरीक्षक ताराबहादुर